Dictionary

All Word

61451 बम्बम् ना. जोगीसन्न्यासीहरूले भिक्षा माग्दा भन्ने शब्द।
61452 बम्बार्ड ना. बमगोला प्रहार गर्ने वा बर्साउने काम।
61453 बम्बु ना. लुगाफाटाका सिउनी वा जोर्नीमा लगाइने
61454 बम्भोला ना. १. महादेव; शिव।
61455 बम्भोला ना. २. विषय-वासनाबाट मुक्त रहेको अथवा अत्यन्त सोझो प्रकृतिको मानिस।
61456 बम्मे ना. १. थाती जगेडा जतन।
61457 बम्मे ना. २. बन्दा बन्दी (खास गरी सैनिकहरूको तलबसम्बन्धी विषयमा प्रचलित )।
61458 बम् शङ्कर ना. १. शिवभक्तहरूको उपमन्त्र।
61459 बम् शङ्कर ना. २. जोगीसन्न्यासीले भिक्षा माग्दा वा गाँजा खाने बेलामा भन्ने शब्द।
61460 बय ना. काठबाट बनाइएको; मुरलीकै छाँटको र सानो; सुरिलो स्वर हुने; काठमाडौँ उपत्यकाका कृषिजीवी ज्यापूहरूको लोकप्रिय बाजा।
61461 बयर ना. विशेष गरी औलिया जग्गामा पाइने; बाक्लो झाङ र काँडा हुने कलिलोमा हरिया; कमिरोमा पहेँला र पाकेपछि राता फल लाग्ने र गुदीभित्र सानो बियाँ वा हाड र त्यसभित्र दिउल हुने झन्डै अमलाजत्रो एक फल।
61462 बयल ना. बयली; बयेली।
61463 बयल ना. गोरु।
61464 बयलगाडा ना. गोरुले तान्ने गाडा; गोयान।
61465 बयलखुरी ताल ना. मैदानमा नदीले मार्ग बदल्दा बनेको ताल।
61466 बयलपाटा ना. अछाममा रहेको एउटा स्थान।
61467 बयलपाते वि. १. पुङ न पुच्छरको कुरा र गर्ने उत्ताउलो स्वभाव हुने; बित्पाते; छाले; बयल्ल।
61468 बयलपाते वि. २. बयली खेल्ने बेला भएको धानको बोट वा गहुँको बोट।
61469 बयल सिद्धान्त ना. जो बलियो छ उसैले भनेको एवं गरेको कुरो ठिक मान्ने सिद्धान्त वा मत; शक्तिसिद्धान्त। (जसको लठ्ठी; उसको भैँसी)।
61470 बयलिनु अ.क्रि. १. अमिल्याउनका निम्ति कुनै भाँडामा खाँदिएको अचार; गुन्द्रुक; सिन्की आदिको अमिलोपन हराएर बिग्रन वा सड्न लाग्नु; स्वाद बिग्रनु।
61471 बयलिनु अ.क्रि. २. दुश्चरित्र भएर हिँड्नु; छिहिलिनु।
61472 बली ना. हे. बयेली।
61473 बल्याइ ना. बयलिने क्रिया वा प्रक्रिया।
61474 बयल्याइनु क.क्रि. बयलिने पारिन्।
61475 बयल्याउनु प्रे. क्रि. बयलिने पार्नु; बयलिन लगाउनु।
61476 बल्ल वि. ज्यादै छाडा भएर हिँड्ने; छाडा स्वभाव हुने; उच्छृङ्खल छ्यल्ल; छाले।
61477 बल्ले वि. बल्ल।
61478 बयस ना. जीवनको बितेको समय; वय।
61479 बयसट्ठिऔँ / बयसट्ठियाँ वि. बयसट्ठी सङ्ख्याका क्रममा आउने; बयसट्ठी सङ्ख्याको।
61480 बयसट्ठी ना. १. साठी र दुईको योगसङ्ख्या; एक्सट्ठीपछि आउने अङ्क। वि.
61481 बयसट्ठी ना. २. साठी र दुईको योगसङ्ख्याको।
61482 बयसट्ठीऔं / बयसट्ठीयाँ वि. हे. बयसट्ठिऔँ।
61483 बया ना. १. सारङ्गी रेट्ने र गीत गाउँदै हिँड्ने गाइने जातिलाई दिइने अन्नको भाग।
61484 बया ना. २. त्यसरी मागेर ल्याइएको अन्न।
61485 बयान ना. १. कुनै विषयमा दिइएको वास्तविक कुराको बखान; वर्णन; विवरण।
61486 बयान ना. २. कसैको राम्रो स्वभाव; राम्रो काम आदिबाट खुसी भएर गरिने प्रशंसा; तारिफ।
61487 बयान ना. ३. अड्डाअदालतमा साक्षी वा अभियुक्तहरूले दिने अपराध वा मुद्दासम्बन्धी वक्तव्य।
61488 बयान ना. ४. कुनै विषयमा सम्बन्धित व्यक्तिद्वारा दिइने विवरण।
61489 बयानब्बे ना. १. नब्बे र दुईको योगबाट बनेको सङ्ख्या; एकानब्बेपछिको सङ्ख्या ९२ को अङ्क। वि.
61490 बयानब्बे ना. २. नब्बे र दुईको यो सङ्ख्याको।
61491 बयानब्बे / बयानब्बेयौँ वि. बयानब्बे सङ्ख्याका क्रममा आउने; नब्बे र दुईको योग भएको सङ्ख्यामा पर्ने। बयार ना हावा।
61492 बयालिस ना. १. चालिस र दुईको योगबाट हुने सङ्ख्या; एकचालिसपछि आउने सङ्ख्या ४२ को अङ्क। वि.
61493 बयालिस ना. २. चालिस र दुईका योगसङ्ख्याको।
61494 बयालिसा वि. बयालिस सङ्ख्याका क्रममा आउने वा सो सङ्ख्याका क्रममा रहेको।
61495 बयालु / बयालो वि. १. धेरै बासी भएर स्वाद बिग्रेको।
61496 बयालु / बयालो वि. २. अमिल्चो भाव हराएको; सडेको। ना.
61497 बयालु / बयालो वि. ३. हावाको लहर।
61498 बासि / बयासियों वि. गणनाका क्रमले बयासी सङ्ख्यामा पर्ने; बयासी सङ्ख्याका क्रममा रहेको।
61499 बयासी ना. १. असी र दुईको योगबाट बनेको सङ्ख्या; एकासीपछि आउने सङ्ख्या। वि.
61500 बयासी ना. २. असी र दुईको योगबाट बनेको सङ्ख्याको चारबिस र दुईको योगबाट बनेको सङ्ख्याको।