Dictionary

All Word

61301 बन्डा ना. २. अंश; भाग; हिस्सा।
61302 बन्डाचुन्डा ना. कुनै वस्तु वा अन्य सम्पत्ति सबैलाई बराबर हुने गरी बाँड्ने काम; चुँडेर भए पनि सबैमा समान रूपले भाग लगाउने कार्य।
61303 बन्डापत्र ना. एकाघरमा बसेका अंसियार दाजुभाइहरूमा चलअचल सम्पत्ति एवं धनमाल; साहु-आसामी आदिको भागबन्डा गरेर तपूर्वक लेखिएको कागत; अंशबन्डाको लिखत।
61304 बन्द वि. १. चारैतिरबाट थुनिएको वा रोकिएको।
61305 बन्द वि. २. बिर्को लगाएको; ढाकिएको; छोपिएको। ३ थुनामा परेको; बन्धनमा परेको; बाँधिएको। ना.
61306 बन्द वि. ४. रोकावट; रोकटोक; छेकथुन; मनाही।
61307 बन्द वि. ५. कागतको आधा ताउ; आधा ताउ कागत।
61308 बन्द वि. ६. कुनै काम वा कुरो हुने स्थिति।
61309 बन्द इजलास ना. न्यायाधीशहरू मात्र रही चलाइएको इजलास।
61310 बन्दकोपी/ कोबी / गोभी ना. बन्दाकोपी; बन्दागोभी।
61311 बन्दनासा ना. नाकको प्वाल थुनिएको अवस्था; थुनिएको नाक।
61312 बन्दबेपार ना. १. भइरहेको वा सप्रेको बेपार।
61313 बन्दबेपार ना. २. व्यापार।
61314 बन्दर ना. बाँदर; वानर।
61315 बन्दर ना. जहाजी घाट; बन्दरगाह।
61316 बन्दरगाह ना. पानीजहाज अडिने समुद्रकिनारको घाट; पानीजहाजको स्टेसन।
61317 बन्दर घुर्की ना. अरूलाई घुर्क्याउन एवं तर्साउनका निम्ति मात्र देखाइने धम्की देखावटी धम्की; बनावटी घुर्की।
61318 बन्दसवाल ना. १. वादी वा प्रतिवादीका साक्षीहरू मुद्दा परेका अड्डाबाट टाढा भएमा निजहरूले देखे - जाने - थाहा पाएको कुरा सोधनी गर्न देखिएसम्मको सवाल उतारी ती साक्षी भएका जिल्लाका अदालतलाई बकपत्र गरी पठाइदिनू भनी पठाइने सवाल लेखिएको कागज।
61319 बन्दसवाल ना. २. त्यसरी लिखित प्रश्नावली पठाई बकाएका साक्षी वा व्यक्तिको बकपत्र।
61320 बन्दा ना. १. कागत गाँसिएको ठाउँ।
61321 बन्दा ना. २. बन्दकोपी; बन्दागोभी।
61322 बन्दाकोपी/ कोबी / गोभी ना. फूलगोभीका जस्ता बाक्ला; ठुला र हरिया पात हुने; टुप्पामा कलिला र पहेंल्वा पात गुजुल्टिएर गाँठो पर्ने; तर्कारी खाइने एक जातको वनस्पति; बन्दकोपी।
61323 बन्दा ना. सेवक; दास।
61324 बन्दाबन्दी ना. १. झ्यालढोका; बाटोघाटो आदि सबै बन्द हुने काम। वि.
61325 बन्दाबन्दी ना. २. पूरा मात्रामा बन्द भएको; सबैतिर थुनिएको।
61326 बन्दारोग ना. बोटबिरुवामा लाग्ने एक प्रकारको रोग।
61327 बन्दी ना. स्त्री - जातिले शिरमा लगाउने एक वा अनेक हर हुने र निधारमा डाउको झुप्पो हुने एक प्रकारको सुनको गहना शिरबन्दी।
61328 बन्दी ना. नाम शब्दका पछि लागेर बन्द गरिएको; आधारमा क्रममा आदि अर्थ बुझाउने शब्द। (जस्तै- बोराबन्दी; खामबन्दी; रैबन्दी; वर्षबन्दी इ.)।
61329 बन्दी ना. १. राजाहरूको स्तुतिगान गर्ने व्यक्ति; चारण; भाट।
61330 बन्दी ना. २. भयालखानामा थुना परेको व्यक्ति; थुनुवा ; कैदी।
61331 बन्दीखान / खाना ना. थुनुवालाई राख्ने घर; झ्यालखान; कैदखाना।
61332 बन्दीखाम ना. भित्र चिठी आदि हालेर बन्द गरिएको खाम।
61333 बन्दीगृह ना. मानिस वा अन्य प्राणी आवतजावत गर्न नसक्ने गरी ठाउँ बन्दीखाना; झ्यालखान।
61334 बन्दीपुर ना. नेपालको पश्चिमाञ्चल क्षेत्रअन्तर्गत पर्ने गण्डकी अञ्चलको एक मुख्य बस्ती।
61335 बन्दी प्रत्यक्षीकरण ना. १. थुनामा परेका व्यक्तिलाई आवश्यक कामकारबाईका निम्ति न्यायाधीश वा अदालतका समक्ष उपस्थित गर्न दिइएको आदेश; सरोकारवालाले दिएको निवेदनका आधारमा सर्वोच्च अदालत; क्षेत्रीय अदालत आदिले थुनुवा व्यक्तिलाई कुनै निश्चित समयमा अदालतसामु प्रस्तुत गर भनी जारी गरेको आदेश।
61336 बन्दी प्रत्यक्षीकरण ना. २. व्यक्तिगत स्वतन्त्रताका अधिकारको एक महत्त्वपूर्ण प्रलेख।
61337 बन्दुक ना. गोली; बारुद आदि भरेर पड्काउने वा चलाइने एक प्रसिद्ध हतियार।
61338 बन्दुकधारी वि. बन्दुक बोक्ने (सैनिक वा सिपाही)।
61339 बन्दुके ना. १. बन्दुक पड्काउने व्यक्ति। वि.
61340 बन्दुके ना. २. बन्दुक पड्काउने।
61341 बन्देज ना. १. कुनै विशेष प्रकारको रीतिथिती; बन्दोबस्त; नियम।
61342 बन्देज ना. २. कुनै कारणबाट लागेको प्रतिबन्ध; रोकावट।
61343 बन्देज ना. ३. हैकम; तैनात।
61344 बन्दोबस्त ना. कुनै विषय वा काम कारबाईको प्रबन्ध; व्यवस्था; इन्तिजाम; बरबन्दोबस्त।
61345 बन्ध ना. १. बाँध्ने काम बन्धन।
61346 बन्ध ना. २. बाँध्ने वस्तु वा साधन ( डोरी; फित्ता आदि )। ३ कैद; थुना।
61347 बन्ध ना. ४. पर्खाल; जेल।
61348 बन्ध ना. ५. बाँध ( तटबन्ध आदि)।
61349 बन्ध ना. ६. कुनै काव्यकृतिको रूपगठन राम्ररी मिलाउन विशेष प्रकारको आकृति; चित्र आदि बनाउने काम (सर्गबन्ध; खड्गबन्ध; छत्रबन्ध इ.)।
61350 बन्धक वि. १. बाँध्ने; कस्ने। ना.