Dictionary

All Word

61201 बनझाँक्री ना. २. यती; हिममानव। ३ जङ्गलभित्रका खोल्साखाल्सीमा डुली हिँड्ने प्राणी। (यसले खोट नलागेका मान्छेलाई सुटुक्क लगेर झाँक्री विद्या सिकाएर केही दिनमा फेरि आफ्नै ठाउँमा ल्याइदिन्छ भन्ने लोकविश्वास छ )।
61202 बनझाँक्री ना. ४. धामीले देउता बस्ता सेउलीका रूपमा व्यवहार गर्ने मसलाका जस्ता तर काला - काला पात हुने एक जातको रुख।
61203 बनटारी ना. खजुरको बोटजस्तो सलक्क अग्लो; लामालामा हरिया पात हुने; सल्लाका रुखमा झैँ गुच्छादार फूल फुल्ने र फल लाग्ने शोभा वृक्ष।
61204 बनडढेलो ना. बनमा लागेको डढेलो वा आगो।
61205 बनडुन्डु ना. प्याजी रङगो फूल फुल्ने जङ्गली डुन्डु साग।
61206 बनढाडे ना. बन पसेको ढाडे वा भाले बिरालो; घरको बिरालोभन्दा ठुलो र डरलाग्दो बिरालो।
61207 बनतरुल ना. घरतरुलकै जस्ता तर साना तथा पानका आकारका पात हुने; सेतो; खैरो; रातो आदि कन्द हुने एक जातको तरुल।
61208 बनतोरियाँ- ना. १. बाटुला किसिमका पात; पहेँलो फूल र भुसे करेलाका जस्ता फल हुने एक जातको लहरो।
61209 बनतोरियाँ- ना. २. त्यसैको फल; बनघिरौंला।
61210 बनधान्य ना. जङ्गली अन्न।
61211 बनदुधे ना. मुलाका छाँटका ससाना पात हुने टुप्पामा सिउरजस्तो भएर पहेँला फूल फुल्ने एक जातको बुटी।
61212 बनदेउ / द्यौ ना. वनदेवता।
61213 बननालु ना. ठाडा रौं भएको; पाँचसात कुना परेका लामा भेट्ना हुने; कपासको जस्तो पात भएको; पहेँला ठुला फूल हुने एक जातको बलियो बोट।
61214 बननुनढिकी ना. बढ़ता नुनिलो हुने एक जातको भार।
61215 बनपवै ना. एक जातको जङ्गली पवै वनउपोदकी।
61216 बनपाला ना. बन-बनमा गोठ राखेर पालिने गरिएको भेडाको एक जात।
61217 बनपाले ना. वनजङ्गलको रेखदेख वा हेरविचार गर्ने कर्मचारी; बनजाँचके।
61218 बनपिप्ला ना. जङ्गलमा हुने पिप्ला।
61219 बनपैदावार ना. वन जङ्गलका सबै जात र किसिमका रुख; काठपात; काठका बोक्रा; खोटा; बाँस; बाबियो आदि र चौपाया जनावरहरूको समूह।
61220 बनबनेलो ना. बन र बनमा हुने वस्तु।
61221 बनवास ना. बनको वास हुने स्थिति; वनकै रासोबासो; वनवास।
61222 बनबासी ना. १. दाँती परेका साधारण डल्ला परेका पात हुने; हरियो फूल फुल्ने; सानो भेट्नु भएको अनि फलमा पातलो पर्दाजस्तो उनिएको हुने; एक जातको रुख चढ्ने लहरो।
61223 बनबासी ना. २. वनवासी।
61224 बनबिमिरो ना. बनमा हुने एक जातको बिमिरो।
61225 बनबिरालो ना. बिरालाका जातको बनमा हुने प्राणी; जङ्गली बिरालो।
61226 बनबेथे ना. पालुङ्गाका आकारका ससाना पात; सेता फूल तथा मसिना गेडा हुने जङ्गली बेथे।
61227 बेली ना. लहरामा फुल्ने; बास्नादार एक प्रकारको सेतो फूल।
61228 बनभँगेरो ना. टाउको र ढाड रातो; भुँडी सेतो र बाँकी भाग खैरो हुने; जुगलमा रहने एक जातको भँगेरो।
61229 बनभतेर ना. घरदेखि बाहिर नदीको तीर; रमाइलो बन आदिमा गएर गरिएको भतेर वा भोज; बनभात।
61230 बनभात ना. बनजङ्ल वा त्यस्तै रमाइला ठाउँमा गएर पकाईखाइने भात। २ कात्तिक महिनामा विशेषतः अमलाका रुखमुनि पकाएर खाइने भात।
61231 बनमान्छे ना. १. वनको मान्छे; मानवजस्तो देखिने वानर।
61232 बनमान्छे ना. २. नर- वानरगणमध्ये एक।
61233 बनमारा ना. दुधिलाका जस्ता पात हुने; फैलिंदै जाने र फैलिंदै जाँदा ससाना झारबुटा; बालीबिरुवा आदि नाश गर्ने एक जातको बुटो; तितेार।
61234 बनमास ना. फेदतिर डल्ला र टुप्पातिर चुच्चा परेका तीनोटा संयुक्त पात हुने र कोसामा फल लाग्ने; आयुर्वेदमा शुक्रवर्द्धक तथा बलवर्द्धक भनी बताइएको एक जातको लहरो; त्यसैका गेडा; माषपर्णी।
61235 बनमुगी ना. मुगीकै जस्ता र केही ठुला पात; कोसा र फूल हुने एकजातको लहरो; त्यसैका गेडा; मुद्गपर्णी।
61236 बनमुला ना. मुलाकै जस्ता ठुला र लामा पात; लाम्चा; ठुला र प्याजी रङका फूल हुने एक जातको मुला गोठाले मुला मुला। मुला वन्ने
61237 बनमेथी ना. पहेँलो फूल फुल्ने एक जातको जङ्गली मेथी।
61238 बनराज ना. सिंह।
61239 बनलसुन ना. लसुनका जस्तै तरवारका आकारका चार-छवटा पात हुने; गुलाफी फूल फुल्ने एक बुटी वा त्यसैको पोटी।
61240 बनसाङ्लो ना. घर- साङ्लोभन्दा ठुलो र सुर्तीको जस्तो रङ हुने एक किसिमको साङ्लो।
61241 बनसिलाम ना. जङ्गलमा पाइने एक जातको सिलाम; जङ्गली सिलाम।
61242 बनसुन्तला ना. सुन्तलाकै जस्ता अलिक साना पात र निकै साना फल हुने; सुन्तलाको जस्तो त्यति राम्ररी केसा नछुट्टिने; स्वाद पनि सुन्तला - सुन्तलाको जस्तो तर केही अमिलो हुने एक जातको जङ्गली सुन्तला।
61243 बनसुप ना. सेता फूल फुल्ने एक प्रकारको जङ्गली सुप।
61244 बनहलेदो ना. लामालामा पात हुने; तहैतह परेका राता फूल फुल्ने र अदुवाको जस्तो कन्द हुने एक जातको जङ्गली हलेदो; वनहरिद्रा।
61245 बनाइ ना. बन्ने भाव; क्रिया वा प्रक्रिया।
61246 बनाइनु क.क्रि. बन्न लगाइनु; बनिबनाउ पारिनु।
61247 बनाउनु प्रे. क्रि. १. बनिबनाउ पार्नु रचना गर्नु; निर्माण गर्नु।
61248 बनाउनु प्रे. क्रि. २. मर्मत गर्नु जीर्णोद्धार गर्नु। ३ तुल्याउनु तयार पार्नु।
61249 बनाउनु प्रे. क्रि. ४. कसैलाई सामान्य अवस्थाबाट विशेष अवस्थामा पुयाउने काम गर्नु। स.क्रि.
61250 बनाउनु प्रे. क्रि. ५. कल्पना गर्नु; अजमाउनु।