Dictionary

All Word

61101 बदल ना. २. बोतल।
61102 बदला ना. १. एक वस्तुका सट्टामा अर्को वस्तु दिने काम; बदला-बदली; सट्टाभर्ना क्षतिपूर्ति।
61103 बदला ना. २. सट्टापट्टा साटफेर।
61104 बदला ना. ३. एक वस्तुका सट्टामा लिइएको अर्को वस्तु हर्जानामा दिइएको माल वा रकम।
61105 बदला ना. ४. कसैले गरेका असल वा खराब कामका उत्तरमा अर्काले गर्ने त्यस्तै काम; प्रतिकार।
61106 बदलाइ ना. बदल्ने क्रिया वा प्रक्रिया।
61107 बदलाइनु क.क्रि. बदल्न लाइनु; बदल्ने पारिनु।
61108 बदलाउनु प्रे.क्रि. बदल्न लाउनु; बदल्ने पार्नु।
61109 बदलिँदो वि. बदलिन लागेको; बदलिनै आँटेको।
61110 बदलिनु अ.क्रि. १. अदलबदल हुनु; हेरफेर हुनु।
61111 बदलिनु अ.क्रि. २. एक थोकको अर्को थोक हुनु; साटफेर हुनु।
61112 बदलिनु अ.क्रि. ३. उल्टापाल्टी हुनु; उल्टिनु।
61113 बदलिनु अ.क्रि. ४. हेरफेर होइन।
61114 बदली ना. फिँजिएर आकाश ढाकी बसेको बादल; हुस्से; घटा; घाम नलागेको स्थिति।
61115 बदली ना. १. बदल्ने काम हेरफेर गर्ने काम; परिवर्तन।
61116 बदली ना. २. साटफेर; सट्टापट्टा।
61117 बदाम ना. १. जरामा कोसाका रूपमा फल्ने; रातो पत्रले बेरिएको; सेतो दिउला हुने एक जातको फल; चिनियाँबदाम; बदम।
61118 बदाम ना. २. आरुका बियाँका आकारको; दिउल स्वादिष्ट हुने र मसलाको रूपमा प्रयोग गरिने एक जातको फल; कागजी बदाम।
61119 बदामी ना. १. सेतो; पहेँलो; रातो र खैरो भाव मिसिएको रङ। वि.
61120 बदामी ना. २. बदामको जस्तो रङ्गको।
61121 बदामे ना. वि बदामी।
61122 बदी ना. १. चान्द्रमासमा हुने कृष्ण पक्ष।
61123 बदी ना. २. बहुल पक्ष (कृष्णपक्ष) र दिनको छोटो रूप।
61124 बदी ना. १. खराबी; कमसलपना।
61125 बदी ना. २. पाप; दुराचार। विप. की।
61126 बद्ध वि. १. बाँधिएको कसिएको।
61127 बद्ध वि. २. सांसारिक बन्धनमा परेको।
61128 बद्ध वि. ३. नियमित निर्धारित।
61129 बद्धकोष्ठ वि. कब्जियत भएको; कोष्ठबद्धताको रोग लागेको।
61130 बद्धपरिकर वि. कुनै काम गर्न तम्सिएको वा जुरमुराएको; कम्मर कसेको।
61131 बद्धप्रतिज्ञ वि. प्रतिज्ञा गरेको; वचनबद्ध भएको।
61132 बद्धमुष्टि वि. साहो मुठी भएको; दिन नसक्ने; लोभी।
61133 बद्धमूल वि. दृढ रहेको; अटल; स्थिर।
61134 बद्धराग वि. अनुरक्त; आसक्त।
61135 बद्ध रूपिम ना. स्वतन्त्र रूपले प्रयोग हुन नसक्ने र मूल रूपमा गाँसिएर मात्र प्रयोग हुने पूर्वसर्ग, परसर्ग आदि रूपखण्ड
61136 बद्धवैर ना. मनमा रहेको इबी; पुरानो रिस।
61137 बद्धाञ्जलि वि. कसैलाई सम्मान गर्न हात जोडेको; जम्लाहात गरेको।
61138 बद्धानुराग वि. प्रेममा फसेको; अनुरक्त; आसक्त।
61139 बद्री ना. बदरिका।
61140 बद्रीधाम ना. भारतको उत्तरखण्डमा रहेको एक प्रसिद्ध हिन्दू तीर्थस्थल; चार धाममध्ये एक धाम।
61141 बद्रीनाथ ना. बदरीनाथ; शिव।
61142 बदलनु स.क्रि. १. एक वस्तुका सट्टामा अर्को राख्नु; साटफेर हुनु; बदल्नु।
61143 बदलनु स.क्रि. २. कामकुरोको हेरफेर हुनु; परिवर्तन हुनु।
61144 बदलनु स.क्रि. ३. उल्टनु।
61145 बदलाइ ना. बद्लने क्रिया वा प्रक्रिया।
61146 बद्लाइनु क.क्रि. बदलने पारिनु; बद्लन लाइनु।
61147 बद्लाउनु प्रे. क्रि. बदल्न लगाउनु; बदल्ने पार्नु।
61148 बलिनु स.क्रि. बद्लनु।
61149 बल्याइ ना. बदलिने क्रिया वा प्रक्रिया।
61150 बधाई ना. १. आफ्ना इष्टमित्र वा साथीहरूको कुनै सफलतामा प्रकट गरिने हर्षोद्गार।