Dictionary

All Word

61001 बतासिनु अ.क्रि. ३. फुलबाट बच्चा पैदा नहुनु।
61002 बतासिनु अ.क्रि. ४. अरूका लैलैमा लाग्नु।
61003 बतासिलो वि. चाहिँदो बतास लाग्ने; हावा चल्ने (ठाउँ)।
61004 बतासी ना. बिचबिचमा ठाडा डन्डी हाली बनाइएको झ्याल।
61005 बतासी ना. घरको छानो अड्याउने पाखातिरको दलिन।
61006 बतासे वि. १. अग्घोर बतास लाग्ने।
61007 बतासे वि. २. भित्र हावा मात्र भएको सार वा तथ्य नभएको।
61008 बतासे वि. ३. हावाले उडाउन सक्ने; हलुङ्गो र पातलो।
61009 बतासे वि. ४. भाले नलागीकन पारिएको र चल्ला ननिस्कने; निर्जीव (फुल)।
61010 बतासे वि. ५. फुइँ धेरै हाँक्ने वा बकबक गरिरहने; बढ्ता बोल्ने।
61011 बतासे वि. ६. बाबुको टुङ्गो नलागेको (बालख )।
61012 बतास्याइ ना. बतासिने क्रिया वा प्रक्रिया।
61013 बतास्याइनु क.क्रि. बतासिने पारिनु; बतासिन लाइनु।
61014 बतास्याउनु प्रे.क्रि. बतासिने पार्नु; बतासिन लाउनु।
61015 बताहा वि. बताउने वा बत्ताउने खालको; हावाको जोड पुयाएर जो भएको धुलोमुलो हटाइएको बताइएको (धान आदि)।
61016 बताहा वि. नचाहिँदा कुरा धेरै गर्ने; बतासे।
61017 बताही वि. नचाहिँदा कुरा गर्ने; बढ्ता कुरा गर्ने (स्त्री)।
61018 बतिया ना. बर्खामासमा सापट वा पैंचो लिएको अन्न त्यस्तो अनाजको सापटी वा पैंचो।
61019 बतिया ना. छानो उधारेको पुरानो खर; पराल आदि।
61020 बतिलो ना. १. फूल झरिनसकेको फल फूलसँगैको फल; चिचिलो।
61021 बतिलो ना. २. दुधमुखे बालक।
61022 बतुरिनु अ.क्रि. बतुरो हुनु; नचाहिँदो कुरामा गन्थनिन; फाँकि।
61023 बतुरे / बतुरो वि. धेरै कुरा गर्ने बानी भएको; कुरौटे। स्त्री. बरी; फतौरी।
61024 बतौर / बतौरो वि. फतौरो; धेरै कुरा गर्ने; बतुरो। स्त्री. बतौरी।
61025 बत्ता ना. खल; सिलौटो आदिमा औषधी; मसला आदि पिं पत्थर वा फलामको साधन; लोहोरो; पिस्ता।
61026 बत्ताइ ना. बत्ताउने क्रिया वा प्रक्रिया।
61027 बत्ता क.क्रि. बत्ताउने काम गरिनु।
61028 बत्ताउनु अ.क्रि. १. हावाका साथै उडेर जानु बतासिनु।
61029 बत्ताउनु अ.क्रि. २. अत्तोपत्तो नहुनु; बेपत्ता हुनु।
61030 बत्ताउनु अ.क्रि. ३. गएका ठाउँबाट नफर्कनु गएको गयै हुनु; उताको उतै रहनु। स.क्रि.
61031 बत्ताउनु अ.क्रि. ४. हे. बताउनु२।
61032 बत्तिनु अ.क्रि. १. वेगले हाँकिन; वेगले जानु वा उड्नु।
61033 बत्तिनु अ.क्रि. २. हावा लागेर पोगटा; भुस; धुलोमुलो आदि उड्ने काम होइन।
61034 बत्तिस ना. १. तिस र दुईको योगबाट बन्ने सङ्ख्या; ३२- को अङ्क। वि.
61035 बत्तिस ना. २. तिस र दुईका योगसङ्ख्याको।।
61036 बत्तिसदन्त ना. बत्तिसवटा दाँत; परिपक्वताको चिहन।
61037 बत्तिसदन्ते वि. बत्तिसवटा दाँत हुने; बोलेको कुरा पुग्ने वा पुऱ्याउने।
61038 बत्तिसपुतला वि. नानाभाँती छलछामका कुरा।
61039 बत्तिसपुतली ना. रोचक आख्यान भएको प्राचीन पुस्तक।
61040 बत्तिसपुतले वि. बत्तिसपुतला जोड्ने।
61041 बत्तिसमुजा ना. उमेर; बल वा श्रमले अनुहार चाउरिएको स्थिति।
61042 बत्तिस लक्षण ना. विशिष्ट व्यक्तिहरूका शरीर तथा स्वभावमा हुने भनी प्रसिद्ध बत्तिसवटा शुभ लक्षण। (१) पद्मासनमा बस्ता वृत्ताकार आसन हुनु। (२) औँला लामालामा हुनु। (३) औंलाका कापमा छाला विशेष बढ़ता र औंला जोड्दा टम्म मिल्ने हुनु। (४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनु। (५) सात प्रकारले शरीर सुवासित हुनु। (६) हरिणका जस्ता फिला हुनु। (७) गुप्ताङ्गहरू हात्तीका अण्डकोष जस्तै गुप्त रहनु। (८) शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु। (९) शरीरका विभिन्न अङ्ग सुगठित रहनु। १०) काँध पुष्ट, चौडा र गोल हुनु। (११) पाखुरा राम्ररी फर्कने र तलसम्म पुग्ने हुनु। ( १२ ) पाखुरा लामा हुनु। (१३) सम्पूर्ण शरीर तेजोमय वृत्तले युक्त हुनु। (१४) शङ्खसमान घाँटी हुनु। (१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु। (१६) बत्तिस दाँत हुनु। (१७) उज्ज्वल र छिद्र नभएका दन्तपङ्क्ति हुनु। (१८) स्वच्छ र परस्परमा मिलेका दाँत हुनु। (१९) बङ्गरा स्वच्छ र सुन्दर हुनु (२०) जिब्रो लामो हुनु। (२१) विभिन्न सूक्ष्मातिसूक्ष्म स्वाद लिने शक्ति हुनु। (२२) भँगेराको जस्तो स्वर हुनु। (२३) ब्रह्माको जस्तो मौलिक र ज्ञानपूर्ण वाणी हुनु। (२४) आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु। (२५) दुई आँखीभौँका बिच कोमल रोमरेखा हुनु। (२६) पगरीजस्तो मिलेको र राम्रो कपाल हुनु। (२७) शुद्ध सुनजस्तो प्रदीप्त शरीर हुनु। (२८) प्रबल व्यक्तित्व हुनु। (२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौं हुनु। (३०) नीलमणिजस्तो कालो र टल्कने केश हुनु। (३१) न्यग्रोध परिमण्डल हुनु र (३२) विष्णुको जस्तो दृढ स्वभाव हुनु]
61043 बत्तिस लच्छिन ना. बत्तिस - लक्षण।
61044 बत्तिसा ना. १. बत्तिस प्रकारका जडीबुटी; मसला आदि मिलाएर बनाइएको; सुत्केरीलाई खुवाइने एक पौष्टिक औषधी। वि.
61045 बत्तिसा ना. २. धेरै किसिमका कुरा गर्न जान्ने; छत्तीसा; बित्पाते।
61046 बत्तिसी ना. बत्तिसवटा वस्तुको समूह; जस्तो- सिंहासन बत्तीसी (एक पुस्तकको नाउँ )।
61047 बत्तिसे वि. १. बत्तिस वर्षको उमेर भएको।
61048 बत्तिसे वि. २. बत्तिस दन्त हुने
61049 बत्तिसे वि. ३. बत्तिस लच्छिनले युक्त।
61050 बत्तिसे वि. ४. बत्तिसपुतले।