Dictionary

All Word

60901 बडादमी ना. २. भलादमी; भद्र मानिस।
60902 बडा दसैँ ना. आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई कोजाग्रत पूर्णिमासम्म रहने नेपालीहरूको प्रमुख राष्ट्रिय चाड।
60903 बड़ा पत्र ना. १. राजाबाट कसैलाई भएको हुकुमको ठाडो कागत सर्वोपरि राजाज्ञा।
60904 बड़ा पत्र ना. २. कुनै अत्यन्त उच्च व्यक्ति वा सङ्गठनद्वारा दिइएको विशेष महत्त्वपूर्ण आज्ञा वा निर्णयको पत्र।
60905 बड़ा पत्र ना. ३. संयुक्त राष्ट्रसङ्घको घोषणापत्र।
60906 बाबा / बाबु ना. बाबुका दाजु; जेठाबा।
60907 बडामहाराज ना. श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहलाई बुझाउने; बाइसी चौबिसी राज्यअन्तर्गतका धेरै राजा-रजौटा र महाराजलाई बल र बुद्धिमा जितेकाले 'बडा' पदवी थपिएको विशेष आदरसूचक शब्द।
60908 बडामहाराजाधिराज ना. बडामहाराज; श्री ५ पृथ्वीनारायण शाह।
60909 बडामहारानी ना. १. श्री ५ महाराजाधिराजकी पटमहारानी।
60910 बडामहारानी ना. २. महाराजाधिराजकी मुख्य महारानी।
60911 बडाहाकिम ना. राणा शासनका समयमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशासक; जिल्लाको सर्वोच्च निजामती अधिकारी (हाल प्रमुख जिल्ला अधिकारी)।
60912 बडिस ना. स्वास्नीमानिसले छातीमा लगाउने स्तनकस चोली; अङ्गिया; कञ्चुक।
60913 बडी वि. बडो' को स्त्री रूप ठुली।
60914 बडीआमा ना. बाबुकी भाउजू ठुली आमा।
60915 बडीगार्ड ना. अङ्गरक्षक।
60916 बडेमा / बडेमान वि. अति ठुलो; बडोमा।
60917 बडेर ना. बेतलौरीका जस्ता पात; राता फूल र खैरो कन्द हुने एक बुटी वा त्यसैको कालो फल बढेर।
60918 बडे ना. कपुर-कपुर बास्ना आउने तरकारी खान हुने जङ्गली झार।
60919 बडै क्रि.वि. धेरै मात्रामा; चाहेजति मनाक।
60920 बडो वि. १. निकै ठुलो; विशाल। क्रि.वि.
60921 बडो वि. २. खुब अति। ना.
60922 बडो वि. ३. कसैलाई उपेक्षापूर्वक हप्काउने किसिम।
60923 बडो वि. ४. भलादमी; भद्र मानिस।
60924 बडोमा वि. साह्रै ठुलो अजङको विशाल।
60925 बड्कुलो ना. बड्कलो; बकौलो।
60926 बड्कुम्ल्याइ ना. बड्कुम्ल्याउने क्रिया वा प्रक्रिया।
60927 बड्कुम्ल्याइनु क.क्रि. बड्कौंल्याइनु।
60928 बड्कुम्ल्याइनु स.क्रि. बड्कौंल्याइनु।
60929 बड्कुम्ल्याउनु स.क्रि बाखा आदिले जुत्याउनु; बकुम्ला पार्नु।
60930 बड्कौँलो ना. भेडा बाखाको; मसिना गोली परेको बिष्ठा; बकुम्लो; बड्कुलो।
60931 बड्कौल्याइ ना. बड्कौंल्याउने क्रिया वा प्रक्रिया।
60932 बड्कौल्याइनु क.क्रि. बकौला निकालिनु; बड्कुम्ल्याइनु।
60933 बड्कौल्याउनु स.क्रि खसी; बाखा आदिले बड्कौला झार्नु; बड्कौंला निकाल्नु। परिमाण
60934 बढ्नु अ. क्रि. १. कुनै वस्तुको आकार; आयतन; आदि पहिलेको भन्दा बढ्ता हुनु; वृद्धि हुनु।
60935 बढ्नु अ. क्रि. २. गणना; नापतौल आदिमा अधिक हुनु।
60936 बढ्नु अ. क्रि. ३. मूल्य; अधिकार; योग्यता; सामर्थ्य आ वृद्धि हुनु।
60937 बढ्नु अ. क्रि. ४. धेरै स्थान ढाक्ने वा ओगट्ने हुनु।
60938 बढ्नु अ. क्रि. ५. मदमत्त हुनु उन्मत्त हुनु; मात्तिनु टुप्पिनु।
60939 बढ्नु अ. क्रि. ६. अगि सर्नु; लम्कनु।
60940 बढ्नु अ. क्रि. ७. सङ्ग्रालि; फैलन; फिंजिनु। ८ झाँगिनु; गाँजिन; मौलाउनु। C. फुल्न सुनिनु।
60941 बढ वि. १. आवश्यकताभन्दा थप वा भएको भन्दा बढी बढी बढ्ता।
60942 बढ वि. २. बढेको; धेरै।
60943 बढकरार ना. सरकारी वा गैरसरकारी कार्यसम्पादनका निम्ति लिइने ठेक्कापट्टा; तिरो आदिमा बढी तिर्ने प्रतिज्ञा वा सम्बन्ध।
60944 बढबन्धकी ना. १. बन्धकी जग्गा लिएबापत बिच-बिचमा थपौती गरिएको रिन।
60945 बढबन्धकी ना. २. भोगबन्धकी दिएकोमा यति समयसम्म निखन्ने छैन भन्ने सर्त राखी लेखिएको लिखत।
60946 बढवा ना. १. कुनै वस्तु थोरैबाट धेरै हुने प्रक्रिया।
60947 बढवा ना. २. कसैलाई सर्काएर वा फुर्काएर माथि पुऱ्याउने काम।
60948 बढाइँ ना. १. सामूहिक रूपबाट तोप; बन्दुक आदि पड्काएर हर्षोल्लास मनाउने काम।
60949 बढाइँ ना. २. त्यस्तो हर्षोल्लासको उत्सव (हर्ष बढाइँ; लहरे बढाइँ; एकट्ठा बढाइँ )।
60950 बढाइनुु क.क्रि. बढ्ने पारिनु; बढ्न लाइनु; वृद्धि गराइनु।