Dictionary

All Word

61351 बन्धक वि. २. डोरी; जुइनु; बन्धन।
61352 बन्धक वि. ३. बाँध।
61353 बन्धक वि. ४. रिनीले रुपियाँ पैसा सापट लिएबापत सो चुक्ता नगरुन्जेल साहुकहाँ राखेको धितो वा धरोट; बाँधा।
61354 बन्धक वि. ५. पैसा असुल्ने दृष्टिले कसैलाई थुनिराख्ने काम।
61355 बन्धककर्ता ना. आफ्नो घर, खेत आदि अचल सम्पत्ति कसैलाई बन्धकीका रूपमा दिने व्यक्ति।
61356 बन्धकी ना. १. देह व्यापार गरेर जीविका गर्ने आइमाई; व्यभिचारिणी स्त्री।
61357 बन्धकी ना. २. बन्ध्या स्त्री; बाँकी आइमाई।
61358 बन्धकी वि. बन्धकमा परेको; ऋण लिएबापत धितो राखिएको।
61359 बन्धकी तमसुक ना. कसैको अचल वस्तु बन्धकी राखेको प्रमाणपूर्वकको लिखित कागत।
61360 बन्धन ना. मारुनी नाच नाच्नुभन्दा पहिले निर्विघ्नताका निम्ति गाइने मङ्गलगीत।
61361 बन्धन ना. १. बाँध्ने काम।
61362 बन्धन ना. २. डोरी आदि बाँध्ने साधन।
61363 बन्धन ना. ३. झ्यालखान; बन्दीगृह।
61364 बन्धन ना. ४. रोकावट; प्रतिबन्ध।
61365 बन्धन ना. ५. शरीरको जोर्नी सन्धि।
61366 बन्धन ना. ६. फल; पात आदिको भेट्नु।
61367 बन्धनग्रन्थि ना. १. डोरी; पासो आदिको गाँठो।
61368 बन्धनग्रन्थि ना. २. शरीरका अवयवहरूको जोर्नी।
61369 बन्धनपाता ना. मालमत्ता राख्ने बाकस कस्ने फलामे पाता।
61370 बन्धनमुक्ति ना. कुनै नियन्त्रण वा बन्धनबाट हुने छुटकारा।
61371 बन्धनी ना. १. शरीरका अवयवहरूलाई मिलाएर बाँध्ने वा जेलेर राख्ने अवयव; नसो।
61372 बन्धनी ना. २. डोरी; जुइनु आदि बन्धन।
61373 बन्धनीय वि. १. बाँध्न योग्य; टन्काउन लायक; कस्नुपर्ने। ना.
61374 बन्धनीय वि. २. पुल; फट्के।
61375 बन्धित वि. १. बाँधिएको; बन्धनमा परेको। ना.
61376 बन्धित वि. २. बन्ध्या स्त्री बाँकी आइमाई।
61377 बन्धु ना. १. दाजुभाइ; फुकी; वंशज; सगोत्र; जाति।
61378 बन्धु ना. २. इष्टमित्र; आत्मीय जन; आफन्त।
61379 बन्धु ना. ३. साथी मित्र; हितैषी।
61380 बन्धु ना. ४. सहायक; सहचर।
61381 बन्धु ना. ५. सहकर्मी; सहपाठी।
61382 बन्धुता/त्व ना. बन्धु हुनाको भाव वा बन्धुमा रहने स्वभाव; गुण; व्यवहार आदि।
61383 बन्धुबान्धव ना. दाजुभाइ; बन्धुवर्ग।
61384 बन्धुवर्ग ना. दाजुभाइहरूको समुदाय; फुकी।
61385 बन्धुविग्रह ना. १. आफ्ना दाजुभाइका बिचको झगडा।
61386 बन्धुविग्रह ना. २. दाजुभाइहरूका बिचको फूट।
61387 बन्ध्य वि. १. बाँध्न योग्य बन्धनीय।
61388 बन्ध्य वि. २. निष्फल; व्यर्थको प्रयोजन नभएको।
61389 बन्ध्य वि. ३. फल नलाग्ने; थारो।
61390 बन्ध्य वि. ४. बाँझो।
61391 बन्ध्या ना. १. बाँझी आइमाई; शारीरिक दोषले गर्दा सन्तान हुन नसकेकी स्त्री।
61392 बन्ध्या ना. २. थारो वा बैला पशु।
61393 बन्ध्याकरण ना. परिवार नियोजनअन्तर्गत स्त्रीहरूको डिम्बवाहिनी नसालाई शल्यक्रियाद्वारा बन्द गर्ने काम; गर्भनिरोध।
61394 बन्ध्यापुत्र ना. बन्ध्याको छोरो हुनु जस्तै असम्भव कुरो; हुनै नसक्ने कुरो।
61395 बन्नानाच ना. राना थारूहरूमा प्रचलित एक प्रकारको लोकनाच।
61396 बन्सो ना. १. दुबाका जस्ता तर केही लामा पात हुने; केसैकेसा परेका झुप्पादार फूल हुने; आँख्लैपिच्छे हाँगा हाल्ने र भुईंमा लत्रँदा आँख्लाबाट जरा हाल्ने एक भुईंकार वा घाँस; मन्थानक।
61397 बन्सो ना. २. वंश।
61398 बन्सो ना. ३. अति सूक्ष्म अंश; लेश; अत्यल्पता।
61399 बपौती ना. बाबुले छोडेर गएको वा बाबुका तर्फबाट अंश वा अधिकारका रूपमा आएको सम्पत्ति; पैतृक सम्पत्ति।
61400 बफाइ ना. बफाउने क्रिया वा प्रक्रिया।