Dictionary

All Word

61501 बयासी / बयासीयाँ वि. हे. बयासिऔं।
61502 बयेलिनु अ.क्रि. १. बयेली खेल्ने हुनु।
61503 बयेलिनु अ.क्रि. २. बयलिनु।
61504 बल्याइ ना. बलिने क्रिया वा प्रक्रिया।
61505 बल्याइनु क.क्रि. बयेलिने पारिनु।
61506 बल्याउनु प्रे. क्रि. बयेलिने पार्नु।
61507 बयेली ना. १. धान; गहुँ आदिको हरियो र कलकलाउँदो बालीमा हावा लाग्दा तरङ्गित हुने लहर; बयली।
61508 बयेली ना. २. शीतलदायी सिरसिरे हावा; स्वच्छ हावा; वयार।
61509 बर्नु स.क्रि. कन्याले वर रोज्नु; स्वयंवर गर्नु; वरण गर्नु रोज्नु।
61510 बर ना. हाँगाबाट लहरा निस्कने र यसरी निस्केका लहरा भुईंमा गाडिएर जराका रूपमा परिणत हुने; चारैतिर बाक्लो हाँगा फैलने; पिपलका आकारका तर केही बाक्ला पात हुने; राता बाटुला फल फल्ने एक प्रसिद्ध वृक्ष; बरपिपल; वटवृक्ष।
61511 बरकरार वि. १. राम्ररी स्थापित गरिएको; जस्ताको तस्तै रहेको।
61512 बरकरार वि. २. दो; दृढ।
61513 बरकरार वि. ३. वर्तमान।
61514 बरकठै वि.बो. सहानुभूति जनाउँदा प्रयोग हुने शब्द; कठै। (उदा.- बरकठै! ज्ञानीलाई कसले लडाइदियो !)।
61515 बरखा ना. वर्षा ऋतु; बर्खा।
61516 बरखास वि. बरखास्त; खारेज।
61517 बरखासी ना. बरखास हुने वा गर्ने काम; खारेज।
61518 बरखास्त वि. १. नोकरीबाट खोसिएको; कुनै काम वा पेसाबाट हटाइएको; खोसुवा; खारिज गरिएको; गरिरहेको कामबाट अवधि पुगेपछि वा एकाएक बिचमै अवकाश दिइएको; कामकाजबाट मुक्त गरिएको। ना.
61519 बरखास्त वि. २. चलिरहेको कुनै बैठक; इजलास आदिको विसर्जन।
61520 बरखिलाफ वि. १. विरुद्ध; प्रतिकूल।
61521 बरखिलाफ वि. २. उल्टो।
61522 बरखी ना. १. मानिस मरेका वर्ष दिनमा गरिने श्राद्ध बर्खी।
61523 बरखी ना. २. बाबु; आमा; पति आदि मर्दा वर्षदिनसम्म पालन गर्नुपर्ने नियम; बख।
61524 बरताव ना. कुनै कामकुराका सिलसिलामा कसैसित गरिने भद्र वा अभद्र व्यवहार।
61525 बरन्डा ना. घरको मुख्य भागदेखि बाहिरपट्टि गाँसिएको छानासहितको अवयव; बार्दली; कौसी।
61526 बरनी ना. विवाहमा जन्ती आइपुगेपछि बेहुलीका बाबुले बेहुलालाई शास्त्रीय विधिविधानका साथमा गरिने पूजा; वरणी।
61527 बरफ ना. १. ज्यादै चिसो पारेर जमाएको पानीको डल्लो।
61528 बरफ ना. २. हिउँ। ३ असिना।
61529 बरफ घर ना. १. बरफ तयार गरिने घर।
61530 बरफ घर ना. २. अति चिसो वा ठिही लाग्ने घर।
61531 बरफदान ना. बरफ राख्ने; हावा नछिर्ने बाकस वा भाँडो।
61532 बरफिलो वि. ज्यादै चिसो; अति ठन्डा बरफ भएको।
61533 बरफवाग ना. सिंहदरवारको एउटा बगैँचा।
61534 बरबन्दोबस्त ना. कुनै काम वा व्यवहारको प्रबन्ध; बन्दोबस्त; इन्तजाम।
61535 बरबर क्रि.वि. १. निदमा वा बेसुरमा बोल्ने काम; बडबड; प्रलाप। क्रि.वि.
61536 बरबर क्रि.वि. २. लगातार आँसुका ढिका खस्ने वा र्ने गरी।
61537 बरबर क्रि.वि. ३. ससाना गेडागेडी आदि चुहिएर वा झरेर।
61538 बरबरा ना. बरबर गर्ने वा बरबराउने क्रियाप्रक्रिया।
61539 बरबराइनु अ.क्रि. १. बरबराउने होइन; बरबर गरिनु। क.क्रि.
61540 बरबराइनु अ.क्रि. २. बरबर गर्ने पारिनु।
61541 बरबराउनु अ.क्रि. १. बेसुरका अवस्थामा वा मस्त निदाएका बेलामा बोल्नु; बडबडाउनु।
61542 बरबराउनु अ.क्रि. २. फतफताउनु; भटभटाउनु। स.क्रि.
61543 बरबराउनु अ.क्रि. ३. थोपा-थोपा गरेर आँसु खसाल्नु।
61544 बरबराहट ना. बरबराउने भाव; अवस्था वा क्रियाप्रक्रिया।
61545 बरबरी क्रि.वि. १. थोपाथोपा गरेर आँसु चुहाउने गरी।
61546 बरबरी क्रि.वि. २. मसिना गेडागुडी भुइँमा झर्दा शब्द आउने किसिमले बर्कने गरेर।
61547 बरबरे वि. बरबराउने स्वभावको; बडबडे; फतफते; प्यारप्यार कराइरहने।
61548 बरबाद वि. १. काम नलाग्ने भएको; नासिएको; बिग्रेको; विनष्ट।
61549 बरबाद वि. २. बेथितिसँग रहेको; भताभुङ्ग वा लथालिङ्ग भएको।
61550 बरबादी ना. बरबाद हुनाको भाव वा स्थिति; विनाश; भताभुङ्ग।