Dictionary

All Word

61551 बरबुझारथ ना. आफ्नो जिम्मामा भएका कागजपत्र; मालसामान; नगदीजिन्सी आदि साबिकवालाले हालवालालाई बुझाउने काम बुझाउने तथा जिम्मा लगाउने काम फस्र्योट गर्ने काम।
61552 बरबेवहार ना. व्यक्तिगत वा सामाजिक रूपमा प्रचलित कामकारबाई; व्यवहार।
61553 बरही ना. १. पानसम्बन्धी काम गर्ने एक जाति; बरै।
61554 बरही ना. २. पानपसले; पानबेपारी।
61555 बराँठ ना. १. सोझा सिङ; छोटो पुच्छर; खैरो वर्ण र मोटो खालको हुने एक जातको मृग; शम्बर। वि.
61556 बराँठ ना. २. हृष्टपुष्ट र मोटोघाटो; हट्टाकट्टा।
61557 बराँठ ना. ३. मोटीघाटी र बाँझी बैला (युवती)।
61558 बराँठिनु अ.क्रि. १. बराँठ जस्तै भएर मोटाउनु।
61559 बराँठिनु अ.क्रि. २. उमेर पुगेर पनि गर्भ धारण नगर्नु; बाँकी हुनु; बैला बस्नु।
61560 बराँठ्याइ ना. बरौठिने क्रिया वा प्रक्रिया।
61561 बठ्याइनु क.क्रि. बरौठिने पार्नु।
61562 बाँठ्याउनु प्रे. क्रि. बराँठिने पार्नु।
61563 बरांत ना. १. हे बरियाँ। वि.
61564 बरांत ना. २. बराला।
61565 बराँतिनु अ.क्रि. बरालिनु।
61566 बराँती वि. बरियाँ।
61567 बरा वि. १. बिचरो; बबुरो। वि.बो.
61568 बरा वि. २. दया- मायाको उद्गारसूचक शब्द; कठै; कठैनि। (उदा. बरा ती टुहुरालाई कसले हेरचाह गर्छ !)।
61569 बराइ ना. बर्ने क्रिया वा प्रक्रिया।
61570 बराइनु क. क्रि. बर्न लगाइनु; रोजाइनु।
61571 बराउनु प्रे. क्र. बर्न लगाउनु; कन्याद्वारा वर रोजाउनु।
61572 बराजु/बराज्यू- ना. १. बाजेका पिता; बाबुका बाजे; प्रपितामह।
61573 बराजु/बराज्यू- ना. २. आफ्ना चार पुस्तामाथिका पुर्खा।
61574 बराज्य ना. बराज्यू।
61575 बरानी ना. नोकरचाकरले आफूभन्दा कम उमेरका मालिककी स्त्रीलाई सम्बोधन गर्ने शब्द।
61576 बराबर वि. १. कुनै वस्तुको लम्बाइ चौडाइ आदि समान भएको।
61577 बराबर वि. २. कसैलाई लगाएको कुनै वस्तुको भाग एकनास रहेको।
61578 बराबर वि. ३. होचो अग्लो; अड्बेखबे आदि नभई समतुल्य भएको। क्रि.वि.
61579 बराबर वि. ४. निरन्तर; लगातार; सधैंभरि।
61580 बराबरी ना. १. सबैतिर उत्तिकै मिल्ने भाव वा स्थिति; तुल्यता; समानता। क्रि.वि.
61581 बराबरी ना. २. निरन्तर लगातार ३ प्रायः समयसमयमा।
61582 बरामद ना. खोजतलास हुँदा कसुरदारद्वारा दबाइएका तथा चोरिएका मालसामान; प्राणी आदि फेला पर्ने काम; खानतलासीबाट भएको त्यस्तो वस्तुको दाखिला।
61583 बराल्नु स.क्रि. १. नचाहिँदो वा नराम्रो काममा प्रवृत्त गराउनु; बहकाउनु।
61584 बराल्नु स.क्रि. २. सिंगारपटार गराई काम न काजसँग यताउति डुलाउनु।
61585 बराल्नु स.क्रि. ३. कुसङ्गतमा लगाउनु; कुलतमा अल्झाउनु।
61586 बराल वि. १. बरालिने (मान्छे); बराला। ना.
61587 बराल वि. २. बाहुन जाति र मगर जातिमा प्रचलित एक थर।
61588 बरालसिङ ना. काम नगरीकन बरालिने मान्छे; कुसङ्गतमा लागेको व्यक्ति।
61589 बराला वि. काम नगरीकन बरालिने; कुसङ्गतमा लाग्ने; विना काममा घुमफिर गर्ने।
61590 बरालाइ ना. बराल्ने क्रिया वा प्रक्रिया।
61591 बरालिनु अ.क्रि. १. अर्काका बहकावटमा लाग्नु; बहकिनु।
61592 बरालिनु अ.क्रि. २. बेकाममा यताउति घुम्नु; अल्लारिनु।
61593 बरालिनु अ.क्रि. ३. खराब सङ्गतमा लाग्नु; कुसङ्गतमा फस्नु।
61594 बरालिनु अ.क्रि. ४. बिराला आदिका पोथीले भाले खोज्दै हिँड्नु। क.क्रि.
61595 बरालिनु अ.क्रि. ५. बराला पारिनु बराल्ने काम गरिनु।
61596 बराली ना. ससाना वृत्ताकार पात हुने; निलो वा गुलाफी फूल फुल्ने; जरामा ठुला; बाङ्गिएका; चौडा र पहेँला कन्द फल्ने; जराको उपयोग बान्ता; बाथ; सुनिएको ठाउँ आदिका निम्ति गरिने एक खालको बोट।
61597 बरालीकुन्द ना. बराली।
61598 बरासो ना. मट्टीतेलका सट्टामा वा सो अभाव हुँदा पहाडतिर उज्यालाका लागि मसिना चोइटा वा दियालो बाल्न बनाइएको आट अथवा त्यसमा खोपिएको अगेनी।
61599 बराह ना. बँदेल; वराह।
61600 बराहा वि. अधियाँ साझा; बच्छी।