Dictionary

All Word

61701 बर्धन्ने ना. दीर्घ उकारको चिह्न ( ) यस्तो मात्रारूप।
61702 बर्न ना. मुखको रङ्गरूप; वर्ण।
61703 बर्नी वि. बर्न भएकी।
61704 बर्ने वि. बर्न भएको। (बर्नी; बर्ने प्रायः गाई; गोरुमा मात्र सीमित; जस्तो- लालबन गाई; लालबर्ने गोरु )।
61705 बर्नट ना. मोटर गाडीको इन्जिनको ढकनी।
61706 बर्नाउनु स.क्रि. १. धामीले देवताको वर्णन गर्नु वा देवता बुझाउनु। अ.क्रि.
61707 बर्नाउनु स.क्रि. २. गाईबस्तुको साहा जान खोज्नु चटारिनु।
61708 बर्नाउनु स.क्रि. ३. यस्तो छ भनी प्रख्यात हुनु; कहलाउनु।
61709 बर्फ ना. बरफ।
61710 बर्फिल वि. बरफैबरफले ढाकिएको; हिउँले भरिएको।
61711 बर्फी ना. खुवा घोटेर चिनी आदि मिलाई पकाएपछि थालमा जमाएर टुक्राटुक्रा पारी काटेर झिकिने मिठाई विशेष।
61712 बर्बर वि. सभ्यता; संस्कार केही नभएको; असभ्य; जगली।
61713 बर्बरता ना. बर्बर हुने भाव वा ढाँचा; असभ्यता; जङ्गलीपना।
61714 बर्मा ना. डोरीले घुमाएर काठमा प्वाल पार्ने; फलामको चुच्चे हतियार।
61715 बर्मा ना. भारत र बङ्गलादेशको दक्षिण - पूर्वमा रहेको एक देश म्यानमा।
61716 बर्मान्ड ना. ब्रह्माण्ड। (उदा.- यति कुरा सुन्दैमा तिम्रो बर्मान्ड जल्यो होइन ? )।
61717 बर्मान्डे ना. दुहुने बेलामा हैरान पार्ने गाई।
61718 बर्मासी ना. राई जातिले मान्ने कुलदेवता।
61719 बर्मेली वि. १. बर्मा देशको; बर्मासित सम्बद्ध। ना.
61720 बर्मेली वि. २. बर्माको निवासी।
61721 बर्मेली वि. ३. बर्माको भाषा।
61722 बर्मेली वि. ४. वर्माबाट फर्केर आएका नेपाली।
61723 बर्मी टोल ना. बर्माबाट फर्केर आएका नेपालीहरू बसेको बस्ती।
61724 बर्रं क्रि.वि. गेडागुडी वा पानीका थोपा एकै खेप धेरै खस्ता आवाज आउने गरी।
61725 बर्रा ना. मारुनी नाचमा गाइने एक थरी गीत।
61726 बर्राटप्पा ना. बर्रा।
61727 बर्रो ना. १. ठुलठुला पात हुने; मञ्जरीका रूपमा मसिना हरिया फूल फुल्ने; पहेँला गोल फल फल्ने एक वृक्ष वा त्यसकै फल।
61728 बर्रो ना. २. त्रिफलाका तीन फलमध्ये एक फल।
61729 बर्ल्याक क्रि.वि. उफ्रने; ओर्लने आदि चालसँग।
61730 बर्ल्याकबुर्लुक क्रि.वि. धेरै जना एकै चोटि ओर्लने वा उफ्रने गरी।
61731 बर्ल्याङ्ग / बर्ल्याङ क्रि.वि. एकै चोटि लड्ने वा पछारिने गरी।
61732 बर्स ना. वर्ष; बर्ख।
61733 बर्सनु अ.क्रि. १. वृष्टि हुनु; पानी पर्नु।
61734 बर्सनु अ.क्रि. २. दानाहरू खस्नु; झर्नु; बर्कनु।
61735 बर्सनु अ.क्रि. ३. पर्रा छुट्नु।
61736 बर्साई ना. बर्सने क्रिया वा प्रक्रिया।
61737 बर्साइनु क.क्रि. वृष्टि गराइनु।
61738 बर्साउनु प्रे.क्रि बर्सने पार्नु; वृष्टि गराउनु; झार्नु।
61739 बर्सनु अ. क्र वृष्टि होइन; पानी परिनु।
61740 बर्सात / बर्साद ना. १. पानी धेरै परिरहने समय; बर्षाकाल; असार र साउन महिना।
61741 बर्सात / बर्साद ना. २. वृष्टि; वर्षा।
61742 बर्सादी ना. १. पानीबाट जोगिन कोट जस्तै लगाइने; भित्र पानी नछिर्ने; लामो र खुकुलो वस्त्र। वि.
61743 बर्सादी ना. २. वर्षा ऋतुमा हुने वा भएको; बर्सातको।
61744 बर्सी ना. एक वर्षको समय; बर्खदिन।
61745 बर्सीको खाजा ना. अचेल चलन हराउँदै गएको; बिहे भएको बर्खदिनभित्र प्रायः दसौँ महिनामा बेहुलाले बेहुलीपक्षलाई लग्ने अर्सा; रोटी आदिको कोसेलीपात।
61746 बर्सीको पिण्ड ना. पहिलो वार्षिक श्राद्ध; बर्खी फुकाउने काम (जस्तै- बर्सीको पिण्ड चलाउनु)।
61747 बर्सीको बालख ना. एक बर्से शिशु।
61748 बर्सेनि क्रि.वि. वर्ष नबिराईकन; हरेक वर्ष वर्षैपिच्छे।
61749 बर्सौटी ना. वर्ष-वर्ष दिनमा लिने वा दिने गरिआएको रकम; वर्षबन्दी।
61750 बर्सौटि वि. वर्षैपिच्छे बियाउने गाईबस्तु।