Dictionary

All Word

61801 बलाढ्य वि. बलको धनी; बलवान्।
61802 बलात् क्रि.वि बलपूर्वक; जबर्जस्तीसँग।
61803 बलात्कार ना. १. जबर्जस्ती गर्ने काम; अन्याय; अत्याचार।
61804 बलात्कार ना. २. कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम; बलपूर्वक सतीत्व नष्ट पार्ने काम।
61805 बलात्कृत वि. बलात्कार गरिएको।
61806 बलात्ग्रहण ना. कुनै पनि गैरकानुनी ढङ्गबाट कसैद्वारा हुने वा लिइने रुपियाँको प्राप्ति।
61807 बलाधिकृत/ बलाध्यक्ष ना. सबै अधिकृतहरूमा मुख्य; प्रमुख सेनापति (चिफ अफ दि जनरल स्टाफ )।
61808 बलाबल ना. १. दुई पक्षको तुलनात्मक सबलता र निर्बलता।
61809 बलाबल ना. २. दुई पक्षमा हुने बलको प्रतिस्पर्धा; खिचातानी।
61810 बलि ना. १. देवदेवतालाई अर्पिने भोग्य वस्तु नैवेद्य।
61811 बलि ना. २. देवतालाई भोग दिइने पशुपन्छी।
61812 बलि ना. ३. भोजन गर्नुभन्दा पहिले देवपितृका उद्देश्यले चढाइने अन्न; औसानी।
61813 बलि ना. ४. पूजा; होम आदिमा क्षेत्रपाललाई चढाइने अन्न। ५ पञ्च महायज्ञमध्ये एक भूतयज्ञ।
61814 बलि ना. ६. भूमिकर; मालपोत।
61815 बलि ना. ७. पेटको लुँदाका बिचको रेखा।
61816 बलि ना. ८. पुराणप्रसिद्ध दानी दैत्य राजा।
61817 बलिदान ना. १. देवदेवताका नाममा गरिने पशुपन्छीको वध पशुबलि दिने काम।
61818 बलिदान ना. २. लोकहित वा राष्ट्रहितका निम्ति गरिने उत्सर्ग त्याग।
61819 बलिवेदी ना. बलिदान गर्ने ठाउँ।
61820 बलिउड ना. हलिउडको अनुकरण गरेर फिल्मनगरी बम्बई (मुम्बई) लाई जनाउने शब्द।
61821 बलिबन्ते वि. १. बलवन्त; बलियो। ना.
61822 बलिबन्ते वि. २. किंवदन्तीअनुसार एक प्रसिद्ध दानी चोर।
61823 बलिन्द्र वि. १. पानी पर्दा बलेनीबाट चुहेको पानीको धाराजस्तो।
61824 बलिन्द्र वि. २. बरबर चुहुने (आँसु)
61825 बलिन्द्र धारा ना. बरबर खसेको पानी; आँसु आदिको धारा।
61826 बलिपशु ना. देवतालाई चढाइने उद्देश्यले छोडिने वा काटिने पशु भोग दिइने वस्तु।
61827 बलिपाध्ये ना. आगोको रापबाट पिल्सिएर मर्ने प्रख्यात रैती उत्पीडक।
61828 बलि प्रथा ना. कुलायन वा देवदेवतालाई बलि दिने चलन देवदेवताका नाममा पशुवध गरिने परम्परा।
61829 बलियो ना. १. धेरै बल भएको; शक्तिशाली; बलिष्ठ।
61830 बलियो ना. २. हतपती नबिग्रने; धेरै खप्ने; मजबुत; दहो।
61831 बलियो ना. ३. धनजन आदिले सम्पन्न। स्त्री. बलियी।
61832 बलियो बागो वि. हान्न - मार्न सक्ने; हट्टाकट्टा; जोधाहा। स्त्री. लिबाङ्गी।
61833 बलि वैश्वदेव ना. ब्राह्मणले नित्य गर्नुपर्ने पञ्चमहायज्ञ; चुलो; ढिकी; जाँतो; सिलौटो; लोहोरो र कुचोद्वारा अज्ञानमा हुन जाने हत्यामा लाग्ने पापको प्रायश्चित्तका निम्ति गरिने यज्ञ; भूतयज्ञ।
61834 बलिष्ठ वि. सबैभन्दा बलियो; अति बलियो।
61835 बली वि. १. बलियो। ना.
61836 बली वि. २. छालाको लुँदोलाई छुट्ट्याउने रेखा चाउरी।
61837 बली वि. ३. बलि।
61838 बलु ना. पानीमा रहने रौंजस्तो मसिनो र लामो; बेहिएर गाईबस्तुको पुच्छर काटिदिने एक जातको किरो।
61839 बलु ना. बाक्ला र बाटुला खालका पात; पहेँला फूल र हरिया सानासाना फल हुने भारविशेष; बला।
61840 बलेंसी ना. १. छानाको किनारबाट खसेको पानी; बलेनी।।। २ बलेनी तप्किने ठाउँ; पेटीमुनिको जग्गा।
61841 बलेखो ना. १. तन्नेरी नहुन्जेलको भेडो वा पाठो।
61842 बलेखो ना. २. नबियाएको बाखी; कुमारपाठी।
61843 बलेखो ना. ३. बलि दिइने पशु; बलिपशु।
61844 बलेनी ना. हे. बलेंसी।
61845 बलो ना. छानाको दाँतीमाथि बिचमा र धुरीमा रहने लामो काठ; मुसी वा डाँडा अड्याउने तेर्सो काठ (पानीबलो; कुलो र धुलो)।
61846 बलौटे वि. बालुवा धेरै भएको (माटो; जमिन आदि)।
61847 बलौटेनी वि. धेरैजसो बालुवा भएको; बलौटे।
61848 बलौटो ना. बालुवा।
61849 बल्कनु अ.क्रि. घाउखटिरा पिपले भरिएर बलकबलक गरी टन्कनु।
61850 बल्काइ ना. बल्कने क्रिया वा प्रक्रिया।