Dictionary

All Word

61901 बस वि.बो. ३. पर्याप्त; यथेष्ट; मनग्य।
61902 बस ना. छानो; झ्याल; ढोका र बस्ने सिट भएको यात्रीहरू ओसार्ने ठुलो मोटर।
61903 बस; अ.क्रि. बस्नु क्रियाको आदेशार्थी रूप (तिमी बास बस )।
61904 बसउठ ना. १. साथसाथै बस्ने र उठ्ने काम; साथको रहनसहन; बसाउठी। २ आवतजावत; बोलचाल; हिमचिम इ.
61905 बसउठ ना. ३. व्यायामका निम्ति वा सजाय पाउँदा लगातार बस्ने - उठ्ने काम।
61906 बसन्ती ना. १. जुहीका जस्ता पात तथा कुन्दका जस्ता लामा काँडा हुने; सेता फूल फुल्ने र अण्डाकार काला फल फल्ने एक जातको लता वा त्यसैको फूल; वासन्ती। वि.
61907 बसन्ती ना. २. पाकेका कागतीको बोक्राजस्तो रङको; पहेँलो खालको।
61908 बसन्ते वि. वसन्त ऋतुमा हुने; पाक्ने वा पाइने।
61909 बसन्ते काँडो ना. पहेँला सानासाना पात काँडैकाँडा हुने लहरिएर जाने एक बुटो।
61910 बसन्ते गहुँ ना. एक प्रकारको गहुँ।
61911 बस बिसौनी ना. बस अड्याउने ठाउँ ( बसपार्क )।
61912 बस सेवा ना. बसद्वारा मानिस ओसारपसार गर्ने काम वा व्यवस्था।
61913 बसाइँ ना. आफू बसेको गाउँठाउँ वा देश छाडी अर्को गाउँठाउँ वा देशमा गएर गरिने बसोबास।
61914 बसाइ ना. १. बस्ने क्रिया वा प्रक्रिया। [बसाउ + आइ]
61915 बसाइ ना. २. बसाउने वा बस्न लाउने क्रियाप्रक्रिया।
61916 बसाइ ना. ३. बसाउने वा गनाउने क्रियाप्रक्रिया।
61917 बसाइनु अ.क्रि. बस्न लाइनु।
61918 बसाउठी ना. साथैमा बसउठ गर्ने काम; साथसाथको रहनसहन; बसउठ।
61919 बसाउनु प्रे. क्रि. १. बस्न लाउनु; बसोबास गराउनु; बसाल्नु।
61920 बसाउनु प्रे. क्रि. २. थिति वा नियम मिलाउनु।
61921 बसाउनु अ.क्रि. मिठो वा नमिठो बास्ना आउनु।
61922 बसाहा ना. १. महादेवको वाहन साँढे।
61923 बसाहा ना. २. महादेवको मन्दिर वा देवलअगाडि राखिने साँढेको ढलौटे वा ढुङ्गे मूर्ति।
61924 बसिनु अ.क्रि. बस्ने काम होइन।
61925 बसिबसाइ / बसिबसाउ ना. सुबिस्तासाथ बस्ने काम आनन्दसँग रहने काम।
61926 बसिबियाँलो ना. फुर्सदमा बसेर समय काट्न गर्ने सानोतिनो काम; समयकटनी।
61927 बसिला ना. काठ ताछ्ने; मुख कोदालोजस्तो र बिंड कुटाको जस्तो भएको हतियार।
61928 बसिदेउ / बसिद्यौ वि. १. बसेर मात्र खान पल्केको (व्यक्ति)।
61929 बसिदेउ / बसिद्यौ वि. २. बसेर नअघाउने।
61930 बसु ना. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुलको वा मात्राको आठ गुना बराबरको नाप; तुणी; लोक र मूर्ति बराबरको नाप; आठ अमल बराबरको नाप; आठ अङ्गुल।
61931 बसेरा ना. १. बास; निवास; घर।
61932 बसेरा ना. २. अस्थायी बास।
61933 बस ना. बसाइँ। (उदा.- कुम्लो बोकी बसें; परेवा काटी दसैँ। उखान )।
61934 बसोबास/बसोबासो ना. १. रहनेबस्ने ठाउँ; निवासस्थान।
61935 बसोबास/बसोबासो ना. २. धेरैजसो समय जानेबस्ने काम; रासोबासो।
61936 बसौधी ना. बाक्लो दुध वा तरमा चिनी; सुकुमेल आदि हाली बनाइने लेदिलो र सुगन्धी खाद्य पदार्थ।
61937 बस्तर ना. वस्त्र; लुगा ( कथ्य प्रयोग )।
61938 बस्ता ना. पुस्तक; बहीखाता; बाक्स आदि बाँध्ने वा बेर्ने कपडा।
61939 बस्ती ना. १. घरहरू भएको वा मानिस बस्ने ठाउँ; आवादी।
61940 बस्ती ना. २. गाउँ; वासस्थान।
61941 बस्तीवाल / वाला ना. बस्तीमा बस्ने मानिस; गाउँले।
61942 बस्तु ना. दुध र मासु वा मलका निम्ति पालिने गाईभैँसी आदि घरेलु पशु वस्तु।
61943 बस्तुभाउ ना. गाईभैँसी आदिको समूह; गाईबस्तु।
61944 बनौटो / बन्योटो ना. १. विवाहमा दुलाहालाई बसाउने चकटी आदि आसन। २ विवाहमा दमाईंलाई दिने कपडा आदि दस्तुरी।
61945 बनौटो / बन्योटो ना. ३. पातलो लम्पट वा चकटी।
61946 बस्य ना. अवश्य; निश्चय पक्का (दिव्य.)।
61947 बह ना. १. पेट दुखेर मुखमा पानी आइरहने रोगविशेष; भित्र दुख्ने एक प्रकारको शूल।
61948 बह ना. २. आन्तरिक वेदना; मनको पिर।
61949 बहनु अ.क्रि. १. जानु बग्नु।
61950 बहनु अ.क्रि. २. हावा चल्नु।