Dictionary

All Word

61751 बस्र्यारनी क्रि.वि. हे. बर्सेनि।
61752 बस्यनी वि. हरेक वर्ष हुने (प्राय: छोरा-छोरीका जन्मबारे )।
61753 बस्यलो ना. वर्षाकालमा हुने जमिनमुनि रहने जुकाजस्तो किरोविशेष; गँड्यौलो।
61754 बल्नु अ.क्रि. १. आगो; बत्ती आदिबाट प्रकाश निस्कने हुनु; सल्कनु; दन्कनु।
61755 बल्नु अ.क्रि. २. जल्दोबल्दो हुनु; प्रतापी बन्नु; भाग्य चम्कनु।
61756 बल ना. १. शरीरमा सञ्चित हुने शक्ति; तागत।
61757 बल ना. २. अरूलाई गरिने भरथेग वा आडभरोस; सहयोग; मद्दत।
61758 बल ना. ३. सेना; फौज।
61759 बल ना. ४. बलराम।
61760 बल ना. औसानी; बलि।
61761 बल ना. हात वा खुट्टाले हिर्काएर खेलिने; रबड आदिले बनेको र छालाले मोहोरिएको वस्तु; भकुन्डो; भलिबल; फुटबल।
61762 बल / बलक ना. १. पोत्ने; चित्र लेख्ने आदि काममा उपयोग गरिने रङ वा धुलो। २ सुन-चाँदीका गहना; भाँडा आदिमा घोटेर टलक निकाल्ने एक प्रकारको पत्थर; पुलिक।
61763 बलक ना. बल्काइको तोड वा खेप।
61764 बलकबलक क्रि.वि. १. घाउखटिराहरू पिप भरिनाले टन्कने गरी; टनकटनक।
61765 बलकबलक क्रि.वि. २. चञ्चल वा उत्तेजित हुने किसिमले।
61766 बलक्क क्रि.वि. बेसरी टन्कने गरी (टाउको); तोड वा वेगसित।
61767 बलजफत ना. कुनै काम कुरामा गरिने बलमिचाइ; जबरजस्ती; बलात्कार।
61768 बलजफती ना. बलजफत; जबरजस्ती।
61769 बलतल क्रि.वि. बले बलपूर्वक वा बल गरेर; मुस्किलसँग; बल्लतल्ल।
61770 बलदेव ना. बलराम बलभद्र।
61771 बल प्रयोग ना. कसैको इच्छाविरुद्ध कुनै कार्य गर्नलाई गरिने शक्तिको प्रयोग; बल लगाउने वा अनुचित दबाव दिने काम।
61772 बलबर्कत ना. काम गर्न; हिँड्न आदि सक्ने बल र तागत।
61773 बलबल क्रि.वि. १. उत्ताउलो हुने गरी; उच्छृङ्खल हुने चालले। ना.
61774 बलबल क्रि.वि. २. चुलबुलेपन; बकबक।
61775 बलबलाइ ना. बलबलाउने क्रिया वा प्रक्रिया
61776 बलबलाइनु क्रि. बलबल होइन; चञ्चल बनिन्।
61777 बलबलाउनु अ.क्रि. १. उत्ताउलो हुनु; चञ्चल हुनु।
61778 बलबलाउनु अ.क्रि. २. नचाहिंदो बढी कुरा गर्नु; बकबक गर्नु।
61779 बलबलाहट ना. बलबलाउने काम वा किसिम।
61780 बलबलिनु अ.क्रि. बलबल गर्नु; बलबलाउनु।
61781 बलबले वि. १. बलबल गर्ने; उत्ताउलो स्वभावको; चुलबुले।
61782 बलबले वि. २. बकबक गर्ने।
61783 बलबल्याइ ना. बलबलिने क्रिया वा प्रक्रिया।
61784 बलबल्याहट ना. बलबलिने स्थिति वा चाल; बलबल्याइ।
61785 बलबाहु ना. प्रसिद्ध शिल्पी अर्निकोको अर्को नाउँ (चीन; मङ्गोलियातिरका मानिसहरूले नेपालवासीको अर्थमा 'पोल्वोकू'\ भनेकोलाई संस्कृत रूप दिई बनाइएको वा चिनियाँ भाषाका अनुसार बल्ब (पाल्वा) र हु ( मान्छे) को संयोग भएको नेपाली नाम )।
61786 बलभद्र ना. कृष्णका दाजु; बलराम।
61787 बलमिचाइँ/ बलमिचाइ ना. अनधिकार रूपमा वा जबरजस्ती अर्का हक मिच्ने काम; जबरजस्ती; बलजफती।
61788 बलराम ना. महाभारतकालका एक प्रसिद्ध व्यक्ति; कृष्णका दाजु; बलभद्र।
61789 बलरेखा ना. चुम्बकको वरिपरि रहने अदृश्य चुम्बकीय रेखाहरूको समूह।
61790 बलवान् / बलशाली वि. बल भएको; शक्तिशाली; बलियो।
61791 बला ना. १. लडाइँको बेलामा भोकतिर्खा हटाउने भनिएको एक विद्या।
61792 बला ना. २. बलु भार।
61793 बलाइ१ ना. आपत्ति; दुःख; कष्ट; बला। (उदा.- हटाइदिन्छु अवश्य म बलाइ। - लेखनाथ )।
61794 बलाइ ना. बल्ने वा बाल्ने क्रिया वा प्रक्रिया।
61795 बलाइ क.क्रि. बल्ने पार्नु; बाल्न लाइनु।
61796 बलाउनु प्र.क्रि. बल्ने पार्नु; बाल्न लाउनु।
61797 बलाका ना. १. बकुल्लाको पङ्क्ति; बकुल्लो।
61798 बलाका ना. २. पोथी बकुल्लो।
61799 बलाका ना. ३. कामुक स्त्री।
61800 बलाघात ना. कुनै ध्वनि वा स्वरको उच्चारणमा पर्ने विशेष बल वा सो उच्चरित हुँदा दिइने बढी फोक्का। (जस्तै- अनन्त = 'न' मा बलाघात; गर्छ = 'ग'-मा बलाघात; हेक्का = दुवैमा बलाघात इ.)।