Dictionary

All Word

61851 बल्किनु अ.क्रि. घाउखटिरा पिपले भरिएर बलकबलक गरी टन्किनु।
61852 बल्कोनी ना. १. घरको गाह्रोभन्दा बाहिरपट्टि बस्ने ठाउँ; बरन्डा।
61853 बल्कोनी ना. २. चलचित्र; नाचघर आदिमा भुईंतला देखिने गरी मास्तिरपट्टि रहेको बरन्डाजस्तो भाग।
61854 बल्छी ना. बाहिरपट्टि माछाका निम्ति खाद्य पदार्थ बेरेर धागोमा झुन्ड्याई माछा अल्झाउने अङ्कुसे; बल्सी।
61855 बल्छे वि. बल्छीजस्तो अङ्कुसे परेको।
61856 बल्छे काँडो ना. मास्तिर फर्केको काँडैकाँडा हुने एक जातको लहरो।
61857 बल्झनु अ.क्रि. १. बल्छीमा पर्नु; जालमा अल्झनु।
61858 बल्झनु अ.क्रि. २. आइपर्नु; जुध्नु।
61859 बल्झनु अ.क्रि. ३. गर्भ रहनु।
61860 बल्झनु अ.क्रि. ४. जुवामा च्याँखेको दाउ लाग्नु।
61861 बल्झन ना. १. बल्झने काम।
61862 बल्झन ना. २. सित्तैको दण्ड।
61863 बल्झन ना. ३. दाउ हान्नेले तिर्नुपर्ने धन।
61864 बल्झाइ ना. बल्झने वा बल्झाउने क्रियाप्रक्रिया।
61865 बल्झाइनु क.क्रि पासोमा अल्झाइनु; बल्छीमा पारिनु।
61866 बल्झाउनु प्रे. क्रि. १. पासो; जाल; बल्छी आदिमा पार्नु।
61867 बल्झाउनु प्रे. क्रि. २. अल्झाउनु; अड्काउनु।
61868 बल्झाउनु प्रे. क्रि. ३. च्याँखेमा थापेका पैसाले अरूका पैसा जित्नु।
61869 बल्झनु अ.क्रि. बल्झनु; अल्झनु।
61870 बल्को ना. बल्झने काम वा कुरो।
61871 बल्भ्याइ ना. बल्झिने काम वा किसिम।
61872 बल्टु ना. काठ; फलाम आदि जोड्नका निम्ति तल- माथि दुवैतिर कसिने एक किसिमको पेचदार ठुलो किलो।
61873 बल्ड्याङ ना. १. पल्टा खाने काम; पल्टनबाजी।
61874 बल्ड्याङ ना. २. असफलता; वाङ।
61875 बल्ड्याङ्ग्रे वि. बाहिरपट्टि अलि बढी आँखा निस्केको; ठुला-ठुला आँखा भएको; आँखले।
61876 बल्ड्याङ्ग्रो ना. १. लहरामा फल्ने; ठुलठुला गेडा हुने सिमीका ढाँचाको फलविशेष।
61877 बल्ड्याङ्ग्रो ना. २. गाढा प्याजी रङ्का फूल फुल्ने र लामा-लामा कोसा फल्ने; एक जातको लहरो वा त्यसकै कोसामा फल्ने दाना।
61878 बल्ड्याङ्ग्रो ना. ३. ठुलठुला वा थोरै बाहिरपट्टि निस्केका आँखा।
61879 बल्ड्याड्ड क्रि.वि. बल्ड्याङ खाने चालले; पल्टा खाएर लड्ने गरी।
61880 बल्ब ना. करेन्टको योगबाट बिजुलीको प्रकाश छर्न बनाइएको; भित्रपट्टि जेलिएका मसिना तार भएको हावाबन्द काँचको साधन; चिम; गुलुप।
61881 बल्याइ ना. बल्याउने काम वा किसिम।
61882 बल्याइनु क.क्रि बल्याउने काम गरिनु।
61883 बल्याउनु स.क्रि. धान; कोदो आदि अन्नका बाला बिउका निम्ति छानेर काट्नु।
61884 बल्ल क्रि.वि. १. बलपूर्वक वा मुस्किलसँग कुनै किसिमले।
61885 बल्ल क्रि.वि. २. धेरै समयपछि धेरै कालमा।
61886 बल्लतल्ल क्रि.वि. बडो मुस्किलसँग कठिनसित बल्लबल्ल।
61887 बल्ला ना. गोरुगाडाको एक अवयव।
61888 बल्लाबल्ली ना. जङ्गलमा रुख कटानी भएर ठेकदारले उठाएपछि बाँकी भएका नापोभन्दा साना-साना मुढा वा ठेउका।
61889 बल्लो ना. गोरु; बहर।
61890 बल्सी ना. हे. बल्छी।
61891 बव ना. ज्योतिषका तिथि; वार; योग; नक्षत्र र करण - यी पञ्चाङ्गमध्ये एक भेद वा त्यसको पहिलो करण।
61892 बवाल ना. हे. बबाल।
61893 बवासिर ना. अलकाई; अर्स रोग।
61894 बावुल ना. हे. बबुल।
61895 बस्नु अ.क्रि. १. कुनै आसन वा जमिनमा नितम्ब अड्याएर ठहर्नु; चाक टेकाउनु।
61896 बस्नु अ.क्रि. २. बसोबास गर्नु; वास गर्नु।
61897 बस्नु अ.क्रि. ३. क्रम वा सिलसिला मिल्नु।
61898 बस्नु अ.क्रि. ४. नियममा रहनु; थिति मिल्नु।
61899 बस वि.बो. १. भयो; पुग्यो; ठिक छु आदि बुझाउँदा प्रयोग हुने शब्द। (उदा.- बस; खानेकुरा थप्नुपर्दैन; मलाई पुग्यो। बस; त्यहीँ अड है!)। वि.
61900 बस वि.बो. २. भरपुर यथेष्ट।