Dictionary

All Word

61951 बहनु अ.क्रि. १. पानी आदि तरल पदार्थ गहिरोतिर।
61952 बहकनु अ.क्रि. अरूको फकाइमा वा लहैलहैमा लाग्नु; काम न काजसित लखरिनु; बरालिनु; बहकिनु।
61953 बहकाइ ना. बहकने क्रिया वा प्रक्रिया।
61954 बहकाइनु क.क्रि. बरालिनु।
61955 बहकाउ ना. बरालिने; फकिने वा लहैलहैमा लाग्ने काम; बहक्या।
61956 बहकाउनु स.क्रि. १. अरूलाई नचाहिँदो कामकुरामा लाग्न हौस्याउनु गलत बाटामा लग्नु। २ नमिल्दा कामकुरालाई पनि ठिक हो भन्ने विश्वास पार्नु; फुस्ल्याउनु; फकाउनु।
61957 बहकाउनु स.क्रि. ३. कसैलाई विदेशतिर लग्नु।
61958 बहकावट ना. बहकाउमा लाग्ने काम वा अवस्था; बहकाउ।
61959 बहकिनु अ.क्रि. १. चाहिँदो काम छोडेर अरूको कुरामा लाग्नु अर्काको लहैलहैमा हिँड्नु; बरालिनु। २ बाटो बिराउनु।
61960 बहकिनु अ.क्रि. ३. फुस्लिनु।
61961 बहकिनु अ.क्रि. ४. विदेसिनु।
61962 बहक्याइ / बहक्याहट ना. बहकिने चाल; स्थिति; क्रिया वा प्रक्रिया।
61963 बहत्तर ना. १. सत्तरी र दुईको योगबाट बन्ने सङ्ख्या; ७२ को अङ्क। वि.
61964 बहत्तर ना. २. त्यति योगसङ्ख्याको।
61965 बहत्तरौ वि. बहत्तर सङ्ख्याको गणनाका क्रममा सो सङ्ख्यामा पर्ने।
61966 बहना ना. डुङ्गा खियाउन बनाइएको; काठको दाबिलोजस्तो साधन; पतवार।
61967 बहर ना. नसुमरेको गोरु; नडामेको बाछो।
61968 बहर गोरु ना. १. नसुमरेको गोरु।
61969 बहर गोरु ना. २. तह नलागेको तरुनो मानिस।
61970 बहलाइ ना. बहलाउने क्रियाप्रक्रिया।
61971 बहलाइनु क.क्रि. मन आनन्दित पारिनु।
61972 बहलाउ ना. मनलाई आनन्द दिने वा दुःख बिर्साउने काम।
61973 बहलाउनु स.क्रि. १. मन प्रसन्न पार्नु; दुःख बिर्साउनु। अ.क्रि.
61974 बहलाउनु स.क्रि. २. आनन्दित हुनु; प्रसन्न हुनु।
61975 बहस ना. कुनै विषय वा पक्षको कुरा प्रमाणित गर्नका लागि गरिने सवालजवाफ; छलफल; तर्कवितर्क; पैरबी।
61976 बहस नोट ना. मुद्दामा सम्बन्धित पक्षका वकिलले आफ्नो पक्षमा निर्णय हुनुपर्ने विषयलाई पुष्टि गरी लेखेको लिखित बहस।
61977 बहाइ ना. १. बहने क्रिया वा प्रक्रिया। [ बहाउ + आई]
61978 बहाइ ना. २. बहाउने क्रिया वा प्रक्रिया।
61979 बहाउ ना. पानी आदि तरल वस्तु होचोतिर जाने काम; बहने काम।
61980 बहाउनु स.क्रि. प्रवाहित गर्नु; बगाउनु।
61981 बहाइ ना. एउटा धर्मविशेष।
61982 बहाड ना. मनोविनोद; बहार।
61983 बहाडिलो वि. रमाइलो फरासिलो।
61984 बहादुर वि. १. आँट; साहस र सुऱ्याइँका काम गर्न सक्ने; वीर; पराक्रमी।
61985 बहादुर वि. २. आँटिलो; साहसी।
61986 बहादुर शाह ना. बडामहाराज पृथ्वीनारायण शाहका कान्छा छोरा र अठारौं शताब्दीको अन्ततिर रणबहादुर शाहका राज्यकालमा मुख्तार भई नेपालको शासन सँभाल्ने इतिहासप्रसिद्ध एक पुरुष।
61987 बहादुरी ना. बहादुरको पन; सामर्थ्य वा गुण; वीरता; पराक्रम।
61988 बहादुरी पदक ना. बहादुरीसाथ ठुलो काम गर्ने सैनिकलाई राष्ट्रिय तक्मा विशेष।
61989 बहाना ना. कुनै काम कुराको देखौवा क्रियाकलाप वा कारण; बनावटी प्रयोजन; निहुँ।
61990 बहार ना. १. मनोविनोद; आमोदप्रमोद; रामरमिता।
61991 बहार ना. २. रमणीयता; शोभा।
61992 बहार ना. ३. उन्मादक समय वसन्त ऋतु।
61993 बहाल ना. बौद्धमार्गीको मठ वा मन्दिर; विहार।
61994 बहाल ना. १. पहिले जस्तै आफ्नो पद वा स्थानमा रहनेकाम कायम थमौती। २ नयाँ ठाउँ; घरजग्गा; पद आदि सँभाल्ने वा तिनमा पहिलोपल्ट प्रवेश गर्ने काम।
61995 बहाल ना. ३. घर; कोठा; पसल आदि उपयोग गरेबापत घरधनीलाई बुझाउने शुल्क; भाडा; किराया।
61996 बहालगिरी वि. बहाल वा भाडामा लिनुदिनु गरेको; बालगिरी।
61997 बहालवाला वि. आफ्नो पद वा स्थानमा बहाल रहेको।
61998 बहाल बिदौरी ना. आफ्नो घर; पसल आदि अरूलाई चलन गर्न दिएबापत घरधनीले लिने शुल्क भाडा वा किराया।
61999 बहालिया वि. बहालमा रहेको; बहालवाला।
62000 बहाली ना. बहाल गर्ने काम; नयाँ पद; ओहदा; अधिकार आदि सँभाल्ने काम।