Dictionary

All Word

62101 बहू ना. बुहारी; दुलही।
62102 बहूमतेर ना. नयाँ दुलही भित्र्याएको भोलिपल्ट दाजुभाइ; बन्धुहरू भेला गरी खुवाइने भोज; नयाँ दुलहीले पकाएको सबैले खाने पहिलो दिनको भातभान्सा।
62103 बहूद्देश्यीय वि. हे. बहु-उद्देश्यीय।
62104 बहूरानी ना. बुहारी; बुहारीलाई घरका नोकरचाकर आदिले सम्मानपूर्वक भन्ने शब्द।
62105 बा ना. १. बाबु; बुवा; पिता।
62106 बा ना. २. स्नेहपूर्वक बोलाइँदा वा सम्बोधन गर्दा आउने शब्द। ( उदा. लौन बा; यति काम गरिदेऊ ! )। निपा
62107 बा ना. ३. प्रशंसा; स्याबासी; उपेक्षा; व्यङ्ग्य आदि व्यक्त गर्दा प्रयोग गरिने शब्द। (उदा.- यस्तो काम त गर्नु हुँदैन बा !)।
62108 बाँ क्रि.वि. १. गाई-गोरु कराउँदा आवाज निस्कने किसिमले। ना.
62109 बाँ क्रि.वि. २. गाई (बालबोलीमा )। ( उदा.- बबो बाँ; बुबु दे। - बालगीत)।
62110 बाँक ना. हे. बाँको।
62111 बाँकटे वि. १. आधा वा सिमै बाहुला नभएको। ना.
62112 बाँकटे वि. २. त्यस्तै किसिमको भोटोजस्तो लुगा।
62113 बाँकटे वि. ३. पौडी खेल्दा हातखुट्टा चलाउने एक ढाँचा; छड्के पौडी।
62114 बाँका वि. १. खुबै काम गर्न सक्ने; बहादुर; साहसी।
62115 बाँका वि. २. पट्ठो; तरुनो।
62116 बाँकी वि. १. खर्च गरेर बचेको; बचत; शेष।
62117 बाँकी वि. २. हिसाब गर्दा घटाएर आएको (अङ्क)।
62118 बाँकी वि. 3. हिसाब फर्छिनसकेको वा फिर्ता दाखिल नभएको ( पेस्की)। ना.
62119 बाँकी वि. ४. गणितमा घटाउने प्रक्रिया।
62120 बाँकी वि. ५. रकमीहरूले कामकाज गर्दा बेरुजु र गलफत भएबापत बुझाउनुपर्ने रकम।
62121 बाँकी वि. ६. समाचारपत्रको कुनै पृष्ठमा सामग्री नअटाई अर्को पृष्ठमा लगिएको अंश।
62122 बाँकी बक्यौता ना. उठाउन वा असुल गर्न बाँकी रहेको रकम।
62123 बाँकीवाला ना. अन्यत्र सर्दा वा खोसिंदा बुझाउनुपर्ने आफ्नो जिम्माको सरकारी रकमकलम; सेस्ता आदि बुझाउन नसकी बाँकी राख्ने व्यक्ति; बाँकी रकम तिर्नुपर्ने व्यक्ति।
62124 बाँके ना. नेपालको मध्य पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने भेरी अञ्चलको तराईमा पर्ने एक जिल्ला।
62125 बाँके वि. लमाइको एक छेउबाट छड्के पारी गाँसिएको; टेढो गँसुवा (घर)।
62126 बाँको ना. १. पिँडालुजस्तो र बढी कोक्याउने एक जातको कन्द।
62127 बाँको ना. २. सार्कीले छाला काट्ने रामोजस्तो हतियार; बाँक।
62128 बाँगवा ना. हिउँ पग्लेका बखत नेपाल र तिब्बतबिच आवतजावत गर्ने; सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको एक घाटी।
62129 बाँच्नु अ.क्रि. १. जीवित रहनु जिउँदो हुनु; कालको 'मुखमा नपर्नु।
62130 बाँच्नु अ.क्रि. २. बाँकी रहनु; जोगिनु।
62131 बाँचिनु अ.क्रि. जीवित रहनु; जिउँदो होइन।
62132 बाँचुन्जेल क्रि.वि. जीवन रहेसम्म; मृत्युपर्यन्त।
62133 बाँझ ना. १. खोलाका किनारतिर उम्रने; लाम्चा मसिना पात हुने एक जातको रुख।
62134 बाँझ ना. २. जङ्गलमा हुने ठुला खसा पात भएको; गाईबस्तुलाई घाँस खुवाइने एक प्रकारको रुख।
62135 बाँझी वि. सन्तान पैदा नगर्ने; गर्भधारण नगर्ने; कोख भएकी बैला।
62136 बाँझो वि. खनजोत नगरिएको; आबाद नभएको; बालीनाली नलगाइएको।
62137 बाँड्नु स.क्रि. १. आपसमा मिलाएर भाग लगाउनु; बाँडचुँड गर्नु।
62138 बाँड्नु स.क्रि. २. वितरण गर्नु।
62139 बाँड ना. आपसमा भाग लगाउने काम बाँड्ने काम; बन्डा।
62140 बाँडचुँड ना. बराबर पारेर भाग लाउने वा बाँड्ने काम।
62141 बाँडफाँट ना. . भिन्न-भिन्न विभाग; खण्ड; फॉंट आदि छुट्ट्याएर वा तोकेर बाँड्ने काम; लाम मिलाएर पर्गेल्दै पर सार्दै भाग लाउने काम।
62142 बाँडा ना. प्रायः सुनचाँदीको काम गर्ने; बौद्धमार्गी नेवार- जातिको एक वर्ग।
62143 बाँडिनु क.क्रि. बाँड्ने काम गरिनु।
62144 बाँडे वि. बाँडासम्बन्धी; बाँडाको बाँडाले गर्ने किसिमको।
62145 बाँडे जात्रा ना. भाद्रकृष्ण त्रयोदशीका दिन बाँडाहरूले आफन्त श्रद्धालुहरूका घरमा गई भिक्षादान लिने पर्व वा जात्रा; पञ्चदान।
62146 बाँडे मुन्द्रो ना. कानको माथिल्लो भागमा लगाइने सानो मुन्द्रोविशेष; कुमाले।
62147 बाँदर ना. वानर; कपि।
62148 बाँदर टोपी ना. जाडो छल्न आँखा र मुख मात्र देखिने गरी घाँटीसम्म छोपेर लगाइने ऊनीको टोपी।
62149 बाँदर पुच्छ्रे वि. १. बाँदरको जस्तो पुच्छर भएको।
62150 बाँदर पुच्छ्रे वि. २. फेदैदेखि खप्टिएर बाक्ला पात लाग्ने; टुप्पामा बाँदरको पुच्छरजस्तो लामो; सेतो गुभो हुने र गुभामा ससाना पहेँला फूल फुल्ने; हिमालयमा पाइने एक जातको बुटी।