Dictionary

All Word

62151 बाँदरको घाउ ना. बराबर चलाई वा कोट्याई निको हुन नदिइएको घाउ।
62152 बाँदरे वि. बाँदरको किसिमको बाँदरजस्तो।
62153 बाँदरे फल ना. सेता; मसिना फूल फुल्ने र आरुका जस्ता फल फल्ने एक जातको वृक्ष वा त्यसैको फल।
62154 बाँध्नु स.क्रि. १. कुनै वस्तुलाई धागो; डोरी आदिले बेरेर कस्तु टन्काउनु; बेर्ना; घेर्नु।
62155 बाँध्नु स.क्रि. २. नियम; प्रतिज्ञा आदि उपायद्वारा मर्यादामा चलाउनु; नियम वा क्रममा राख्नु; मिलाउनु।
62156 बाँध्नु स.क्रि. ३. बन्धनमा राख्नु; बन्दी बनाउनु। ४ मन्त्रका बलले कुनै काम हुन नदिनु।
62157 बाँध्नु स.क्रि. ५. शस्त्र-अस्त्र धारण गर्नु।
62158 बाँध्नु स.क्रि. ६. निर्माण गर्नु; बनाउनु (बाँध; किल्ला आदि )।
62159 बाँध ना. १. खोलानालाबाट कुलामा पानी ल्याउन वा खोलाको पानी थुन्नका निम्ति लगाइएको छेकबार वा डिल।
62160 बाँध ना. २. विशाल नदीहरूलाई बाँधी पानी जम्मा पारेर बिजुली आदि निकाल्ने कामका निम्ति माथिबाट उघार्न र लाउन हुने पानीका ठुलठुला निकासद्वारहरू बिचबिचमा राखिएको; पुलको कामसमेत दिने; सिमेन्ट; फलाम आदिका सहायताले बनाइएको मोटो; बलियो गारो।
62161 बाँध ना. ३. समुद्रको आवश्यक भाग जमिनको रूपमा उपयोग गर्न त्यहाँको पानी मेसिनले निकास्ने र बाहिर आउन नदिने गरी लगाइएको बलियो पर्खाल।
62162 बाँधछाँद ना. बाँध्ने र छाँद्ने काम बाँधबुध।
62163 बाँधपैन ना. बाँध र कुलो।
62164 बाँधबुध ना. बाँध्ने आदि काम; बाँधछाँद।
62165 बाँधा ना. रुपियाँ सापट लिएबापत सो रुपियाँ कटुन्जेल नोकरी गर्न कबुल गरी बसेको व्यक्ति; कमारो।
62166 बाँधिनु क.क्रि. बाँध्ने काम गरिनु।
62167 बाँस ना. लाम्चा तिखा पात; सेता फूल र जौजस्ता फल हुने; बिच-बिचमा आँख्ला भएको र भित्र खोक्रो रहने वनस्पतिविशेष।
62168 बाँसघारी ना. बाँस धेरै भएको ठाउँ; बाँसबाँसको धेरै भाङ; बाँसको घारी।
62169 बाँसपाते ना. बाँसका जस्ता पात हुने र लहरा फैलने एक प्रकारको घाँस।
62170 बाँसुरी ना. ओठमा राखी दाहिने कुमतिर फर्काई फुकेर बजाइने; छोटो; लामो मौला तीन थरी आकारका हुने; स्वरपरिवर्तनका निम्ति छ- सातवटा छिद्र भएको र तिनमा पालैपालो औँलाले थुनेर वा छेकेर बजाइने बाँस; निगालो; काठ आदिबाट बनाइएको बाजा; वंशी।
62171 बाँसे वि. बाँसजस्तो बाँसका ढाँचाको।
62172 बाँसे च्याउ ना. बाँसमा उम्रने खैरो रङको लामो डाँठ र सानो छत्र हुने एक जातको च्याउ।
62173 बाँसे ढुङ्ग्री ना. आगो फुक्ने दुवैतिर खोलिएको बाँसको ढुङ्ग्री।
62174 बाँसे ढुङ्ग्रो ना. बाँसको ढुङ्ग्रो।
62175 बाँह ना. १. हात; भुजा।
62176 बाँह ना. २. दुई हातले फेरो मारिँदाको भाग अँगालो।
62177 बाँह डोला ना. धाई; सुसारे आदिका निर्देशनमा केटाकेटीले दुवै माथि उठाएर डोलाई खेल्ने काम।
62178 बा: वि.बो. हर्ष; जोस; प्रशंसा; विस्मय आदि प्रकट गर्दा निकालिने शब्द बाह! ( उदा.- बाः तिम्रो नाच त कमाल भयो ! )।
62179 बाबा: वि.बो. धेरै प्रशंसा; हर्ष; स्याबासी आदि प्रकट गर्दा उच्चारण हुने शब्द बाहबाह (उदा.- बा बा आज क्या चटक हेरियो ! )।
62180 बाइ ना. बाउने काम वा किसिम (उदा. तिम्रो मुखबाइ देखेर म त छक्कै परें।)।
62181 बाइकाट ना. कुनै समाज; वर्ग; संस्था आदिबाट अलग गरिने वा हटाउने काम बहिष्कार।
62182 बाइनु क.क्रि. मुख पूरै खोलिनु; आँ गरिनु।
62183 बाइपछी वि. १. हावा जस्तै छिटो दौडने वा हावामा उड़ने (घोडा)।
62184 बाइपछी वि. २. दन्त्यकथामा वर्णित; पखेटा भएको र प्रसिद्ध (काल्पनिक घोडा )।
62185 बाइफाला वि. बाइफाले।
62186 बाइफाले वि. १. उत्ताउलो स्वभावकी ; नखरमाउली।
62187 बाइफाले वि. २. धेरै नाठा खेलाउने; वेश्या।
62188 बाइफाले वि. ३. अग्घोर बाठी; चुलबुले।
62189 बाइबल / बाइबिल ना. इसाई वा क्रिस्तानीहरूको प्रसिद्ध धर्मग्रन्थ।
62190 बाइमात्रा ना. व्यञ्जनवर्णमा इकारको सट्टा दिइने वा लगाइने चिह्न; () यस्तो मात्रा।
62191 बाइस ना. १. बिस र दुई जोड्दा हुने सङ्ख्या २२ को अङ्क। वि.
62192 बाइस ना. २. बिस र दुई जोड्दा हुने सङ्ख्याको।
62193 बाइसकल ना. गोडाले चलाएर कुदाइने दुई पाङ्ग्रे साधन; साइकल।
62194 बाइसधारा ना. काठमाडौँदेखि उत्तर बालाज्यूमा रहेको; बाइसवटा धारा भएको प्रसिद्ध स्थल वा तीर्थ।
62195 बाइसी ना. बाइसे राज्य।
62196 बाइसी चौबिसी ना. मध्यकालीन नेपालका बाइस राज्य र चौबिस राज्यको एक एक समूह।
62197 बाइसे वि. १. बाइस सङ्ख्याको बाइस वर्षको।
62198 बाइसे वि. २. यौवन भरिएको; तन्नेरी। (उदा.- बाइसे जोबन त्यसै खेर जाला है; कान्छा !)।
62199 बाइसे राज्य ना. मध्यकालमा नेपालको गण्डकीपारका क्षेत्रमा रहेका बाइसवटा सानातिना राज्यको समूह (जसमा निम्नानुसारका राज्य थिए- जुम्ला; रुकुम; सल्यान; मालनेटा; फलावाङ; गुर्माकोट; दाङ; छिल्ली; जाजरकोट; जाहारी; रोल्पा; बाँकी; दुल्लु; दैलेख; गोताम; अछाम; बिमकोट; मुसिकोट (पल्लो); दर्ना; बझाङ; बाजुरा; थलहरा)।
62200 बाइसौँ वि. बाइस सङ्ख्यालाई पूरा गर्ने; बाइस सङ्ख्याको।