Dictionary

All Word

62251 बाक्लो वि. ३. घना; सघन।
62252 बाक्लो वि. ४. खुब जमेको।
62253 बाक्लो चाक्लो वि. बाक्लो र चाक्लो; चाक्लोबाक्लो। (उदा.- बाक्लो - चाक्लो दुई माना पाक्ने। उखान )।
62254 बाक्सी ना. १. कस; खिया।
62255 बाक्सी ना. २. दुसी सडुवापन।
62256 बाखापाठा ना. बाखा र पाठा।
62257 बाख्री ना. पोथी बाखो।
62258 बाख्रे वि. १. खसी बाखा पाल्ने; खसीबाखाबाट जीविका चलाउने।
62259 बाख्रे वि. २. बाख्रोजस्तो; बाखाको।
62260 बाख्रे वि. ३. लाजशरम केही नभएको
62261 बाखे उन्यु ना. उन्युका भन्दा ठुलठुला पात र बोट हुने एक जातको उन्यु।
62262 बाखे केटो / केटी ना. सानो फुच्चे केटो वा केटी।
62263 बाख्रे च्याउ ना. पुराना रुखमा उम्रने; कालो रङको; खान हुने एक जातको च्याउ।
62264 बाख्रो ना. १. मासु खाइने प्रसिद्ध घरपाला पशुविशेष; बोको।
62265 बाख्रो ना. २. बोका; बाखा बढाउनका निम्ति पालिने पोथी बाखो; बाखी।
62266 बाग ना. फलफूलबारी; बगैँचा; वाटिका।
62267 बाग; ना. १. कुनै वस्तु च्याप्नका निम्ति टेबिल आदिमा स्थिर गरी जडिएको वस्तु।
62268 बाग; ना. २. घोडाको लगाम; बागडोर।
62269 बाने डोर ना. १. घोडा आदिको लगाम।
62270 बाने डोर ना. २. मातहतका व्यक्तिलाई निर्देशन दिने तथा कार्यसञ्चालन गर्ने मुख्य अधिकारी; शासनको अभिभारा वा नियन्त्रण।
62271 बागलुङ ना. पालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने धवलागिरि अञ्चलको दक्षिणी भागमा रहेको एक जिल्ला।
62272 बागलुङे वि. १. बागलुङमा बनेको वा हुने।
62273 बागलुङे वि. २. बागलुङसम्बन्धी; बागलुङको।
62274 बागलुङे कागत ना. १. बागलुङमा तयार भएको नेपाली कागत।
62275 बागवान ना. बगैँचाको वा बगैँचासम्बन्धी काम गर्ने व्यक्ति; बगैँचे; माली।
62276 बागवानी ना. १. बगैँचे वा मालीले गर्ने बगैँचासम्बन्धी काम मालीको पेसा।
62277 बागवानी ना. २. फलफूल खेती।
62278 बागवानी केन्द्र ना. फलफूल उत्पादन गर्ने कृषिकेन्द्र।
62279 बागियान वि. १. विद्रोही; बागी।
62280 बागियान वि. २. बागीको जस्तो काम गर्ने।
62281 बागी वि. देश वा राज्यका विरुद्ध द्रोह गर्ने; विद्रोह गर्ने; विप्लवी।
62282 बाग्मती ना. काठमाडौँ उपत्यकाको पशुपति छेउबाट बग्ने एक प्रसिद्ध नदी।
62283 बाघ ना. १. बिरालाका जातको बलियो; ठुलो र हिंसक प्रसिद्ध जङ्गली जनावर।
62284 बाघ ना. २. मेसिनको काम गर्ने कारिगरले कुनै वस्तु अँठ्याउन प्रयोग गर्ने चेपुवा फलामे औजार।
62285 बाघकाने ना. ठुलठुला कान हुने जुत्ता।
62286 बाघखोर ना. बाघलाई मार्नका निम्ति थुन्ने; वनको छेउछाउमा थपिने एक किसिमको खोर।
62287 बाघचाल ना. पच्चिसकोठे थर्कीमा एउटा खाली कोठा र चारवटा\ बाघ र बिसवटा बाखाको कल्पना गरी गोटी चालेर खेलिने एक खेल।
62288 बाघचुली ना. बाघ जस्तै देखिने हिमालको चुली; हिमाल।
62289 बाघछाला ना. बाघको छाला ; व्याघ्राम्बर।
62290 बाघजुँगे वि. बाघका जस्तै लामा जुँगा हुने।
62291 बाघ झम्टाइ ना. बाघको जस्तो झम्टाइ; रिसले झम्टने काम साह्रै रिसाएर गरेको हप्की।
62292 बाघझम्टा ना. बाघझमट।
62293 बाघपन्जा ना. बाघको जस्तै अरूलाई अँठ्याउन र याक्न सक्ने हात।
62294 बाघपाइला ना. १. एक जनालाई बाघ बनाएर खेलिने; केटाकेटीको एक प्रकारको खेल।
62295 बाघपाइला ना. २. वि. बाघका जस्ता पाइला भएको।
62296 बाघबाजु ना. बाघको अगाडि खुट्टामा हुने र मङ्गलकारक मानिने बाजस्तो नि
62297 बाघमारी ना. एक जना डोरीको घेराभित्र पस्ने र ऊ भाग्न खोज्दा अरूले डोरीले तानेर गाँठो पारी बाँध्न खोज्ने एक बालखेल।
62298 बाघमुखे वि. १. बाघको जस्तो मुख भएको (जस्तो- बाघमुखे चरा)। ना.
62299 बाघमुखे वि. २. एक जातको फूल।
62300 बाघमुखे वि. ३. असुराको फूल।