Dictionary

All Word

62351 बाजीबाजी ना. १. बालबोलीका अनुकरणमा भनिने शब्द।
62352 बाजीबाजी ना. २. धार्मिक पाठपूजा आदिका कारणमा भनिने शब्द।
62353 बाजीमाथ ना. माथ गरेर बाजी जित्ने काम विरोधीलाई हराउने वा मौकामा जुक्तिसँग काम फत्ते गर्ने चाल।
62354 बाजी लगाउनु क्रि. पदा. बाजी थाप्नु।
62355 बाजु ना. १. पाखुरामा बाँधेर पहिरिने एक प्रकारको आभूषण; अङ्गद।
62356 बाजु ना. २. पाखुरो।
62357 बाजुबन्द ना. बाजु।
62358 बाजुरा ना. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने सेती अञ्चलको एक पहाडी जिल्ला पहिलेको एक सामन्त राज्य।
62359 बाजुरो ना. बाजरा।
62360 बाजे ना. १. आमा वा बाबुका बाबु।
62361 बाजे ना. २. ससुरो।
62362 बाजे ना. ३. ब्राह्मणलाई आदर जनाउन प्रयोग गरिने शब्द।
62363 बाजे बराज्यू ना. बाबु; बाजे आदि पूर्वपुरुष; पुर्खा।
62364 बामनु अ.क्रि. १. परस्परमा दुर्वचन प्रयोग गर्नु; मुख लाग्नु; मनावैरी गर्नु; कलह गर्नु।
62365 बामनु अ.क्रि. २. मतभेद हुने गर्नु; दङ्गा गर्नु।
62366 बामनु अ.क्रि. ३. लेखरचना; राय आदिमा विमति हुनु।
62367 बाझाबाझ ना. परस्परमा बाझ्ने काम भनाभन मनावैरी।
62368 बानु क.क्रि. बाभने काम गरिनु; मनावैरी गरिनु।
62369 बाझो ना. बाझ्ने काम; झगडा; बझाइ।
62370 बाकोजुको ना. मुखले बामने तथा हातले कुट्नेसमेत काम।
62371 बाट्नु स.क्रि. धागो; तार; घाँस; पराल आदि कुनैलाई जोल्ट्याएर एउटै डोरो बनाउन; डोरी बनाउनु; बटार्नु; चुल्ठी पार्नु।
62372 बाट विभ. पञ्चमी विभक्तिमा लाग्ने एक रूप देखि। (उदा.- तपाईं घरबाट कहिले आउनुभयो ? आकाशबाट पानी पर्छ इ.)।
62373 बाट; ना. गुरुङ; तामाङ आदि जातिले दुवैतिरका दुई टुप्पा सुकाए * गरी हातले समातेर लासको अघि लैजाने सेतो कपडा।
62374 बाटा ना. उत्तानो; फराक मुख भएको र बिट फर्केको; पित्तल; तामा; प्लास्टिक आदिको भाँडो।
62375 बाटुलिनु अ.क्रि. बाटुलो हुनु; गोलाकार पर्नु; कुँडु लिनु।
62376 बाटुले वि. गोल आङ मिलेको; मुखको आकार बाटुलो भएको। स्त्री. बाटुली।
62377 बाटुलो वि. गोल आकार भएको; गोल मिलेको; डल्लो।
62378 बाटुलो मुला ना. सलगमका ढाँचाको एक जातको मुला।
62379 बाटुल्पाते ना. पिपलका जस्ता बाटुला पात हुने; हरिया फूल फुल्ने र पहेँला गोल फल फल्ने लहरोविशेष।
62380 बाटो ना. १. हिँड्नका निम्ति बनाइएको फराकिलो वा साँघुरो सोतोदार ठाउँ (सडक; गल्ली; गोरेटो आदि); मार्ग; पथ।
62381 बाटो ना. २. तरिका; उपाय; पद्धति।
62382 बाटो ना. ३. जीविका आदिको साधन; वृत्ति।
62383 बाटो ना. ४. आरम्भ सुरु।
62384 बाटो कुरुवा वि. १. बाटो कुर्ने। ना.
62385 बाटो कुरुवा वि. २. प्रायः बाटामा बस्ने एक जातको सानो सर्प।
62386 बाटो खर्च ना. बाटो हिँड्दा खानपान; सवारी आदिमा लाग्ने वा लिइने खर्च।
62387 बाटोघाटो ना. सानो-ठुलो सबै बाटो; बाटो र बाटामा पर्ने नदीनाला आदि। बाटो म्याद ना कुनै कामका निम्ति मोफसलबाट आउँदा वा सदरबाट जाँदा बाटामा लाग्ने निर्धारित समय।
62388 बाठो वि. १. राम्ररी बोल्न वा व्यवहार गर्न जान्ने; चलाख; चतुर; पटु; धूर्त।
62389 बाठो वि. २. बुद्धिमान्।
62390 बाड ना. खुकुरी; तरबार आदिको बिंड।
62391 बाड ना. समुद्रको जललाई सोस्ने अग्नि; बडवानल।
62392 बाडा ना. डोको; थुन्चे आदि बुन्दा थप्नुपर्ने चोया।
62393 बाडी ना. घरघडेरी बारी (जस्तो- ठाकुरबाडी; चन्दनबाडी इ.)।
62394 बाडुली ना. वातविकार आदिका कारणले घाँटीबाट हिक्क हिक्क निस्कने आवाज; हिक्का।
62395 बाढ़ ना. १. बाढी।
62396 बाढ़ ना. २. हतियारको वर्षा (दिव्य.)।
62397 बाढी ना. ज्यादा वर्षा हुँदा पानी बढेर आफ्नो नियत स्थान नाघी बगेको नदीनालाको प्रवाह; बाढ।
62398 बाढी सिँचाइ ना. कुलो खुलै राखेर भल - बाढी पस्न दिई खेतीलाई सिंचाइ गर्ने काम।
62399 बाढीको मुढो ना. आपत् कालमा सहारा।
62400 बाण ना. धनुको ताँदोमा फेद अड्याई ताँदो आफूपट्टि तानेर लक्ष्यवेध गर्न वेगसँग छोडिने; टुप्पो तिखो र दुवैतिर धार भएको प्राचीन हतियार; वाण; शर; काँढ।