Dictionary

All Word

62401 बाण भट्ट ना. संस्कृत साहित्यमा प्रसिद्ध 'हर्षचरित' र 'कादम्बरी ' गद्यकाव्य लेख्ने महाकवि।
62402 बाणमुख लिपि ना. सुमेर; इरान आदि देशमा आ-आफ्नै किसिमले प्राचीनकालमा प्रचलित; बाणको मुखको आकार भएको लिपि; बाणमुख लिपि; कीलाक्षर (क्यूनिफार्म लिपि)।
62403 बाण लिङ्ग ना. १. शिवलिङ्गका रूपमा पूजा गरिने; नर्मदा नदीमा पाइने; केही लाम्चो; गोल र सेतो चिल्लो पत्थर।
62404 बाण लिङ्ग ना. २. बाणको चिह्न भएको शिवलिङ्ग।
62405 बात ना. वायुको विकारबाट शरीरका जोर्नीहरू सुन्निएर दुख्ने रोगविशेष।
62406 बात ना. १. दुई थरीका बिच गरिने कुरो; वार्ता।
62407 बात ना. २. बोली वा वचन।
62408 बात ना. ३. प्रसङ्ग विषय।
62409 बात ना. ४. समाचार; सन्देश।
62410 बात ना. ५. दोषारोपण; अभियोग। वि.
62411 बात ना. ६. छोडिएको बाहेक।
62412 बातचित ना. दुई वा दुईभन्दा बढी मानिसहरूका बिच परस्परमा हुने कुराकानी वार्तालाप।
62413 बात ना. बात; कुरा।
62414 बातनपिच्छे क्रि.वि. हरेक कुरो गर्दा; जुन कुरामा पनि।
62415 बाता ना. डाँडा भाटा; बार आदि बाँध्न बनाइने; बाँसको नछुट्ट्याइएको चोयाको मुठो।
62416 बातिल वि . खारिज गरिएको रद्द गरिएको; बदर;
62417 बाती ना. बत्ती; दीप।
62418 बातो ना. कोदाली वा कोदालाको पातो; बापट। बाहेक।
62419 बातो ना. १. चाकबाट रोपेर शासना दिइने वा मार्ने हतियारविशेष; शूली।
62420 बातो ना. २. घर छाइने टुप्पो तिखारेको चोयो।
62421 बातो बस्नु टु अनिकालले चुलामा आगो बल्न बन्द हुनु; काम टक्क रोकिनु।
62422 बातो हान्ने ना. कुलो सल्काई दुखेको ठाउँमा पोलेर गरिने; एक किसिमको ग्रामीण उपचारपद्धति।
62423 बात्तिनु अ.क्रि. १. कुरैकुरामा लाग्नु; गफी वा कुरौटे हुनु।
62424 बात्तिनु अ.क्रि. २. प्रसङ्ग बेप्रसङ्गका नानावली कुरा झिकी कुरैमा भुल्नु वा हराउनु।
62425 बाथ ना. १. वातरोगविशेष; बात।
62426 बाथ ना. २. जुवा खेल्दा कुनै दाउमा ठिनी वा च्याँखे केही नराखिने र जितहार हुँदा लिनुदिनु नगरी बाहेक गर्ने काम।
62427 बाथ ना. बनेलको बोसो।
62428 बादरा ना. कपडा आदिमा बुट्टा भर्ने र माला आदि उन्दा बिचबिचमा हालेर राम्रो पार्न प्रयोग गरिने पहेँलो; चम्किलो मसिनो चेप्टो तार; धातुको डोरी
62429 बादल ना. १. पृथ्वीको पानी माथि सोसिएर आकाशमा फैलिई पानी बर्साउने वाष्पकण मेहरो मेघ।
62430 बादल ना. २. आँखामा लाग्ने जालोविशेष।
62431 बादसाह ना. १. धेरै मुलुकको अधिपतिका रूपमा रहेका एउटै मुख्य राजा; सम्राट् चक्रवर्ती।
62432 बादसाह ना. २. तास; गन्जिफा आदिमा राजाको चित्र भएको एक प्रमुख पत्ती; बास्सा।
62433 बादसाह ना. ३. बुद्धिचालको सबैभन्दा मुख्य गोटी।
62434 बादसाह वि . बादशाहलाई सुहाउँदो; बादशाहसम्बन्धी।
62435 बादसाही बाजा ना. विशेषतः सैनिकले बजाउने अङ्ग्रेजी ढाँचाको सामूहिक बाजा; बाच्छाईबाजा।
62436 बादसाही बुट्टा ना. बाच्छाई बुट्टा।
62437 बादी वि . वायुको विकारबाट भएको; शरीरमा वायु बढाउने; वायु विकारसम्बन्धी
62438 बादी वि . फिराद दिने; नालिस गर्ने।
62439 बादे ना. १. जाकनाको रूपमा प्रयोग हुने ठुलो डालको हिमाली खसी। वि.
62440 बादे ना. २. ठुलो अजङको (जस्तै- बादे कुम्लो)।
62441 बाद्दे ना. १. अर्को कुनै सिप नचल्ने स्थिति करमा पर्ने काम; रोकावट।
62442 बाद्दे ना. २. कुनै कुराका निम्ति गरिने निधो; पक्का; निश्चय।
62443 बाध ना. १. कुनै कामकुरामा बाधा आउने स्थिति; रोक; रोकावट; प्रतिबन्ध; बाधा।
62444 बाध ना. २. कुनै काम वा कुरामा बाधा पर्दा हुने कष्ट; पीडा।
62445 बाधक वि . १. काममा बाधा पुऱ्याउने; रोक्ने वाधक।
62446 बाधक वि . २. विघ्न पार्ने।
62447 बाधा ना. १. कुनै पनि काममा हुने अड्काउ वा विघ्न वाधा।
62448 बाधा ना. २. छेकथुन; रोकावट; खिचोला।
62449 बाधा ना. ३. भूत-प्रेत आदिका कारणले हुने भय वा कष्ट; पीडा।
62450 बाधा अड्काउ ना. सुरु भएको कामकुरो सफल हुन नपाई रोकिने अवस्था; छेकाभाँजी; विघ्नबाधा।