Dictionary

All Word

62451 बाधित वि . बाइएको; रोक लगाइएको; वाधित।
62452 बाध्य वि . १. नियम; विधि; वचन आदिले बाँधिएको वा नगरी नहुने स्थितिमा परेको विवश तुल्याइएको।
62453 बाध्य वि . २. रोक लगाइएको छेकिएको।
62454 बाध्यता ना. बाध्य हुने स्थिति विवशता; लाचारी।
62455 बान ना. १. चमक; टलक।
62456 बान ना. २. कान्ति आभा; बर्न।
62457 बान ना. हे. बाण।
62458 बानदार वि . धनुकाँड बनाउने र चलाउने।
62459 बाना ना. सैनिकले कम्मरमा झुन्ड्याएर भिर्ने; दुईतिर धार भएको तरवारजस्तो अस्त्रविशेष; सङ्गिन।
62460 बाना ना. कपडाको गजपट्टिको बुनोट वा किसिम।
62461 बाना : ना. १. पहिरन वा वेश - विन्यास; वस्त्र।
62462 बाना : ना. २. कुनै जसको प्रकार वा किसिम बान्की।
62463 बाना : ना. 3. स्वीकार गरिएको धर्म वा रीति।
62464 बानादार वि . १. बाना भएको; बानावाल; फेसनबाज। ना.
62465 बानादार वि . २. पल्टनिया बाजा बजाउने जागिरदार।
62466 बानी ना. १. निरन्तरको अभ्यासद्वारा प्राप्त सजिलो र सुपरिचित व्यवहार तथा सचेत विचारविना पनि गर्न सकिने त्यस्तो क्रियाकलाप; अभ्यस्तता।
62467 बानी ना. २. असल वा खराब तथा सद्गुण वा दुर्गुण हुने मनोगत स्थिति; आदत; बेहोर; लत; स्वभाव।
62468 बेर/ बेहोरा ना. शीलस्वभाव; आनीबानी।
62469 बाकिलो वि . बान्की परेको आकारप्रकार मिलेको; नमुना वा ढाँचालायकको; बानादार।
62470 बान्की / बागी ना. कुनै वस्तुको आकारप्रकार; नमुना ढाँचा।
62471 बान्चोट ना. कसैप्रति रिस पोख्ता वा गालीगलौजका सिलसिलामा प्रयुक्त हुने अश्लील शब्द; वाहान्चोट (उदा.- अब त्यसै कहाँ उम्केलास् बान्चोट ! वाहान्चोट)।
62472 बान्टे ना. पात्लेका जस्ता पात हुने; ठुलो; लेकाली वृक्षको एक जात।
62473 बान्ता ना. कुनै किसिमका विकारले खाएपिएको वस्तु पेटबाहिर निस्कने काम वमन; छाद।
62474 बान्धव- ना. १. मामाचेला र फुपूचेलासमेतका दाजुभाइ; बन्धुवर्ग; फुकी।
62475 बान्धव- ना. २. आफन्त; नातेदार वा सम्बन्धी; स्वजन; इष्टमित्र।
62476 बान्नु / बान्नो ना. पर्खाल; भित्ता।
62477 बाप ना. बाबु; पिता।
62478 बापट ना. कोदालाकोदालीमा किला ठोकिएर गाँसिएको पातो।
62479 बापत ना. १. चोरी; जारी; हाडनाताकरणीजस्ता मुद्दाको कसुर; दोष।
62480 बापत ना. २. कुनै कुराका निम्तिको सट्टा बदला। ना. यो.
62481 बापत ना. ३. सम्बन्धमा; विषयमा (उदा.- काम गरेबापत तलब दिनुपर्छ।)
62482 बापत ना. ४. लागि निम्ति (उदा.- यसबापत तपाईंले के पाउनुभयो ? )।
62483 बापती वि . चोरी; जारी; हाडनाता करणीजस्ता मुद्दामा अपराधी ठहरिएको; बापत वा दोष लागेको; कसुरदार।
62484 बापवैरी ना. बाबुका पालादेखिको वैरी; पूरा खलककै विरोध गर्ने शत्रु; बाफवैरी।
62485 बाफ ना. १. पानी तातेर हल्का भई धुवाँका रूपमा मास्तिर उडेका सूक्ष्म जलकणहरूको समूह।
62486 बाफ ना. २. शरीरबाट निस्केको तातोपन।
62487 बाफ ना. बाबु पिता।
62488 बाफरे वि.बो. डर; अचम्म; उदेक आदि जनाउने शब्द। (उदा.- बाफरे; चिडियाखानामा कत्रो बाघ रहेछ !)।
62489 बाफरे बाफ वि.बो. डर; अचम्म; उदेक; दुःख आदि प्रकट गर्दा निस्कने शब्द। ( उदा. बाफरेबाफ ! छोरीको विवाहमा तिनको खर्च देखेर म त छक्कै परें। )।
62490 बाफवैरी ना. बाबुबाजेका पालादेखिको शत्रु; बापवैरी।
62491 बाफिनु अ.क्रि. १. बाफ बन्नु वा बाफ निस्कने हुनु; गर्माउनु।
62492 बाफिनु अ.क्रि. २. बाफले कुनै खानेकुरा पाक्नु; गुम्सिनु।
62493 बाफिलो वि . बाफ निस्कने; बाफले भरिएको; धेरै तातो गरम हुने ठाउँ आदि)।
62494 बाफोंडी ना. बिर्कोबाट बाफ उम्कन नदिएर; खानेकुरो छिटै र राम्ररी गलाई पकाउने खास प्रकारको भाँडो; प्रेसरकुकर।
62495 बाफ्ता ना. एक प्रकारको मोटो रेसमी कपडा।
62496 बाबर ना. चामलको पिठो रयालेर घिउ-तेलमा पकाइएको गोलो रोटी।
62497 बाबरका वि . बाबरका जस्ता ठुलठुला कान हुने।
62498 बाबरनेट/बाबरलेट ना. खास्टो; चोलो आदि छाप्ने वा कुल पर्दा आदि बनाउने काममा प्रयोग हुने; जालीदार मिहिन कपडा।
62499 बाबडी ना. तलगडा; पोखरी।
62500 बाबरी ना. सानासाना खसा पात हुने; राता मसिना फूल फुल्ने र तुलसीको जस्तो बास्ना आउने भारविशेष; पुदिना।