Dictionary

All Word

62551 बारा ना. झ्याल; ढोका; तस्बिर; ऐना आदिको चौकोस; फ्रेम।
62552 बारा ना. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र पर्ने नारायणी अञ्चलको एक जिल्ला।
62553 बाराबार ना. १. परस्परमा एकले छोएको अर्काले नखाने वा पानी; आवतजावत आदि बार्ने काम।
62554 बाराबार ना. २. धमाधम बार्ने काम बारबेर गर्ने अवस्था।
62555 बारिनु क.क्रि. बार्ने काम गरिनु; बार लाइनु।
62556 बारी ना. १. पाखाबाली मात्र लाग्ने आबादी जग्गा; पाखो जग्गा।
62557 बारी ना. २. बगैँचा; वाटिका।
62558 बारुत/बारुद ना. गन्धक; सोडा र कोइलाको धुलो मिसाएर बनाइएको विस्फोटक पदार्थ।
62559 बारुत/ बारुदखाना वि. बारुद बनाउने अथवा राख्ने घर।
62560 बारुले कम्मर ना. बारुलाका ढाँचाको वा बारुलोसम्बन्धी; बारुलाको जस्तो।
62561 बारुलो ना. अरिङ्गालका जातको सानो चिल्ने किरोविशेष।
62562 बारे ना. यो. १. विषयमा प्रसङ्ग वा सम्बन्धमा। (उदा.- यसबारे मैले केही सोचेकै छैन।) ना.
62563 बारे ना. यो. २. विषय; सम्बन्ध। (उदा.- के बारेको काम हो तपाईंको ? )।
62564 बारे ना. यो. ३. वि. वारसम्बन्धी (आइतबारे; मङ्गलबारे )।
62565 बारे ना. स्थाननाम।
62566 बारेमज्जा ना. भुटेका चना; भुजा आदि विभिन्न वस्तु मिलाई कागतमा सोतो पारी हालिएको खानेकुरो; चनाचटपटे।
62567 बार्दली ना. घरको छानामुनि गारोभन्दा बाहिरपट्टि निकालेर डन्डी; रेलिङ आदिले बारिएको बस्ने ठाउँ एक किसिमको बुर्जा।
62568 बार्निस/बार्नेस ना. १. जोगाउन र टल्काउनका निम्ति काठ; फलाम; छाला आदिमा लगाइने रोगन।
62569 बार्निस/बार्नेस ना. २. रङ्गरोगनमा मिलाइने एक प्रकारको चिल्लो टलकदार तेल।
62570 बाह्र ना. १. दश र दुईको योगबाट बन्ने सङ्ख्या १२- को अङ्क। वि.
62571 बाह्र ना. २. त्यति सङ्ख्याको।
62572 बाह्रखरी ना. दस स्वर तथा अनुस्वार र विसर्गयुक्त दुई स्वरसमेतका मात्रा मिलेर बन्ने क; का आदि व्यञ्जनवर्णका बाह्रबाह अक्षरको समुदाय; साउँ अक्षर; बारखरी।
62573 बाह ठकुराई- ना. बाह थरी।
62574 बाह्रपोल ना. धार्नी- प्रणालीमा सवा दुई बोडी तौल।
62575 बाह्रबहत्तर ना. सधैँ चाड आदिको निहुँ पारेर टार्न गरिने कुरा चाडबाडको दिन।
62576 बाह्रबिस ना./ वि. दुई सय चालिस।
62577 बाह्र मगरात ना. नेपालमा पहिले मगरहरूको बसोबास भएको बाह्र स्थानलाई संयुक्त रूपले भन्ने नाम ( सतहुँ; पैयुँ; मिरकोट; ढोर; गौं; रिसिड; घिरिङ; गुल्मी; अर्घा; खाँची; मुसीकोट र इस्मा)।
62578 बाह्रमास ना. १. वर्ष दिनभरि।
62579 बाह्रमास ना. २. सदाकाल।
62580 बाह्रमासा ना. बाह्र महिना वा ती महिनाको बयान लेखिएको कविता।
62581 बाह्रमासे वि. १. बाह्रै महिना फल्ने वा फुल्ने (फलफूल )।
62582 बाह्रमासे वि. २. बैला भएकी; बरौठिएकी। ना
62583 बाह्रमासे वि. ३. बाह्रै महिनाको प्राकृतिक वर्णन गरिएको कविता।
62584 बाह्रमासे वि. ४. अवैधानिक वा चोर जुवा; त्यस्तै बन्देज गरिएको खेल वा जुवा खेल्ने व्यक्ति; जुवाडे।
62585 बाह्रमासे वि. ५. बाह्रै महिना फुल्ने; प्राय: कलेजी रङको; तीनकुने एक जातको फूल।
62586 बाह्रमासे वि. ६. बा महिनामा गाइने एक प्रकारको गीत।
62587 बाह्रमासे अखडा ना. बाह्रमासेहरू जम्मा भई जुवा खेल्ने ठाउँ; चोरजुवाको खाल।
62588 बाहसत्तरी वि. अनेक किसिमको वा ओली ओलीको (कुरा गन्थन इ.); धेरै परिपाठ मिलाएको।
62589 बाहसत्ताइस वि. चाहिँदो - नचाहिँदो; बाह्रसत्तरी।
62590 बाह्रसिङ्गा/सिङ्गे ना. लामा-लामा हाँगादार सिङ हुने एक जातको मृग; जरायो।
62591 बाह्र हजार ना. दुनियाँ जनता (दिव्य.)। (पहिले गोरखा राज्यभर बाह्र हजार घर मानिएकाले पछिसम्म यो शब्द सम्पूर्ण जनताको बोध गराउन प्रयुक्त हुन्थ्यो )।
62592 बार्हस्पत्य- वि. १. बृहस्पतिसम्बन्धी; बृहस्पतिद्वारा हुने वा गरिने; बृहस्पतिको।
62593 बार्हस्पत्य- वि. २. बृहस्पतिद्वारा प्रवर्तित मानिएको भौतिकवादी सम्प्रदाय वा त्यसमा लाग्ने शिष्य।
62594 बार्हस्पत्य- वि. ३. गणित ज्योतिषमा साठी संवत्सरमध्ये एक।
62595 बार्हस्पत्य- वि. ४. पुष्य नक्षत्र
62596 बाह्रामस्ट ना. खस बाहुनका कुलायन; खसानी देवता।
62597 बाह्रौं वि. १. बाह्र सङ्ख्यालाई पूरा गर्ने; बाह सङ्ख्याको। ना.
62598 बाह्रौं वि. २. मरेका बाह्र दिनमा गरिने कर्म।
62599 बाल्नु स.क्रि. १. दाउरा; कोइला; बत्ती आदि बल्ने गराउनु; जलाउनु; सल्काउनु।
62600 बाल्नु स.क्रि. २. ज्वाला निकाल्नु दन्काउनु।