Dictionary

All Word

62701 बालुबुर्ज ना. खोलाले छाडेका ठाउँको बलौटे जग्गा वा बगर; खोलाले बगाएर ल्याएको बालुवा; पाँगो आदि थुप्रिएको जग्गा।
62702 बालुवा ना. विशेषतः समुद्र वा नदीका छेउछाउमा र मरुभूमिहुँदो हुने माटोविनाका ढुङ्गाका मिहीन कणको समूह; बालुका; रेत।
62703 बालुवाको घर ना. नटिक्ने वा कच्चा काम।
62704 बालसाही ना. घिउमा पकाएर पागमा डुबाई तयार पारिने; मैदाको एक किसिमको मिठाई।
62705 बालो- ना. १. धान; गहुँ आदिको फल- गुच्छ।
62706 बालो- ना. २. सन्तान; बालक; बच्चो।
62707 बाल्टिन / बाल्टी ना. समात्ने ठुलो कडा लागेको; सोलीका ढाँचाको टिन; जस्ता; पित्तल आदिको भाँडो; बालटिन।
62708 बाल्ली शाखा ना. भारोपेली भाषा- परिवारका बाल्तस्लाभेली वा लेहोस्लाभेली शाखाका दुई वर्गमध्ये एक।
62709 बाल्य ना. १. बालकको भाव; बालकमा रहने गुण तथा पन केटौली लड़कपन।
62710 बाल्य ना. २. अज्ञान। वि.
62711 बाल्य ना. ३. बालकसम्बन्धी; बालककालको; बालकको जस्तो ( बाल्यअवस्था; बाल्यकाल;वाल्यस्वभाव इ.)।
62712 बाल्यावस्था ना. १. सोह्र वर्ष नपुगेसम्मको अवस्था; बालककाल।
62713 बाल्यावस्था ना. २. बालकपन।
62714 बाष्प ना. १. बाफ।
62715 बाष्प ना. २. आँसु।
62716 बास्नु अ.क्रि. कुखुरो; तित्रा आदि चरा हर-हर कराउनु वा बोल्नु।
62717 बास ना. बस्ने ठाउँ वा घर; निवास वास।
62718 बासक ना. धुर्सुलको जस्तो आकार भएको; चिल्ला पात हुने; गुलियो रस भएको; सेता फूल फुल्ने र आयुर्वेदी अवलेह - औषधीहरू बनाइने एक बोट असुरो।
62719 बासट्ठिऔँ / बासट्ठियाँ वि. बासट्ठी सङ्ख्याको; गणनाका क्रममा बासट्ठी सङ्ख्यामा पर्ने।
62720 बासट्ठी ना. साठी र दुईको योगले बन्ने सङ्ख्या बसट्टी।
62721 बासट्ठीऔँ / बासट्ठीयॉँ वि. हे. बासट्ठिऔँ।
62722 बासट्ठी हरण ना. वि. सं. १८६२ सालमा हरण भएको बिर्ता।
62723 बासन- ना. बास्ना वास। (उदा.- इन्द्रकमल फूल फुल्यो मगमग बासन देश डुल्यो। - लोकगीत )।
62724 बासमती ना. बास्ना आउने; एक किसिमको असल जातको धान वा त्यसैको चामल।
62725 बासा ना. १. पुस्तकपुस्तिका आदि बाँध्ने कपडाको टुक्रा वा रुमाल बस्ता।
62726 बासा ना. २. सुर्ती आदि हाल्ने बेरुवा सानो थैली।
62727 बासिनु अ.क्रि. बास्ने काम हुनु पक्षीहरू कराइनु।
62728 बासिन्दा वि. कुनै ठाउँमा बसोबास गर्ने वा त्यस ठाउँको निवासी रैथाने।
62729 बासिबिदो- ना. निकै दिनसम्म लगातार पानी बर्सिएर बिचमा एक रात रहेको पानीको अडान।
62730 बासी ना. तयार हुनेबित्तिकै उपयोगमा नल्याई अर्को दिन उपस्थित गरिएको धेरै रातदेखि एक रातसम्मको पुरानो ताजा नभएको; बास चलेको।
62731 बासी कुरो ना. बितेको कुरो; पुरानो कुरो।
62732 बासी पानी ना. अघिल्लो दिन ल्याइएको वा राखिएको पानी।
62733 बासी मुख- ना. बिहान उठेर नधोइएको मुख।
62734 बास्ना ना. १. मिठो बास; सुगन्ध।
62735 बास्ना ना. २. राम्रो वा फिँजिएको नाउँ।
62736 बास्नादार वि. . बास्ना आउने वा बास्ना भएको।
62737 बास्सा ना. हे. बादशाह।
62738 बाहाँ ना. १. कुमदेखि हातका औँलासम्मको भाग वा फेरो हात भुजा।
62739 बाहाँ ना. २. छानामा बलो राख्ने ठाउँ।
62740 बाहाँकटे / कट्टे ना. १. केटाकेटीले छड्के हिर्काएर खेल्ने एक किसिमको खेल।
62741 बाहाँकटे / कट्टे ना. २. दुवै बाहाँले पानी काटेर पौडने चाल।
62742 बाहाँकटे / कट्टे ना. ३. बाँकटे (भोटो )।
62743 बाहाँजोरी ना. १. मितेरी जनाउँदा वा आत्मीयता प्रदर्शित गर्दा अँगालो मार्ने काम; अङ्कमाल; आलिङ्गन।
62744 बाहाँजोरी ना. २. मल्लयुद्ध; कुस्ती। बाहाँभरि वि. पूरे एक बाहाँ।
62745 बाहान ना. १. खानेकुराको एक पटकको पाक।
62746 बाहान ना. २. खाने वा पकाउने पटक चोटि।
62747 बाहाने वि. पहिलोपल्ट बाहेकका पाकको दोस्रो तेस्रो पटकमा पकाइएको।
62748 बाहिक ना. यो. / क्रि.वि. हे. बाहेक (उदा.- चरण् बाहिक एक् छिन् पनि रहन ताप् हुन्छ मनमा। भानुभक्त)।
62749 बाहिडा वि. १. सरकारभन्दा बाहिरको बाहिरिया (दिव्य.)।
62750 बाहिडा वि. २. गैरकानुनी; खोटो; कीर्ते (टक; छाप; लालमोहर आदि)।