Dictionary

All Word

62751 बाहिर ना. यो. १. कुनै स्थान; सीमा; अवस्था; नियम आदिदेखि पर वा अलग; मित्रदेखि बाहेक; बाहिडो (प. ने.)।
62752 बाहिर ना. यो. २. अन्य स्थानमा अर्को गाउँ; सहर; जिल्ला वा देशमा। ना.
62753 बाहिर ना. यो. ३. कुनै नियत ठाउँको बाहिरी भाग। वि.
62754 बाहिर ना. यो. ४. अलग; भिन्न।
62755 बाहिर पाटो ना. बाहिरबाहिरै हुने काम; निकालावास।
62756 बाहिरफेरा/फेरो ना. यो. सहर वा बस्तीदेखि बाहिर; काँठ हुँदो; बाहिरतिर।
62757 बाहिरिनु अ.क्रि. बाहिर निस्कनु; बाहिर हुनु।
62758 बाहिरिया वि. १. बाहिरको बाहिरी।
62759 बाहिरिया वि. २. घरायसीभन्दा बेग्लो; परचक्री विदेशी।
62760 बाहिरी वि. बाहिर रहने वा बाहिरको बाहिरिया।
62761 बाहिरी पात ना. . बाहिरको भाग।
62762 बाहि ना. बाहिरिने काम वा किसिम।
62763 बाहिन्यैइ प्रे. क्र. बाहिरिन लाउनु।
62764 बाह ना. सुन चाँदी आदिको चुराविशेष; बाइँ; बाला।
62765 बाहु ना. १. बाहुली; हात; भुजा।
62766 बाहु ना. २. पाखुरो।
62767 बाहुन- ना. आर्यहरूका चार वर्णमध्ये एक; ब्राह्मण।
62768 बाहुनचरी ना. जजमानी वृत्तिमा लागेको दयापात्र बाहुन वा दुःखी; सिधा र निर्दोष ब्राह्मण।
62769 बाहुनदाजु ना. फुपूको आफूभन्दा जेठो छोरो (पुरोहित हुने हुँदा रहेको नाम)।
62770 बाहुनबाजे ना. . बाहुनलाई बोलाइने शब्द।
62771 बाहुभाइ ना. फुपूको आफूभन्दा कान्छो छोरो।
62772 बाहुनबाजे ना. बाहुनलाई बोलाइने शब्द।
62773 बाहुभाइ ना. फुपूको आफूभन्दा कान्छो छोरो।
62774 बाहुनी ना. १. बाहुनको स्त्रीलिङ्गी शब्द; बाहुन जातकी\ आइमाई; बाहुनकी स्वास्नी। वि.
62775 बाहुनी ना. २. पवित्र; राम्रो निरीह
62776 बाहुन काठ ना. बाहुनीलहरोको काठ।
62777 बाहुनीचरो ना. बाहुनचरी।
62778 बाहुनीचरो ना. प्रायः खोलाको किनारमा बस्ने; पखेटामा कालो र सेतो मिसिएको गौंथलीजत्रो एक जातको चरो।
62779 बाहुनीबज्यै ना. बाहुनीलाई सम्बोधन गरिने शब्द; बाहुनबाजेको ढण्ड स्त्रीरूप।
62780 बाहुनीलहरो ना. एक पात अर्को पातसँग जेलिने; लाम्चिला फूल र फल लाग्ने; आयुर्वेदका अनुसार जरा आन्द्रे रोगमा प्रयोग गरिने एक जातको लहरो।
62781 बाहुबल ना. १. पाखुरा चलाउने शक्ति; शारीरिक बल।
62782 बाहुबल ना. २. पुरुषार्थ; पराक्रम।
62783 बाहुयुद्ध ना. १. अस्त्रशस्त्रविना लडिने लडाइँ; हातहातैको जुधाइ।
62784 बाहुयुद्ध ना. २. परस्परमा हुने कुस्ती वा पहलमानी; मल्लयुद्ध।
62785 बाहुली ना. १. दरबारिया सम्मानको बोलीमा पाखुरो वा हात।
62786 बाहुली ना. २. ताता भाँडा समाउने एक किसिमको सनासो।
62787 बाहुली निसान ना. बाहुलीको चिह्न; बाहुलीको छाप हस्ताक्षर।
62788 बाहुल ना. दौरा; चोलो; कोट आदि आङका पहिरनको हात पसाउने खोलजस्तो भाग।
62789 बाहुल्य ना. धेरै हुनाको भाव वा अवस्था अधिकता; आधिक्य।
62790 बाहेक ना. यो. १. कुनै वस्तु; चिज; ठाउँ आदिबाट अलग; विना; सिवाय। वि.
62791 बाहेक ना. यो. २. अरूलाई छुट्ट्याइएको; अतिरिक्त भिन्न। क्रि.वि.
62792 बाहेक ना. यो. ३. अलग गरेर छाडेर।
62793 बाह्य वि. १. कुनै पनि वस्तु वा कुराभन्दा बाहिर पर्ने; बाहिरपट्टिका भागको बाहिरी।
62794 बाह्य वि. २. उपरिया; पृथक्।
62795 बाह्यतन्तु ना. प्राणीका शरीरको बाहिरी भागका छालामा रहेको तन्तु।
62796 बाह्यपरीक्षा ना. खास शिक्षण संस्थाको रोहबरमा नभई स्वतन्त्र रूपमा सञ्चालित एवं नियन्त्रित हुने र उत्तरपुस्तिका जाँच्ने तथा परीक्षाफल प्रकाशित गर्ने काम पनि गर्ने परीक्षा।
62797 बाह्यवृत्ति ना. बाहिरी कुरो वा भौतिक विषयमा लागेको मनको स्थिति; जीवन चलाउन गरिने बाहिरी काम वा पेसा।
62798 बाह्यसेवा ना. बाहिरी देशतिर गरिने हवाई उडान आदिसम्बन्धी कामको सेवा।
62799 बाह्येन्द्रिय ना. बाहिरी विषयहरू भोग्ने वा तिनको अनुभव गर्ने आँखा; कान; नाक; जिभ्रो र छाला - यी इन्द्रिय।
62800 बाह्योन्मुखी वि. केन्द्रबाट छुट्टिएर बाहिरतिर जान खोज्ने; बाहिरपट्टि फर्केको।