Dictionary

All Word

62901 बिगौते औलो ना. पालुवा - पातका घाँस खाएका वस्तुको दुध खाँदा लाग्ने औलो; आलो औलो।
62902 बिगौते दुध ना. भर्खर भर्खर बियाएका लैनु वस्तुको दुध।
62903 बिग्याहा वि. बिगो गर्ने स्वभावको उपद्रवी।
62904 बिग्रनु अ.क्रि. १. कुनै वस्तुको रूप; गुण आदिमा कुनै प्रकारले विकार आउनु; बरबाद हुनु; नाश हुनु; सड्नु; कुहुनु आदि।
62905 बिग्रनु अ.क्रि. २. काम नलाग्ने हुनु; हानि हुनु। ३ टुटफुट वा भताभुङ्ग हुनु; भत्कोस लाग्नु।
62906 बिग्रनु अ.क्रि. ४. कुनै वस्तु बनाउन थाल्दा चुकेर वा नजानेर नबन्नु खेर जानु विफल हुनु।
62907 बिग्रनु अ.क्रि. ५. जाति; धर्म; नीति; उद्देश्य आदिबाट च्युत हुनु; पतित हुनु।
62908 बिग्रनु अ.क्रि. ६. खराब बानी लिनु वा आचरणहीन हुनु; बदमास बन्नु।
62909 बिग्रनु अ.क्रि. ७. पोइल जानु; बोरिनु।
62910 बिग्रनु अ.क्रि. ८. गर्भ तुहुनु।
62911 बिग्राइ ना. बिग्रने काम वा किसिम।
62912 बिग्रिनु अ.क्रि. बरबाद होइन; नासिनु; बिग्रनु।
62913 बिघट्टी ना. बिघापिच्छेको हिस्सा; बिगहट्टी।
62914 बिघा ना. १. जग्गाजमिनको बिस कट्ठा वा विश्वाको नाप; तेह्र रोपनी पाँच आना वा
62915 बिघा ना. ६७७२. ६३ वर्ग मिटर जग्गाको परिमाण।
62916 बिघौती ना. हे. बिगौती।
62917 बिघौते वि. बिगौते।
62918 बिघ्न ना. १. कुनै काममा हुने ठुलो बाधा वा अड्काउ। वि.
62919 बिघ्न ना. २. धेरै; अति। क्रि.वि.
62920 बिघ्न ना. ३. बिछट्ट; खुब।
62921 बिघ्नको वि. ठुलो; राम्रो; बढिया।
62922 बिडठिनु अ.क्रि. हे. बिंगठिनु।
62923 बिङठे वि. बिंगठे।
62924 बिङठो वि. बिंगठो।
62925 बिठ्याइ ना. बिंगठ्याइ।
62926 बिडठ्याहट ना. बिंगठ्याहट।
62927 बिडठ्याहा वि. बिंगठ्याहा।
62928 बिडबिङ ना. गन्ध आउने वा गनाउने किसिमले।
62929 बिडबिङइ बिडबडाउने भाव; क्रिया वा प्रक्रिया।
62930 बिडबिङइनु अ.क्रि. बिडबिङाउने होइन; गनाइनु।
62931 बिडबडाउनु अ.क्रि. बिडबिङ हुन् गनाउनु।
62932 बिगो ना. कुनै कुरा टाल्ने; नगर्ने वा पन्छाउने निहुँ; बढाएर भनिएको कुरो; बहाना।
62933 बियाहा वि. बिगो लगाउने; बिंग्याहा।
62934 बिच ना. १. कुनै क्षेत्र; वस्तु; समूह; आकार आदिको माझ; मध्य भाग।
62935 बिच ना. २. अन्तर; फरक। क्रि.वि.
62936 बिच ना. ३. बाहेक (उदा.- तितेफापरदेखि बिच यस गाउँमा केही खान पाइँदैन।)
62937 बिचाबिच / बिचोबिच क्रि.वि. ठिक बिचमा माझामाझी; माझैमाझ।
62938 बिचरो वि. आधार नभएको; निरुपाय; अनाथ; टुहुरो; बबुरो।
62939 बिचल्ती वि. चल्ती नभएको; बेचल्ती।
62940 बिचल्ली ना. १. पहिलेको स्थिति अस्तव्यस्त भई अर्को स्थिति नबसुन्जेलको अवस्था; बिल्लिबाठ; बिजोग; दुर्दशा।
62941 बिचल्ली ना. २. ठुलो दुःख; आपत्ति।
62942 बिचार ना. १. क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा सराङ; घोत।
62943 बिचार ना. २. शोकमा परेका व्यक्तिलाई सम्झाई बुझाई सान्त्वना दिने काम।
62944 बिचार्नु विचार गर्नु; मनन गर्नु सोच्नु।
62945 बिचारा ना. बिचार्ने काम वा किसिम।
62946 बिचारिनु क.क्रि. विचार गरिनु।
62947 बिचारी वि. १. विचार गर्ने। ना.
62948 बिचारी वि. २. विचारी।
62949 बिचेत वि. होस वा चेतना नभएको; अचेत; बेहोस; बिसुर।
62950 बिच्कनु अ.क्रि. कुनै वस्तु देखेर वा कसैको कामकुरो व्यवहार आदिबाट तर्सनु डराएर भाग्नु विचलित हुनु दच्कनु; हच्कनु।