Dictionary

All Word

62951 बिच्काइ ना. बिच्कने काम वा किसिम।
62952 बिच्काइनु क.क्रि. दच्काइनु।
62953 बिच्काउनु प्रे. क्रि. बिच्कने पार्नु; दच्काउनु।
62954 बिच्किनु अ.क्रि. १. दकन; हच्कन; तर्सनु। २ बिच्कने होइन।
62955 बिच्क्याइ बिच्किने काम वा किसिम।
62956 बिच्क्याइनु क.क्रि. बिच्किने पारिनु।
62957 बिच्क्याउनु प्रे. क्रि. १. बिच्किने पार्नु तर्साउनु। स.क्रि.
62958 बिच्क्याउनु प्रे. क्रि. २. बिच्काउनु; दच्काउनु।
62959 बिच्क्याहट ना. बिच्किने भाव; स्थिति वा क्रियाप्रक्रिया।
62960 बिच्क्याहा वि. बिच्कने स्वभावको; तर्सने दच्कने।
62961 बिच्छी ना. प्राय: गर्मी प्रदेशमा पाइने; डकमा कडा विष हुने एक प्रकारको किरो।
62962 बिच्छी वि. तिखो बुद्धि भएको; कुशाग्र; चुपिचन्डाल।
62963 बिच्छुक ना. कुनै काममा मङ्गल नहुने अवस्था वा सङ्केत; अपशकुन; अलच्छिन। (उदा. आज बिहानैदेखि के बिच्छुक लागेको हो कुन्नि; कुनै काम पनि हुँदैन)।
62964 बिच्छुकी वि. अमङ्गलको सूचना वा सङ्केत दिने; बिच्छुक लगाउने।
62965 बिछट्ट क्रि.वि. १. थुप्रो वा धेरै हुने चालसँग अत्यन्त ज्यादै। वि.
62966 बिछट्ट क्रि.वि. २. अचाक्ली ; धेरै।
62967 बिछट्ट क्रि.वि. ३. निकै निपुण। स्त्री. बिछट्टकी।
62968 बिछन्द ना. छन्द नपर्ने चाल ढड्ग नमिल्ने स्थिति।
62969 बिछन्दको वि. छन्द वा ढड्ग नपरेको; छन्द न बन्दको।
62970 बिछाइ ना. बिछाउने काम वा किसिम।
62971 बिछाइ क.क्रि. बिछाउने काम गरिनु।
62972 बिछाउना ना. हे. बिछ्‌याउना।
62973 बिछाउनु स.क्रि. बस्न वा सुत्नका निम्ति चकटी; गुन्द्री; राडी आदि फिँजाउनु; बिछ्याउनु।
62974 बिछिन् अ.क्रि. बिछ्याउने काम हुनु।
62975 बिछोड ना. छुट्टिने काम वा स्थिति; वियोग; छुट्टिम।
62976 बिछ्‌याइ ना. बिछ्‌याउने क्रिया वा प्रक्रिया।
62977 बिछ्याइनु क.क्रि. बिछ्‌याउने काम गरिनु।
62978 बिछ्याउनु स.क्रि. ओछ्‌याउनु; बिछाउनु।
62979 बिछ्याउना ना. सुकुल; राडी; डस्ना; लम्पट आदि। बिछ्याउने वस्तु; ओछ्यान; बिछाउना / बिछ्यौना।
62980 बिछ्‌याउने ना. १. बिछ्याउने वस्तु; ओछ्यान; बिछ्यौना।
62981 बिछ्‌याउने ना. २. बिछ्‌याउने काम गर्ने व्यक्ति वा साधन।
62982 बिछ्यौना ना. ओछ्‌यान; बिछ्‌याउना।
62983 बिजन ना. १. विभिन्न थरीका बिउहरूको समुदाय; बिउ।
62984 बिजन ना. २. पाखो जग्गाको नाप लिने आँकडा।
62985 बिजन जाँच ना. बिजनका आधारमा गरिने पाखो जग्गाको नापजाँच।
62986 बिजयसार/बिजयसाल ना. सालकै जस्ता पात हुने; काठको कचौरा; गिलास आदि बनाइने; काण्डमा घाउ लाग्दा रगतजस्तो चोब निस्कने एक जातको शालवृक्ष।
62987 बिजाइँ ना. १. अरूलाई दुःख दिने वा मर्का पर्ने किसिमले गरिने बिगो; उपद्रव; अर्घेल्याइँ।
62988 बिजाइँ ना. २. गर्न नहुने वा अरूलाई अहित हुने काम; अन्याय; अत्याचार।
62989 बिजाइँ बिद्युत् ना. अरूलाई मिच्ने वा हानिनोक्सानी पुऱ्याउने दृष्टि गरिने उपधो लुटपिट; हुलदङ्गा आदि।
62990 बिजात ना. १. परम्परागत रूपमा अरूभन्दा कम्ती भनी मानिएको जात; सानो जात।
62991 बिजात ना. २. एकबाट अर्को भिन्न- भिन्न जात।
62992 बिजाती वि. बिजातको ; विजातीय।
62993 बिजापट्टी ना. कोट; पाइन्ट आदि सिउँदा गोल आकारका बनाउन र सिधा रेखा तान्न प्रयोग गरिने; दुवैतिर धातुको चुच्चो निकालिएको; तीनदेखि ६ फिटसम्मको; फुटजस्तो काठको औजार।
62994 बिजुली ना. १. बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने प्रकाश; सौदामिनी।
62995 बिजुली ना. २. वैज्ञानिक प्रणालीले उत्पन्न गरिने प्रकाश र ताप भएको तथा आकर्षण र अपकर्षणसमेत गर्ने प्रसिद्ध शक्ति; विद्युत्। वि.
62996 बिजुली ना. ३. औधी छिटो; चलाख; चम्किलो।
62997 बिजुली अड्डा ना. बिजुलीको जडान; वितरण आदि र शुल्कको उठतीपुठतीसम्बन्धी काम गर्ने अड्डा; विद्युत्- संस्थान; हालको विद्युत् प्राधिकरण।
62998 बिजुलीकान्ते वि. औधी बाठो ; चनाखो; बिजुले।
62999 बिजुलीगारत ना. राजामहाराजाको अगाडि पछाडि लाग्ने सेनाको टोली।
63000 बिजुली घर ना. बिजुली पैदा गर्ने ठाउँ वा घर (पावर हाउस)।