Dictionary

All Word

62801 बि पूस. शब्दको अगाडि जोरिएर विपरीतता; भिन्नता; प्रतिकूलता; अधिकता; क्रम; परिवर्तन; निषेध आदि अर्थ बुझाउने पूर्वसर्ग (बचे; बिजोग; बिछोड इ.)।
62802 बिंगठिनु अ.क्रि. कुनै कामकुरामा टेढो हुनु; बाउँटिनु; बिभिन्डिनु बिमठिनु।
62803 बिंगठे वि. बिंगठो।
62804 बिंगो वि. बेमेलको कुरा गर्ने; बाउँटो; बिंगठ्‌याहा; बिमठो।
62805 बिंगठ्याइ ना. बिंगठिने क्रिया वा प्रक्रिया; खोते; निहुँ; बिमठ्याइ।
62806 बिगठ्याहट ना. बिंगठिने भाव; स्थिति वा क्रियाप्रक्रिया।
62807 बिंगठ्याहा वि. . बिंगठिने स्वभावको; बेमेलको बाउँटो।
62808 बिंगो ना. १. हाँगाबाट निस्केको अर्को सानो हाँगो; झिँजो।
62809 बिंगो ना. २. बाधा वा अड्को; छेको; बिगो।
62810 बिंगो ना. ३. निहुँ खोते।
62811 बिंड ना. खुकुरी; तरवार आदि हतियारको समाउन सजिलो हुने गरी फेदमा हालिएको काठ; सिङ आदि वस्तु हतियारको समात्ने ठाउँ वा मूठ। (उदा. बिंड तातेर के गर्नु; ताप्के ताते पो हुन्छ। उखान)।
62812 बिंडा ना. बस्न हुने गरी बुनिएको पराल आदिको चकटी।
62813 बंडा वि. बिंड भएको बिंड हालिएको।
62814 बिंडी ना. धुवाँ खान पातमा सुर्ती लपेटेर बनाइएको; फेदतिर सानु भएको खिल्ली बिडी।
62815 बिंडो ना. १. पिता पुर्खाको इज्जत वा प्रतिष्ठा।
62816 बिंडो ना. २. चाँदतोडाविनाको पगरी।
62817 बिंडो ना. 3. पदवी; मान।
62818 बिंडो ना. ४. गाग्रा; घ्याम्पा आदिका पिंधमा हालिने घाँस; पराल आदिको चक्का।
62819 बिंडो ना. ५. मूल ठेको।
62820 बिंडो ना. ६. कागतको कोरी।
62821 बिउँ ना. चामलमा मिसिएर रहेको धान।
62822 बिउ ना. १. रोप्न वा छर्न राखिएको अन्न; बीज; बिजन।
62823 बिउ ना. २. धान; कोदो आदिको उखेलेर रोप्न राखिएको बिरुवा।
62824 बिउ ना. ३. बिजनका लागि नसुमरी राखिएको बोको; राँगो; साँढे आदि।
62825 बिउ ना. ४. आगाको सानो फिलिङ्गो।
62826 बिउ ना. ५. दहीको जोरन।
62827 बिउ ना. ६. वीर्य।
62828 बिउ ना. ७. कारण हेतु।
62829 बिउपाँजे ना. धानको ब्याडमा काम गर्ने व्यक्ति; ब्याडे। (बिउ र जिउ राखे काम लाग्छ - उखान )।
62830 बिउँझनु अ.क्रि. १. निद्रा खुल्नु; जागा हुनु; बिउँतनु।
62831 बिउँझनु अ.क्रि. २. होसमा आउनु सचेत हुनु।
62832 बिउँझाइ ना. बिउँझने र बिउँझाउने क्रिया वा प्रक्रिया।
62833 बिउँझाइनु क.क्रि. निद्रा छुटाइनु; जगाइनु।
62834 बिउँझाउनु प्रे. क्रि. १. निद्रा छुटाउनु; जागा गराउनु।
62835 बिउँझाउनु प्रे. क्रि. २. सचेत पार्नु।
62836 बिउँझिनु अ.क्रि. बिउँझिनु।
62837 बिउँझो १. निद्रा खुलेको; बिउँझिएको; जागा।
62838 बिउँझो २. होसमा रहेको; सचेत।
62839 बिउँतनु अ.क्रि. १. जागा हुनु; बिउँझिनु।
62840 बिउँतनु अ.क्रि. २. बेहोसीबाट होसमा आउनु।
62841 बिउँताइ ना. बिउँतने वा बिउँताउने क्रियाप्रक्रिया।
62842 बिउँताइनु क.क्रि. बिउँतने गराइनु; बेहोस अवस्थाबाट होसमा ल्याइनु।
62843 बिउँताउनु प्रे. क्रि. १. बिउँझाउनु; जगाउनु। २ होसमा ल्याउनु सचेत पार्नु।
62844 बिउँतिनु अ.क्रि. होस वा चेतनामा आउनु; बिउँतिनु।
62845 बिउँतो वि. बिउँतिएको; जागा; बिउँझो।
62846 बिक्नु अ.क्रि. १. मोल लिएर माल बिक्री हुनु; बेचिनु।
62847 बिक्नु अ.क्रि. २. कुनै जागिर; व्यवहार वा काममा उपयुक्त हुनु।
62848 बिक्नु अ.क्रि. ३. बिहे गर्न पत्याइनु। ४ नाममा कलङ्क लाग्नु।
62849 बिकट ना. चोर; बदमास आदिबाट सुरक्षा गर्नका निम्ति रातमा सिपाहीहरूले दिने पहरा।
62850 बिकटे वि. राती पहरा बस्ने; बिकट बस्ने।