Dictionary

All Word

62651 बालव ना. ज्योतिषका पञ्चाङ्गमध्ये करणको एक भेद।
62652 बालवध ना. विनाकसुर बालक मार्ने काम; बालहत्या।
62653 बालविकलाङ्ग ना. भिटामिन 'डी' को कमीबाट छ महिनादेखि दुई वर्षसम्मका बालकहरूको हाड ठुलो वा विरूप भएर कमजोर हुने रोग।
62654 बालविकास ना. बालकको शारीरिक; मानसिक; बौद्धिक; सांवेगिक आदिको विकासप्रक्रिया।
62655 बालविधवा ना. बालककालमै विवाह भई पति मरेकी स्त्री; बाल्यावस्थामै विधवा भएकी स्त्री।
62656 बालविवाह ना. केटा र केटीको उमेर नपुग्दै गरिने गैरकानुनी बिहे।
62657 बाल सङ्गठन- ना. बालबालिकहरूको शारीरिक; बौद्धिक र मानसिक विकासका साथै उनीहरूमा देशप्रेमको भावना जागृत गराई असल नागरिक बनाउने उद्देश्यका निम्ति गठित संस्था; बालकहरूको उन्नति वा हक-हितको सुरक्षाका निम्ति खडा भएको सङ्घ।
62658 बालसङ्गाती ना. बालककालदेखिको साथी; बाल्यावस्थाको साथी।
62659 बालसाहित्य ना. १. बालकले पढ्न सक्ने साहित्य।
62660 बालसाहित्य ना. २. बालहितकारी साहित्य।
62661 बाल सूर्य ना. उदाउन लागेको वा भखरै उदाएको सूर्य; बालारुण।
62662 बाला ना. स्वास्नीमानिसहरूले नारीमा लाउने सुन- चाँदीको चुरा।
62663 बाला ना. १. सोह्रसत्र वर्षसम्मकी वा रजस्वला हुने अवस्थाकी स्त्री; नवयुवती किशोरी केटी।
62664 बाला ना. २. पुत्री; कन्या; बालिका।।
62665 बाला ना. ३. पत्नी भार्या प्रियतमा।
62666 बाला ना. ४. बालो।
62667 बालागुरु ना. अघि दिङ्ला महाविद्यालय चलाउने गुरु (षडानन्द)।
62668 बाला चतुर्दशी ना. मङ्सिर कृष्णपक्षको चतुर्दशी; सद्मी छर्ने चतुर्दशी।
62669 बालाज्यू ना. काठमाडौँको उत्तरपश्चिममा रहेको र बाइस धारा भएको एक तीर्थ वा रमणीय स्थान।
62670 बालाडाङ्ग्रे ना. बाल्यावस्थादेखि नै झारफुक गर्न थालेको वा देउता चढेको धामी।
62671 बालादरिद्री ना. जन्मैदेखिका दुःखी केटाकेटी; ससाना धेरै छोराछोरी।
62672 बालापन ना. १. बचपन।
62673 बालापन ना. २. तरुनोपन तारुण्य। अव्य.
62674 बालापन ना. ३. लोकगीतमा प्रेमीप्रेमिकाले आपसमा एकले अर्कालाई पुकार्ने शब्द; प्रिय; युवक वा युवती। (उदा.- मेरा बालापन जान्छु नभन)।
62675 बालापोयरी ना. ससाना केटाकेटी।
62676 बालामृत ना. बालहितकारी ओखती।
62677 बालिका ना. १. कलिलो उमेरकी स्त्री; सानी केटी ; बच्ची।
62678 बालिका ना. २. कुमारी; कन्या; पुत्री; छोरी।
62679 बालिग वि. १. बाल्यावस्था पार गरेको; उमेरदार; जवान।
62680 बालिग वि. २. संविधानले दिने मताधिकारका निम्ति उमेर पुगेको; वयस्क।
62681 बालिनु क.क्रि. बाल्ने काम गरिनु; सल्काइनु।
62682 बालिम ना. पहेँलो रङ्गको एक जातको बाम माछो।
62683 बालिस्ट ना. अडेसा लाग्न बनाइएको ठुलो तकिया।
62684 बालिस्टर ना. माथिल्लो तहमा बहस गर्ने अधिकारप्राप्त वकिल; अधिवक्ता।
62685 बाली ना. १. खेतबारीमा उब्जेको अन्न; कृषिउपज; खेती।
62686 बाली ना. २. मोहीले तल्सिङ वा सरकारलाई बुझाउने तिरो; कुत; पोत।
62687 बाली ना. ३. पहिलेको चलनमा एक किसिमको जग्गा कर।
62688 बाली ना. ४. ठेक्कामा कमाउने; सिउने; कामी; दमाई आदिलाई दिनुपर्ने वर्षभरिको अन्नको भाग।
62689 बाली जानु टु. काम गरेको वा कमाइको वर्ष बित्नु। (जस्तो- कलुवा गोरु चार बाली गयो; काले गोरु दुई बाली मात्र गएको छ)।
62690 बाली रोक्का पुर्जी ना. झगडा परेको जग्गाको बाली मुद्दा छिनिएसम्म रोक्का गर्नका निम्ति अड्डाले लेख्ने कागत।
62691 बालीनाली ना. खेतबारीमा लगाइएको बाली; धान; मकै आदिको खेती बाली बिरुवा।
62692 बाली भर्ना ना. राणाशासनमा पल्टनिया उच्च दर्जाका केही जवानहरूलाई तलबका रूपमा आयस्ता खान पाउने गरी दिइएको जग्गा।
62693 बाली बिरुवा ना. खेतबारीमा लगाइएको बाली; बालीनाली।
62694 बालीविज्ञान ना. बालीनालीका विषयमा वैज्ञानिक किसिमले गरिने विशेष अध्ययन वा अन्वेषणको विद्या।
62695 बाली हुनु टु. पशुहरूको गर्भ रहनु।
62696 बालुका ना. बालुवा; पत्थरको चूर्ण।
62697 बालुका यन्त्र ना. पारो; सुवर्ण आदि भस्म बनाउँदा वा पारोको शुद्धीकरण गर्दा प्रयोगमा ल्याइने यन्त्र।
62698 बालुका स्तूप ना. मरुभूमिमा वायुले थुपारेको बालुवाको ढिस्को।
62699 बालुचरी ना. एक जातको असल गाँजा।
62700 बालुन ना. हे. बालन।