Dictionary

All Word

62501 बाबा ना. १. बाबु वा बाबु जस्तै पूज्य वृद्ध व्यक्ति।
62502 बाबा ना. २. साधु; सन्यासी वा पूज्य व्यक्तिलाई अरूले र अरूलाई साधुसन्न्यासीले गर्ने सम्बोधन।
62503 बाबा ना. ३. छोराछोरीलाई प्यारो गरेर भनिने शब्द। वि.बो.
62504 बाबा ना. ४. डर; त्रास; दिक्क; आश्चर्य आदि जनाउँदा निस्कने शब्द।
62505 बाबाजी ना. १. साधुसन्न्यासीलाई आदर जनाइने शब्द।
62506 बाबाजी ना. २. साधुसन्न्यासी।
62507 बाबा लँगौटी ना. भर्खर जन्मेका नानीहरूलाई कमरमा बाँधेर लगाइदिने कट्टु जस्तै लुगाविशेष।
62508 बाबियो ना. घर छाउने; डोरी बाट्ने र कुचो बनाउने काममा प्रयोग गरिने; कुशजस्ता लामा; झिना पात हुने र कोदाका कोसाजस्ता साना फूल फुल्ने भारविशेष।
62509 बाबु ना. १. आफूलाई जन्माउने व्यक्ति; बुबा; पिता।
62510 बाबु ना. २. कानुनअनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति।
62511 बाबुबाजे ना. बाबु बाजे आदि पूर्वपुरुष; पुर्खा।
62512 बाबुसाहेब ना. ठकुरी; राजघरानाका साधारण व्यक्ति र धनीमानीका छोराहरूलाई प्रयोग गरिने मानबोध शब्द।
62513 बाबै वि. बो. १. आश्चर्य; उदेक; भय; आशङ्का आदि बुझाउने शब्द। (उदा.- बाबै ! यहाँ त कत्रो सर्प रहेछ ! बुहारीले ससुरासँग कसरी झगडा गर्न सकेकी होली बाबै ! )।
62514 बाबै वि. बो. २. आफूभन्दा मुनिको व्यक्तिलाई सम्झाउँदा प्रयोग गरिने शब्द। (उदा.- मैले भनेको मान बाबै; नत्र पछि पछुताउनुपर्ला।
62515 बाबै नि निपा. आश्चर्य; उदेक; डर त्रास आदिमा प्रयोग हुने शब्द। (उदा.- नानी झन्डै झ्यालबाट खसेको; बाबै नि ! म त डरले थर्र भएँ। बाबै नि; त्यहाँ त मान्छे पो झुन्डिएको रहेछ !)।
62516 बाम ना. झलक्क हेर्दा सर्पजस्तो देखिने एक जातको माछो।
62517 बाम वि . बायाँ; बाउँ।
62518 बामखुट्टे वि . बायाँ खुट्टाले अगाडि टेक्ने वा बायाँ खुट्टा नभई खोच्याएर हिँड्ने बागो खुट्टा भएको।
62519 बामखुरे वि . बायाँतिर खुर फर्केको बामखुट्टे।
62520 बामपाटो ना. १. शरीरको देब्रे भाग।
62521 बामपाटो ना. २. अनुकूल नपर्ने ठाउँ।
62522 बामपाटो ना. ३. प्रायः साल आदिका रुखमा गोलो बनाएर बस्ने; खैरो खालको कमिलो।
62523 बामपुड्के वि . ज्यादै पुड्को; बाउन्ने।
62524 बाम 3 ना. देब्रे हातले बजाइने तबला।
62525 बामे ना. बालक घखँदाको सराइ।
62526 बामे सराइ ना. बामे सर्ने काम वा किसिम।
62527 बामे सर्नु क्रि. पदा. भर्खरका नानीले हातखुट्टाका सहायताले शरीर भुईंमा घिसारेर हिँड्नु।
62528 बामेचरो ना. बाहुनचरी।
62529 बायविडङ्ग ना. हिमाली पहाड; लङ्का र बर्मामा हुने एक लता वा त्यसैको फल।
62530 बायाँ वि . १. शारीरिक रूपमा विपरीत पक्षभन्दा केही दुर्बल तथा कम सक्रिय; 'दायाँ' को विपरीतार्थक शब्द; देब्रे; बाउँ बाम।
62531 बायाँ वि . २. प्रतिकूल; उल्टो। ना.
62532 बायाँ वि . ३. देब्रे हातले बजाइने तबला।
62533 बायाँ हातको खेल ना. ज्यादै सजिलो काम।
62534 बायु- ना. हावा; वायु।
62535 बायुपडी ना. बाइपछी।
62536 बायुबेग वि . छिटो।
62537 बार्नु स.क्रि. १. जोगाउबचाउका निम्ति कुनै ठाउँलाई वरिपरिबाट घेर्नु; छेका वा बार लाउनु।
62538 बार्नु स.क्रि. २. नियम पुयाई कुनै वस्तु प्रयोगमा नल्याउनु बारना गर्नु। 3 रोक्नु; छेक्नु।
62539 बार्नु स.क्रि. ४. पथपरहेज गर्नु।
62540 बार्नु स.क्रि. ५. आशौच मनाउनु।
62541 बार ना. १. काठ; बाँस; घोचा आदिको छेका वा एक प्रकारको पर्खाल।
62542 बार ना. २. समय; अवसर; वार। क्रि.वि. ३ पटक फेरा; चोटि।
62543 बार ना. कानुनव्यवसायी वा वकिलहरूको समूह वा संयुक्त निकाय। बार एसोसिएसन ना वकिल वा बारका सदस्यहरूको सङ्घ वा सङ्गठन।
62544 बारना ना. १. अशुद्ध मानिएको वस्तु प्रयोगमा नल्याउने; निषिद्ध भोजन नगर्ने; संसर्गबाट भएको दोष हटाउने आदि काम; त्यस्ता दोषको परिहार।
62545 बारना ना. २. पथपरहेज।
62546 बारबन्देज ना. जग्गाजमिनको सुरक्षाका निम्ति वा बस्तुभाउ पस्न नदिन आवश्यक व्यवस्थासहित बार आदि लगाउने काम छेथुन।
62547 बारबार क्रि.वि. पटकपटक वारवार; बारम्बार पुनः- पुनः।
62548 बारबुर / बारबेर ना. बार्ने र बेर्ने काम बार लाउने काम।
62549 बारम्बार क्रि.वि. पटकैपिच्छे ; लगातार; बार-बार।
62550 बारा ना. मास; मुगी आदिको पिठो रयाली बिचमा प्वाल पारेर फुरौलाका ढाँचाले घिउ तेलमा पकाइने गोलो बाक्लो रोटी।