Dictionary

All Word

62601 बाल ना. १. साह्रै सानो उमेरको व्यक्ति; केटाकेटी; नानी; बालक।
62602 बाल ना. २. कपाल; केश; रौं।
62603 बाल ना. 3. गहुँ; जौ आदिको झुस। वि.
62604 बाल ना. ४. उमेर नपुगेको वा कम उमेरको भर्खर उदाएको वा जन्मेको (जस्तो- बालपोथ्रो; बालसूर्य आदि)।
62605 बाल ना. ५. अनजान; नासमझ।
62606 बाल अमृत ना. हे. बालामृत।
62607 बालक ना. १. केटाकेटी; बच्चा; नानी; शिशु; बालख।
62608 बालक ना. २. छोरो; पुत्र।
62609 बालक ना. ३. अनजान मान्छे; मूर्ख वा नासमझ व्यक्ति।
62610 बालकठी ना. लुगाको तान लाउँदा धागाका बिच- बिचमा घुसारिने झिनो लट्ठीजस्तो सामान।
62611 बालकपन ना. १. बालक हुनाको भाव वा अवस्था; केटाकेटीपन।
62612 बालकपन ना. २. बेबुझक्याइँ।
62613 बालकमानी ना. रौंजस्तो मसिनो तारद्वारा बनेको; निरन्तर हल्लिएर घडी ठिकसँग चलाउने कमानी।
62614 बालकाण्ड ना. रामायणमा रामको जन्म तथा बाललीलाको वर्णन भएको पहिलो काण्ड वा भाग।
62615 बालकाल ना. बालकको अवस्था; बाल्यावस्था।
62616 बालकुमारी ना. अँग्रेजीमा 'मैडेन हेयर ट्रि' भनिने संसारमै ज्यादै कम पाइने दुर्लभ जातको मझौला खालको रुख।
62617 बालकेलि ना. केटाकेटीको खेलबाड।
62618 बालकोष ना. बालकहरूको सामाजिक कल्याण तथा उन्नतिका निम्ति स्थापना गरिने कोष।
62619 बालगिरी वि. बहालमा लिने दिने गरिएको वा त्यस्तै कुनै कामका लागि सापट ल्याइएको (वस्तु); भाडावाल; बहालगिरी।
62620 बालगोपाल- ना. १. बालक कृष्ण।
62621 बालगोपाल- ना. २. परिवारका केटाकेटी।
62622 बालग्रन्थि ना. बाल्यावस्थामा बढ्ने; तरुणावस्थामा उस्तै रहने र वृद्धावस्थामा घट्दै जाने; छातीको मध्य स्थानमा रहेको ग्रन्थि (इन्द्रिय)।
62623 बालग्रह ना. बालकहरूलाई दुःख दिने वा रोग पैदा गराउने पिशाच।
62624 बालघर- ना. टुहुरा बालबालिकाहरूलाई पालनपोषण आदि गरेर राखिने घर; अनाथालय।
62625 बालचन्द्र ना. १. द्वितीयाका चन्द्रमा। २ औँसीपछिको प्रतिपदादेखि दशमीसम्मका चन्द्रमा।
62626 बालचर- ना. १. बालकहरूलाई सच्चरित्रता; स्वावलम्बन; सेवाभावना र व्यायाम सिकाउने सैनिक ढाँचाको शिक्षा।
62627 बालचर- ना. २. त्यस्तो शिक्षा प्राप्त गर्ने वा ग्रहण गर्ने व्यक्ति।
62628 बालचर्या ना. १. बालकहरूद्वारा गरिने वा उनीहरूलाई गराइने दैनिक कृत्य।
62629 बालचर्या ना. २. बालकहरूको स्याहार सम्भार; शिशुपालन।
62630 बालछ्ड ना. बास्ना भएको एक प्रकारको वनस्पति।
62631 बालटिन ना. हे. बाल्टिन।
62632 बालतङ ना. घोडाको काठीमा पटार कस्ने वा जडिने छाला।
62633 बालतन्त्र ना. बालकहरूको लालन-पालन; हेरविचार गर्ने प्रक्रिया; धात्रीकर्म।
62634 बालतोड ना. रौंका जराको विकारबाट वा सो जरामा आघात पर्नाले निस्कने खटिरोविशेष।
62635 बालतोरी ना. कालतोरीका भन्दा सेखै साना गेडा र कोसा पनि सानै हुने एक जातको तोरी।
62636 बालदिवस ना. प्रतिवर्ष नेपालमा मनाइने बालबालिकाहरूको राष्ट्रिय पर्व।
62637 बालन ना. विशेष धार्मिक पर्व आदिमा एक जनाले भट्याउने र सामूहिक रूपमा अरूले स्वर मिलाउने गरी गाइने राम; कृष्ण आदि देवताको चरित्रगाथा; बालुन।
62638 बालपोथ्रो ना. १. सानोतिनो बोट वा बिरुवा ; बालक बिरुवा।
62639 बालपोथ्रो ना. २. आफैँले स्याहार्नुपर्ने सानो बच्चा; बालापोथरी।
62640 बालपोष / बालपोस ना. बालकहरूलाई पोष लाग्ने गुलियो औषधी; पुष्टकारी।
62641 बालबच्चा ना. १. बालक छोरा-छोरी; केटाकेटी।
62642 बालबच्चा ना. २. जहान परिवार; सन्तान; लालाबाला।
62643 बालबोली ना. बालकहरूको बोली।
62644 बालब्रह्मचारी ना. १. बाल्यावस्थादेखि नै ब्रह्मचर्यमा रहेको व्यक्ति।
62645 बालब्रह्मचारी ना. २. अघि दिङ्लामा संस्कृत पाठशाला स्थापित गरी नेपालमा शिक्षा-प्रचार गर्न महत्त्वपूर्ण योगदान दिने बालाषडानन्दको पदवी। स्त्री. बाल- ब्रह्मचारिणी।
62646 बालभोग ना. १. बिहान-बेलुका बालकृष्णलाई चढाइने नैवेद्य।
62647 बालभोग ना. २. बालकहरूको भोज्य पदार्थ।
62648 बालमन्दिर ना. विशेषतः असहाय बालबालिकाहरूको शिक्षादीक्षा र मनोविनोदसमेतको विचार गरी उनीहरूलाई सही मार्गमा लैजान सहयोग गर्ने स्थान वा घर।
62649 बालरोग ना. प्रायः बालकहरूलाई लाग्ने रोग; बालग्रहद्वारा उत्पन्न हुने रोग।
62650 बालरोग विशेषज्ञ ना. बालरोगका बारेमा विशेष ज्ञान प्राप्त गरेको व्यक्ति; तत्सम्बन्धी उपचार गर्ने चिकित्सक।