Dictionary

All Word

62851 बिका ना. बिक्ने काम वा किसिम।
62852 बकाइनु क.क्रि. बिक्ने पारिनु; बेचाइनु।
62853 बिकाउ वि. बिक्रीका निम्ति राखिएको; बिक्री गरिने वा बिक्री हुने।
62854 बिकाउनु प्रे. क्रि. १. बिक्ने पार्नु; बेचाउनु।
62855 बिकाउनु प्रे. क्रि. २. जागिरमा वा काममा लगाउनु।
62856 बिकाउनु प्रे. क्रि. ३. बिहे गराउनु। स.क्रि.
62857 बिकाउनु प्रे. क्रि. ४. माल बेच्नु।
62858 बिकाउनु प्रे. क्रि. ५. बदनामी कमाउनु।
62859 बिकाता ना. बिक्री।
62860 बिकाता पत्र ना. बिक्रीको प्रमाणस्वरूप लेखिएको कागत।
62861 बिकाम ना. काम नहुने चाल वा अवस्था; बेकाम।
62862 बिकामी वि. १. काम नभएको; विनाकामको बेकामी।
62863 बिकामी वि. २. नलाग्ने; बेकम्मा।
62864 बिकामे वि. बिकामी।
62865 बिकिनु अ.क्रि. बिक्री होइन; बेचिनु।
62866 बिकुल ना. हे. बिगुल।
62867 बिक्री ना. १. मोल लिएर माल दिने काम; बेच्ने काम।
62868 बिक्री ना. २. सुक्रीको पूरक शब्द।
62869 बिक्रीकर ना. बिक्री गरिने मालसामानमा लाग्ने निर्धारित कर।
62870 बिक्री भण्डार ना. उत्पादित वस्तुको बिक्रीवितरणका निम्ति खोलिएको पसल।
62871 बिक्री सहायक ना. बिक्रीभण्डारमा सहायकका रूपमा काम गर्ने व्यक्ति।
62872 बिख ना. जहर; विष।
62873 बिखड़ो वि. बाउँटो; बिंगठो।
62874 बिखड्याइँ ना. बिंगठ्याइ।
62875 बिखड्याहा वि. बिंगठ्याहा।
62876 बिखर्ची वि. खर्च सकिएको खर्च नभएको; बेखर्ची।
62877 बिखालु वि. बिख भएको; बिखले भरिएको विषयुक्त।
62878 बिखालो वि. शरीरमा बिख लाग्ने वा विकार उब्जाउने; बिखालु।
62879 बिखे वि. बिख भएको; बिखालु।
62880 बिखे उन्यु ना. खोलाको तीरतिर पाइने; नरम पात भएको र माछा मार्ने काममा प्रयोग हुने बिखालु उन्यु।
62881 बिखेत ना. अफसोस; खेद; दुःख (उदा.- उसलाई बाबु मरेको भन्दा पनि भाइ छुट्टिएर गएकोमा बिखेत छ।)।
62882 बिखेती ना. विषादी; विषयुक्त।
62883 बिगबिगती ना. छुकछुक; चकचक।
62884 बिगबिगाइ ना. बिगबिगाउने क्रिया वा प्रक्रिया।
62885 बिगबिगाउँदो ना. बिगबिगाउने खालको बिगबिगी हुने।
62886 बिगबिगाउनु अ.क्रि. बिगबिगी हुनु उपधो हुन खोज्नु; आतङ्क छाउनु। (उदा.- बाघ बिगबिगाएको थाहा पाएर गाउँलेहरू सुत्न पनि सकेका छैनन्)।
62887 बिगबिगी क्रि.वि. कुनै वस्तुको चर्को उपधो ; आतङ्कको अधिकता।
62888 बिगहट्टी ना. कुनै जग्गाजमिनको बिघा; पोत आदिको लगत वा बिघापिच्छेको रकम बिघट्टी।
62889 बिगार ना. १. नराम्रा कुरातिर भएको परिवर्तन; बरबादी; ; नाश; हानि; बितल बित्यास।
62890 बिगार ना. २. टुना; मोहिनी आदिबाट उत्पन्न भएको रोग वा दुःख।
62891 बिगारसिङ वि. १. बिगार्ने काम गर्ने; बिग्रने; विनाशकारी।
62892 बिगारसिङ वि. २. उदास।
62893 बिगुत ना. देवदेवताका नाममा हवन गरिएको यज्ञकुण्डको खरानी; जोगीहरूले चन्दनको साटो लाउने खरानी; विभूत।
62894 बिगुती वि. गुवा खरानी रङको।
62895 बिगुल ना. सङ्केत दिनका लागि फुकेर बजाइने एक प्रकारको पल्टनियाँ बाजा; बाच्छाईबाजाका प्रकारभित्र पर्ने; फुकेर बजाइने बाजा विशेष बिकुल।
62896 बिगुले ना. बिगुल बजाउने व्यक्ति; बिकुल बजाउने पल्टनिया जवान।
62897 बिगो ना. १. कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम; अपराध; कसुर र दोषसम्बन्धी मामिलामा प्रभाव पार्ने कुनै पनि रकम।
62898 बिगो ना. २. नचाहिँदो वा नाश हुने किसिमको काम बिगार; निहुँ।
62899 बिगौती ना. भर्खर बियाएका गाई-भैँसीको दुध पकाउँदा फाटेर पानी सुकेपछि तयार भएको कुराउनीजस्तो बुरबुरे खानेकुरो बिघौती।
62900 बिगौते वि. बिघौतीजस्तो; आलो; बिघौतीको; बिघौते।