Dictionary

All Word

63101 बिधारानी ना. लोकसंस्कृतिका अनुसार प्रेममा बेइमान गर्ने प्रेमी वाप्रेमिका।
63102 बिधुवा वि. लोग्ने मरेकी; राँडी; विधवा।
63103 बिधुवी वि. बिधुवा।
63104 बिन्तु स.क्रि. छानबिन गर्नु; केलाइकुलाइ गर्नु; केलाउनु; छान्नु।
63105 बिन ना. सपेराले बजाउने; लाम्चो तुम्बामा तलतिर बाँसुरीका जस्ता दुई नलीमा तीन-तीनवटा प्वाल भएको एक बाजा।
63106 बिनसित्ति क्रि.वि. बिनाकाममा सित्तैं; बित्या; अकार्थ।
63107 बिना ना. यो. अभाव रहित (जस्तै- बिनाइजाजत; बिनाविभाग; बिनाअनुमति )।
63108 बिना ना. कस्तूरी मृगका नाभिमा हुने सुगन्धी द्रव्यको थैली वा गोल डल्लो; मृगनाभि।
63109 बिनाइ ना. बिन्ने क्रिया वा प्रक्रिया।
63110 बिनाइनु क.क्रि. बिन्न लाइनु।
63111 बिनाउनु स.क्रि. / प्रे. क्रि. बिन्ने काम गर्नु; बिन्न लाउनु।
63112 बिनाबी ना. बाटो वा ठाउँ छोड्नुहोस्; छोइएला; नागिएला आदि अर्थ जनाउने शब्द; विष्णुविष्णु।
63113 बिनायो ना. मुखमा च्यापी जिभ्राले धागो तन्काएर बजाइने; निगालो र बाँसबाट बनाइएको मुर्चुङ्गा जस्तै बाजा।
63114 बिनासाले ना. अन्तरा वा थेगो केही नहाली गाइने एक थरी लोकगीत।
63115 बिनिनु क.क्रि. केलाइनु; छानिनु।
63116 बिनिया ना. हम्कने वा डोलाउने एक साधन पङ्खा चमर।
63117 बिनु ना. यो. नभईकन; बेगर बाहेक (प्राय: कविता वा भावपूर्ण वाक्यमा प्रयोग हुने )।
63118 बिन्डी ना. रुपियाँ पैसा आदिको चाङ वा तङ लक्कु।
63119 बिन्ती ना. नम्रतापूर्ण निवेदन; प्रार्थना; विनति।
63120 बिन्तीपत्र ना. सरकार वा मान्यजनलाई लेखेर चढाइने निवेदन।
63121 बिन्तीभाउ ना. १. विनम्र प्रार्थना नम्र निवेदन।
63122 बिन्तीभाउ ना. २. भनसुन।
63123 बिया वि. बिन्ती गर्ने निवेदक।
63124 बिन्दी ना. स्वास्नीमानिसहरूले निधारमा लाउने टीका।
63125 बिन्दु ना. १. पानी आदि पन्यालो वस्तुको थोपो वा बुँद।
63126 बिन्दु ना. २. अनुस्वारको चिह्न; थोप्लो दाग।
63127 बिन्दु ना. ३. गौण घटनाहरूको विस्तृत विवरण गरिने नाटकीय पाँच कार्यावस्था ( बीज; बिन्दु; पताका; प्रकरी र कार्य) मध्ये दोस्रो अवस्था।
63128 बिन्दु ना. ४. वास्तु वा मूर्तिमा प्रयोग हुने अड्गुल; मात्रा वा मोक्ष बराबरको नाप; एक अङ्गुल।
63129 बिन्दुपत्र ना. १. बिन्दु वा सङ्केत मात्र भएको चिठी।
63130 बिन्दुपत्र ना. २. नक्साबाट क्षेत्रफल निकाल्न प्रयोग गरिने पारदर्शक पदार्थ।
63131 बिन्द्र ना. दाजुभाइ; बन्धुवर्ग।
63132 बिन्द्रालो ना. दाजुभाइहरूको समूह; बन्धुवर्ग।
63133 बिन्द्रा वि. १. मानिस नभएको; निर्जन; सुनसान।
63134 बिन्द्रा वि. २. आटब्बे।
63135 बिन्द्रावन ना. एकलासको वन निर्जन 'जङ्गल।
63136 बिपत्ता ना. गायब; बेपत्ता।
63137 बिपना ना. बिउँझेको वा जागेको अवस्था ननिदाएको बेला।
63138 बिपनी ना. बिपनाको लघु रूप; बिपना। (उदा.- बिपनीमा नदेखे पनि सपनीमा देखिन्छ)।
63139 बिपिउँ वि. सपिउँ को विपरीतार्थक उल्टो; बिब्ल्याँटो।
63140 बिफर ना. १. घातक रोगका कीटाणुको प्रभावले जरोका साथसाथै आङभरि फोकाफोका भएर आउने खटिरो; शीतला वा वसन्तको रोग; माई।
63141 बिफर ना. २. उक्त रोगले बसेको खत।
63142 बिफर उन्मूलन ना. बिफरका रोगाणु र त्यसका सञ्चारकलाई निर्मूल पार्ने योजना।
63143 बिफऱ्याहा वि. बिफर आएको; बिफरको खत बसेको; छ्याके। स्त्री. बिफऱ्याही।
63144 बिब्लेंटो/ बिब्ल्याँटो वि. कपडा; कागत आदिको भित्री वा उल्टो सब्लेंटो वा सब्ल्याँटोको विपरीतार्थक। स्त्री. बिब्ल्याँटी।
63145 बिभिन्डिनु अ.क्रि. टेढो स्वभावको हुनु; बाउँटिनु; भाँडिनु।
63146 बिभिन्डो वि. टेढो स्वभावको; अमिल्दो चालको; बाउँटो; अभागो।
63147 बिभिन्ड्याइ ना. बिभिन्डिने क्रियाप्रक्रिया।
63148 बिभिन्ड्याइनु क.क्रि. बिभिन्डिने पारिनु; चिढ्याइनु; टेढ्याइनु।
63149 बिभिन्ड्याउनु प्रे. क्रि. बिभिन्डिने पार्नु; चिढ्याउनु; टेढ्याउनु।
63150 बिभिन्ड्याहट ना. बिभिन्डिने किसिम वा अवस्था।