Dictionary

All Word

63251 बिरी ना. दाँतका जोर्नीमा कालो पालिस लाउन प्रयोग गरिने; ठुलठुला पात; हरियासेता फूल र जामुनुजस्ता फल हुने एक जातको लता; प्रसारणी।
63252 बिरुँडा ना. १. दार्चुला जिल्लातिर प्रचलित विशेष चाडपर्वमा देव- देवीलाई चढाइने र खाइने कलउँ; गुराँस; गहत; मास र गहुँ मिसाएर बनाइने भोजनको एक परिकार।
63253 बिरुँडा ना. २. दुर्गाष्टमी - पूजामा देवीलाई चढाइने नैवेद्य।
63254 बिरुँडा ना. ३. बिरौला; क्वाँटी।
63255 बिरुवा ना. रुख; बालीनाली आदिको कलिलो र सानो बोट; बालवृक्ष; पोय्रो।
63256 बिरुवा घर ना. विभिन्न जातका फलफूलका बिरुवाहरू रोपी हुर्काई अन्यत्र सार्न योग्य हुने अवस्था तथा उमेरका बनाउने ठाउँ नर्सरी।
63257 बिरूप वि. रूप बिग्रेको; नराम्रो कुरूप।
63258 बिरे आग्लो ना. बाहिरबाट झ्यालढोका खोल्न नसकिने पार्न भित्रपट्टिबाट लगाइने; गारामा जडिएको ठुलो आग्लो; गजबार।
63259 बिरे चुली ना. निकै अग्लो र अचम्मलाग्दो टाकुरो; पर्वतशृङ्खलाको चुली परेको भाग।
63260 बिरे नुन ना. आयुर्वेदीय औषधीविशेषमा प्रयोग गरिने; गन्धदार एक प्रकारको कालो नुन।
63261 बिरो ना. खिल्ली; बिडा; बिरा।
63262 बिरोल्नु स.क्रि. १. नुन; खोर्सानी; मसला आदि हालेर साँध्नु सरोबर पारी मुछ्नु; खऱ्याउनु।
63263 बिरोल्नु स.क्रि. २. खोतलखातल गर्नु; भाँड्नु बिथोल्नु।
63264 बिरोलाइ ना. बिरोल्ने क्रिया वा प्रक्रिया।
63265 बिरोलाइनु क.क्रि. बिरोल्न लाइनु।
63266 बिरोलाउनु प्रे. क्रि. बिरोल्न लाउनु।
63267 बिरोलाहा वि. अरूको काम बिगार्ने; बिथोलाहा।
63268 बिरोलिनु क.क्रि. बिरोल्ने काम गरिनु।
63269 बिरौला ना. भिजाएर ढड्याउँदा अङ्कुर निस्केका धेरै गेडागुडी; बिडा; क्वाँटी।
63270 बिरौ ना. सिलामका जत्रा मसिना सेता दाना हुने एक प्रकारको तेलहन; पोस्ताको दाना; अफिमका बोटमा फल्ने दाना।
63271 बिरौटो ना. बिराएको जग्गा नयाँ आबाद गरेको जग्गा।
63272 बिर्के वि. बिर्को भएको; बिर्कोजस्तो।
63273 बिर्के टोपी ना. माथितिर बिचमा गट्टो भएको नेपाली कार्बोबी वा मखमली टोपी।
63274 बिर्को ना. राखिएको वस्तु सुरक्षित पार्न भाँडाकुँडा; बट्टा; ठेकी; सिसी आदिको मुख छोप्ने वा ढाक्ने पात्र; ढकना।
63275 बिर्ता ना. बहादुरी देखाएबापत वा वृत्तिका निम्ति मिलेको; सरकारलाई तिरोभरो गर्नु नपर्ने जग्गा; सबै वा केही मालपोत खान पाउने गरी सबै खालको माफी पाएको जग्गा (हाल भूमिसुधार ऐनअनुसार खारिज भएका कुशबिर्ता; सुनाबिर्ता; वार्ता आदि )।
63276 बिर्तामाल ना. दोसा माल।
63277 बिर्तावार ना. बिर्तावाल।
63278 बिर्तावाल ना. बिर्ताको धनी वा धेरै बिर्ता पाएको व्यक्ति।
63279 बिर्तावाला ना. बिर्तावाल; बिर्ताको मालिक।
63280 बिर्नी ना. मधेसतिर हुने; फुर्के फूलको डाँठबाट ढक्की; डा आदि बनाइने एक किसिमको बुट्टे झार।
63281 बिर्बल ना. कानको लोतीमा लाइने; नास्पातीका आकारको सुनको गहनाविशेष।
63282 बिर्रो ना. अफिमको बोटमा; सिलामका जस्ता मसिना; सेता दाना फल्ने एक जातको अन्न।
63283 बिर्सनु स.क्रि. पहिले जानेसुनेको; भनिएको वा मनमा लिइएको कुरो भुल्नु; सम्झना नहुनु; हेक्का नरहनु; विस्मृत हुनु।
63284 बिर्साई ना. बिर्सने क्रिया वा प्रक्रिया।
63285 बिर्साइनु क.क्रि. बिर्सन लाइनु।
63286 बिर्साउनी ना. १. बिर्सने काम।
63287 बिर्साउनी ना. २. सम्झाउनीको पूरक (जस्तो- सम्झाउनी- बिर्साउनी)।
63288 बिर्साउनु प्रे. क्रि. बिर्सने पार्नु; बिर्सन लाउनु।
63289 बिर्सिनु क.क्रि. १. सम्झना नरहिन; विस्मृत होइनु। स.क्रि.
63290 बिर्सिनु क.क्रि. २. बिर्सनु।
63291 बिर्सुवा वि. बिर्सने बानी भएको। स्त्री. बिर्सुवी
63292 बिल ना. १. जमिन; भित्ता आदिमा परेको प्वाल।
63293 बिल ना. २. सर्प; मुसो आदि बस्ने दुलो।
63294 बिल ना. ३. गुफा; गुहा।
63295 बिल ना. १. कुनै मालसामान बिक्री गर्दा वा बुझ्दा बुझाउँदा मूल्य वा पारिश्रमिकको फाँट; रकम आदि खुलाई लेखिने कागत; रसि।
63296 बिल ना. २. विधायिकामा प्रस्तुत गरिने कानुनको मसौदा विधेयक।
63297 बिलकन्ना वि. लख; कान्दानी र तर्कुल्ले; बर्धन्ने आदि कुनै मात्रा नभएको (क; ख )।
63298 बिलकुल वि. १. भएभरको सम्पूर्ण; सबै। क्रि.वि.
63299 बिलकुल वि. २. पूर्णतया एकदम।
63300 बिलखबन्द वि. १. यसो गरुँ न उसो गरुँ भई जिल्ल परेको; अक्क न बक्क भएको; अलमल्ल; रनभुल्ल।