Dictionary

All Word

63151 बिभिन्ड्याहा वि. बिभिन्डिने स्वभावको; टेढिने बानी भएको; बिभिन्डो।
63152 बिभीषण ना. १. रावणका कान्छा भाइ रावणपछिका लङ्काधीश। वि.
63153 बिभीषण ना. २. ज्यादै डरलाग्दो भयङ्कर।
63154 बिभीषण ना. ३. स्वदेशका विरुद्ध विदेश वा विदेशीको दलाली गर्ने व्यक्ति; पञ्चमाङ्गी।
63155 बिभूत ना. बिगुत; विभूति।
63156 बिमजा ना. बेस्वाद; बेमज्जा।
63157 बिमठिन अ.क्रि. हे. बिंगठिनु।
63158 बिमठो वि. हे. बिंगठो।
63159 बिमठ्याइ ना. बिंगठ्याइ।
63160 बिमन ना. कुनै कुरामा मन नलाग्ने वा रुचि नहुने अवस्था। (उदा.- जरोले हो कि खान; घुम्न सबै कुरामा मलाई बिमन भइरहेछ)।
63161 बिमा ना. १. कुनै किसिमको हानिनोक्सानी वा क्ष भएमा संस्थाले बेहोर्ने र क्षतिपूर्ति पाइने गरी राखिने किस्ताबन्दी वा एकमुस्ट धरौटी; त्यस्तो अभिभारा वहन गरिएको कार्य - व्यवस्था।
63162 बिमा ना. २. कुनै हानिनोक्सानी हुन गएमा डाकखानाले बेहोर्ने गरी पठाइने चिट्ठी; पार्सल।
63163 बिमा कम्पनी ना. बिमाव्यवसायको काम गर्ने संस्था।
63164 बिमा पत्र ना. १. बिमा गरिएको कागत।
63165 बिमा पत्र ना. २. हुलाक - अड्डामा रकम बिमा गरी पठाइएको कागत।
63166 बिमा शुल्क ना. बिमा गर्दा लाग्ने दस्तुर।
63167 बिमा संस्थान ना. चल वा अचल वस्तुहरूको बिमा गर्ने गराउने एक प्रमुख संस्था।
63168 बिमाख ना. १. तिर्नु- फछ्र्याउनुपर्ने रिन; सापटी; हिसाब आदि बाँकी नराखी टुङ्ग्याउने काम; फछ्र्यौट चुक्ती।
63169 बिमाख ना. २. सखाप पार्ने काम; निमिट्यान्न।
63170 बिमाख ना. ३. सर्वनाश; भुसुक्क।
63171 बिमार वि. बिरामी; रोगी।
63172 बिमारी ना. रोग; व्यथा; व्याधि।
63173 बिमिरो ना. १. निबुवाजस्तो बाक्लो बोक्रा हुने; अमिलो वा केही गुलियो रस हुने प्रसिद्ध एक फल।
63174 बिमिरो ना. २. शरीरमा उठ्ने कनिकाजत्रो सानो खटिरो। वि.
63175 बिमिरो ना. ३. नछिप्पिएको वा हुर्किनसकेको; भर्खरको कलिलो वा सानो।
63176 बिम्ब ना. १. ऐना; पानी आदिमा देखिने छायाको रूप; छायामण्डल; प्रतिबिम्ब; बिम्ब।
63177 बिम्ब ना. २. आकाशमा देखिने सूर्य; चन्द्र; तारा आदिको ज्योतिपिण्ड।
63178 बिम्ब ना. ३. प्रतिमूर्ति प्रतिमा।
63179 बिम्ब ना. ४. कुनै कुराको आभास वा झलक।
63180 बिम्ब ना. ५. गोलकाँक्री।
63181 बिम्बफल ना. गोलकाँक्रीको दानु।
63182 बिम्बविधान ना. बिम्बहरूको सृजना गर्ने काम; बिम्बहरूको सृजना।
63183 बिम्बका ना. १. सूर्य वा चन्द्रमाको मण्डल।
63184 बिम्बका ना. २. गोल काँक्री।
63185 बिम्बित वि. प्रतिबिम्ब परेको प्रतिबिम्बित; विम्बित।
63186 बियर ना. प्रायः भिजाएको जौको पिठोमा गुलियो; सोडा आदि मिलाई विशेष प्रक्रियाले बनाइने एक प्रकारको मदिरा।
63187 बियाँ ना. चामलमा नकुटिई बचेको सग्लो धान।
63188 बियाँ बियाँ ना. बियाँहरूको समूह; सबै बियाँ।
63189 बियाँल्नु स.क्रि. बियाँलो गर्नु; कुनै उपायले समय बिताउनु।
63190 बियाँलाइ ना. बियाँल्ने क्रिया वा प्रक्रिया।
63191 बियाँ लिनु क.क्रि. बियाँलो गरिनु; अलमलिनु।
63192 बियाँलो क्रि.वि. कुनै कामकुरामा हुने अलमल; अबेर विलम्ब ब्याँलो।
63193 बियाइ ना. बियाउने क्रिया वा प्रक्रिया।
63194 बियाइनु अ.क्रि. बियाउने काम होइन।
63195 बियाउँदो वि. ब्याउँदो।
63196 बियाउनु अ.क्रि. १. पशुका पोथीहरू सुत्केरी हुनु; पशुहरूका बच्चाबच्ची जन्मनु।
63197 बियाउनु अ.क्रि. २. रात सकिएर प्रातः काल हुनु; उज्यालो हुनु।
63198 बियाङ ना. हे ब्याङ।
63199 बियान ना. सुत्केरी हुने वा बियाउने काम; बियाउनाको पटक बेत प्रसव।
63200 बियो ना. १. डन्डीबियोको खेलमा डन्डीद्वारा हुच्चिने वा ठ्याक लाइने; दुईतिर तिखारिएको वा नतिखारिएको छोटो काठको टुक्रो।