Dictionary

All Word

63201 बियो ना. २. कोलको धुरीमा हालिने चुकुल विशेष।
63202 बियोस्ता ना. स्वभाव; चालचलन; ढड्ग। (उदा.- कस्तो बियोस्ता नभएको केटो हो यो त !)।
63203 बिरक्तिनु अ.क्रि. विरक्त हुनु; दिक्दार हुनु; बैरागनु।
63204 बिरक्त्याइ ना. बिरक्तिने क्रिया वा प्रक्रिया।
63205 बिरक्त्याइनु क.क्रि. विरक्त पारिनु; खिन्न तुल्याइनु।
63206 बिरक्त्याउनु प्रे. क्रि. विरक्त पार्नु; खिन्न तुल्याउनु।
63207 बिरङ्ग वि. १. अनेक रङ्गको विभिन्न रङ्गको ; रङ्गीचङ्गी।
63208 बिरङ्ग वि. २. बजरङ्ग; कुरङ्ग।
63209 बिरल्नु स.क्रि. हे. बिरोल्नु।
63210 बिरला वि. सबैतिर नपाइने वा थोरै मात्र पाइने; छुट्टाछुट्टै रहेको।
63211 बिरलाइ ना. बिरल्ने क्रिया वा प्रक्रिया।
63212 बिरलाइनु क.क्रि. बिरल्न लाइनु।
63213 बिरलाउनु प्रे. क्रि. बिरल्न लाउनु।
63214 बिरलाकोटी वि. १. कोटीमा एउटा; कहीं-कहीं वा फाट्टफुट्ट पाइने; अति दुर्लभ। क्रि.वि.
63215 बिरलाकोटी वि. २. फाट्टफुट्ट कतैकतै।
63216 बिरसिक्का ना. १. अरूलाई छकाउने वा झुक्क्याउने चलाखी काम।
63217 बिरसिक्का ना. २. वीर; पराक्रमी; निडर बनाउने शिक्षा।
63218 बिरसिक्का ना. ३. पुरानो खालको एक प्रसिद्ध आख्यान।
63219 बिरसिक्का गर्नु स.क्रि. विस्मयपूर्ण कार्य गर्नु।
63220 बिरसिलो वि. १. रस नभएको; नीरस; रुखो।
63221 बिरसिलो वि. २. मन पर्दो ठर्रो।
63222 बिरहिनी ना. मारुनी नाचमा गाइने एक किसिमको गीत।
63223 बिरा ना. खयर; चुन; मसला आदि हालेर बेरी खान वा दिन तयार पारिने पानको पात; पानको खिली; बिडा।
63224 बिराइ ना. १. जग्गा बिराउने काम वा किसिम।
63225 बिराइ ना. २. नयाँ आबाद गरिएको जग्गा; बिरौटो (दिव्य.)।
63226 बिराइ ना. ३. बिराम गर्ने क्रिया वा प्रक्रिया; बिगार।
63227 बिराइनु क.क्रि. १. जग्गा बिराउने काम गरिनु।
63228 बिराइनु क.क्रि. २. बिराम गरिनु।
63229 बिराउनु स.क्रि. वन- बुटो; झाङ आदि फाँडेर; भिरालो जमिनमा ढुङ्गा आदि हटाई गरा लगाएर; नदी आदिबाट उकास भएको जग्गा मिलाएर विभिन्न रूपले जग्गा आबाद गर्नु; नयाँ जग्गामा खेती गर्नु।
63230 बिराउनु स.क्रि. १. कुनै काम-कुरामा भुलेर वा चुकेर अर्कै थोक भन्नु वा गर्नु; बिराम गर्नु; कसुर गर्नु; अपराध गर्नु।
63231 बिराउनु स.क्रि. २. लेख्ता अक्षर आदि टुटाउनु वा छुटाउनु।
63232 बिराज्नु अ.क्रि. विराजमान हुनु; सम्मानसाथ बस्नु।
63233 बिराजिनु अ.क्रि. विराजमान होइन; सम्मानसाथ बसिनु।
63234 बिराजी / बिराजु वि. राजी नभएको; नमान्ने; मजुर; बेखुस।
63235 बिरानो वि. १. पहिले नदेखेको; नचिनेको वा थाहा नपाएको; अनजानको।
63236 बिरानो वि. २. परचक्री; पराई; अर्को।
63237 बिराम ना. १. भन्नुगर्नुपर्ने कामकुरामा हुने कसुर; दोष वा अपराध; भुलचुक।
63238 बिराम ना. २. काममा बाधा।
63239 बिराम वि. आराम नभएको; बिसन्चो।
63240 बिरामी वि. सन्चो नभएको; अस्वस्थ; रोगी; मधौरु।
63241 बिरामी बिदा ना. कर्मचारीले बिरामी हुँदा पाउने निश्चित बिदा (कर्मचारीले नखर्चेको अवस्थामा उक्त दिन बराबरको तलब प्राप्त ; गर्न सक्ने व्यवस्था भएको विदा। )।
63242 बिराल गानु ना. लेकतिर पाइने र औषधीमा प्रयोग हुने एक प्रकारको कन्द।
63243 बिराली ना. १. धेरै आगो ताप्ता शरीरमा प्रायः गोडाका छालामा पर्ने टाटो।
63244 बिराली ना. २. बिरालाको स्नेहसूचक रूप वा पोथी रूप।
63245 बिराले ना. थैलो बनाउनाका निम्ति एकापट्टि चुन्याई पारेको गाँठो; त्यस्तो गाँठो पारी बनाएको थैलो।
63246 बिराले ना. लाम्चा ठुला पात हुने; प्याजी रङ्गका फूल फुल्ने; तरबारे सिमीजस्ता कोसा र ठुला खैरा गाना हुने एक जातको लता वा त्यसैको गानु।
63247 बिरालो ना. चितुवाका जातको मुसा मार्ने र खाने तथा दुध खुबै मन पराउने घरपालुवा जन्तु।
63248 बिरालोको काट्टो ना. अति निकृष्ट वस्तु।
63249 बिरिम ना. बाँसका चोयाले बुनेको; बिर्को लाउने सन्दुक।
63250 बिरिम फुल ना. साधारण मालाकार पात र वरिपरि कालोकालो रङ्ग हुने; डल्लो खालको र बास्ना आउने एक जातको धान वा त्यसैको चामल।