Dictionary

All Word

63301 बिलखबन्द वि. २. आफ्नो गुप्ती कुरा अरूले थाहा पाएको जानेर निलोकालो मुख लाएको; हतप्रभ।
63302 बिलखा ना. बिलखाउने क्रिया वा प्रक्रिया।
63303 बिलखाइनु अ.क्रि. बिलखाइमा पर्नु।
63304 बिलखाउनु अ.क्रि. के गरूँ हुनु; किंकर्तव्यविमूढ हुनु; अलमलिनु।
63305 बिलना ना. बिलौना; बिलहना।
63306 बिल भरपाई ना. खरिदबिक्री गर्दा वा कुनै मालसामान बुझेर लिँदादिँदा दिइने रीतपूर्वकको कागत; भरपाई।
63307 बिलाइ ना. बिलाउने क्रिया वा प्रक्रिया।
63308 बिलाइ अ.क्रि. अप होइन; हराइनु।
63309 बिलाउनु अ.क्रि. पग्लेर वा अर्को चिजमा मिलेर नदेखिने हुनु विलयन हुनु; अलप हुनु; हराउनु।
63310 बिलाउनी ना. हे. बिलौनी।
63311 बिलाउने ना. १. नीलकाँडाका जस्ता पात हुने र सानासाना गेडा फल्ने एक जातको बोट। वि.
63312 बिलाउने ना. २. मासिने; हराउने।
63313 बिलायत ना. बेलायत।
63314 बिलायती वि. बिलोबाट जीविका चलाउने व्यक्ति।
63315 बिलाहारी ना. बिलोबाट जीविका चलाउने व्यक्ति।
63316 बिलिन / बिलिनो वि. नुन नपुगेको; नुन कम हालिएको; अलिनो (दाल; तरकारी आदि)।
63317 बिलो ना. शिकार गरेर ल्याइएका जन्तुको मासुको भाग; थोरै अंश।
63318 बिलो बाँडो ना. बिलो बाँड्ने काम। २ भाग वा अंश बाँड्ने काम।
63319 बिलौना ना. रुँदै दुःख प्रकट गर्ने काम; विलाप; बिलना।
63320 बिलौनी ना. १. नौनी खार्दा भाँडाको पिंधमा रहने थेग्रिन; बिलाउनी।
63321 बिलौनी ना. २. लाम्चिला र चिल्ला पात हुने; बस्तुभाउलाई घाँस खुवाइने एक प्रकारको बोट।
63322 बिल्झनु अ.क्रि. रोकिनु; थामिनु; अड्किनु।
63323 बिल्झाइ ना. बिल्झने क्रिया वा प्रक्रिया।
63324 बिल्को ना. १. रोक्ने वस्तु बन्धन। २ घरका असमर्थ मानिस वा साना केटाकेटी।
63325 बिल्को ना. ३. अल्कोको पूरक।
63326 बिल्टी ना. जहाज; रेल आदिमा माल चलान गर्नाका निम्ति बुझाउँदा दिइने रसिद।
63327 बिल्पा वि. मिठो बोली र राम्रो जिउ भएकी; मृदुभाषिणी; कोमलाङ्गी।
63328 बिपारी वि. निर्धो शरीर भएको; फुकीढल; ख्याउटे; खिनाउरे।
63329 बिल्लबाठ ना. १. बिचल्ली; बिजोग; दुर्दशा।
63330 बिल्लबाठ ना. २. मालसामानको यताउति छराइ वा फिँजाइ।
63331 बिल्ला ना. १. फौजी आदि कर्मचारीले लगाउने दर्जासूचक कपडा आदिको चिह्न।
63332 बिल्ला ना. २. कुनै खास कुरा जनाउनका निम्ति हातपाखुरा आदिमा बाँधिने परिचयाङ्कित फित्ता वा धरो; कुनै विशेष पर्वमा छाती; कुम आदिनेर कपडामा पिनले अड्काइने कपडा; कागत आदिको त्यस्तो चिह्न अङ्कित टुक्रो वा पट्टी।
63333 बिल्लादार वि. १. बिल्ला लाएको; बिल्ला भएको।
63334 बिल्लादार वि. २. सेनातर्फ बिल्ला पाएका फुली नपाएका पिउठ; हुद्दा आदि जवान।
63335 बिल्लिबाठ- ना. हे. बिल्लीबाठ।
63336 बिल्लौर ना. काँच वा फटिकजस्तो एक जातको मूल्यवान् सेतो पत्थर।
63337 बिल्व ना. एउटा भेट्नामा तीनतीनवटा पात हुने र साहो; डल्लो फल लाग्ने काँडे वृक्ष वा पाकेपछि गुलियो गुदी हुने त्यसैको फल; श्रीफल; बेल।
63338 बिल्वपत्र ना. बेलको पात।
63339 बिल्वमङ्गल ना. वेश्या चिन्तामणिको हप्कीबाट ईश्वर भक्तितर्फ लागेका एक भक्त।
63340 बिवाई ना. १. खुट्टाका औँलामुनिको छाला फाट्ने वा पैतला; कुर्कुच्चा आदि फुट्ने एक रोग; हर्नाठ।
63341 बिवाई ना. २. बिगार टुना।
63342 बिस ना. १. पन्ध्र र पाँचको योगबाट बन्ने :
63343 बिस ना. २. पन्ध्र र पाँचका योगसङ्ख्याको।
63344 बिस बाइसे वि. बिस- बाइस वर्षको पट्ठो; तरुनो।
63345 बिसासय ना. पूरा आयु बाँच्न आशीर्वाद वा शुभकामना दिँदा प्रयुक्त एक बस वर्ष। (उदा.- तपाईंको आयु बिसासय होस् )।
63346 बिसी ना. बिसको समुदाय (जस्तो- एक बिसी; दुई बिसी)।
63347 बिसौं वि. बिस सङ्ख्यालाई पूरा गर्ने; बिस सङ्ख्याको।
63348 बिसद्दे वि. सद्दे नभएको; फाटेको।
63349 बिसन ना. भैँसीका ढबको केही डल्लो शरीर र ठुलो जुरो हुने; गर्धन; घाँटी र अनुहारभरि लामा झ्याप्ले रौं भएको; उत्तर अमेरिकामा पाइने; पाँच फिट अग्लो स्तनधारी जनावर। (यो उत्तर अमेरिकामा पाइने जन्तुमध्ये सबैभन्दा ठुलो हो। त्यहाँ यसको दुध र मासु खाइन्छ। )।
63350 बिसन्चो ना. सन्चो वा आराम नहुने स्थिति अस्वस्थ।