Dictionary

All Word

62301 बाघमुखे वि. ४. साधारण पिलपिले पात भएको; सानासाना पहेँला फूल फुल्ने घाँसविशेष।
62302 बाघे वि. १. बाघको छालाजस्तो टाटेपाटे बाघजस्तो; बाघसम्बन्धी।
62303 बाघे वि. २. बाघले खाने वा बाघलाई हुने। ना.
62304 बाघे वि. ३. गाईभैँसीलाई गाली गरिंदा प्रयोग हुने शब्द।
62305 बाघेकिरो ना. चिप्लेकिरा खाने; काँढे खुट्टाहरू भएको एक प्रकारको कालो किरो।
62306 बाघेखटिरो ना. शरीरमा जनै रहने ठाउँमा जनैकै आकारमा निस्कने एक प्रकारको घातक खटिरो; जनैखटिरो; सार्कीखटिरो।
62307 बाङ्खुट्टे वि. बागा खुट्टा हुने; खुट्टा बागो पारी टेकेर हिँड्ने; बाखुरे।
62308 बाखुरे वि. खुर बाङ्गिएर दुवै छेउ जोरिएको; बाङ्खुट्टे।
62309 बाङ्गिनु अ.क्रि. १. बाङ्गो हुनु; दोब्रिनु; टेढिनु।
62310 बाङ्गिनु अ.क्रि. २. बेमेलको हुनु; बाउँटिनु।
62311 बागी काठ ना. खैरो बोक्रा र बाङ्गाटिङ्गा भेट्ना हुने; हरियोमा पातला झलझल परेका र सुकेपछि काला; कलेजी रङका पात हुने; टुप्पामा भाले र पोथी अङ्ग भएका भिन्नाभिन्नै साना फूल फुल्ने रुख वा त्यसैको फुस्रा रङको फल।
62312 बागे वि. कुनै अवयव बाङ्गो भएको; बागो।
62313 बागे काठ ना. हे. बाङ्गीकाठ।
62314 बागो वि. सोझो नभएको; टेढो चालको। स्त्री. बाड्गी।
62315 बाङ्गोटिङ्गो वि. धेरै ठाउँमा बाङ्गो भएको; टेढोमेढो।
62316 बाच्नु स.क्रि. अक्षर; पुस्तकपुस्तिका आदि पढ्नु वा पढेर सुनाउनु; पाठ गर्नु; पारायण गर्नु।
62317 बाचक ना. १. पुराण; कथा आदि भन्ने मुख्य पण्डित।
62318 बाचक ना. २. स्पष्ट; छिटो र शुद्ध भन्ने शक्ति; पढाइ।
62319 बाचक वि. पुराण; कथा आदि भन्ने; वाचन गर्ने।
62320 बाचा वि. १. अलिकति; थोरै चिउँटी।
62321 बाचा वि. २. बोली वा भनाइ मात्रको।
62322 बाचा २ ना. कुनै काम वा कुरा पूरा गर्न दिइने वचन; बोली; कबुल; प्रतिज्ञा।
62323 बाचा बन्धन ना. प्रतिज्ञामा बाँध्ने काम किरियाहलाइ।
62324 बाचिनु क.क्रि. वाचन गरिनु; पाठ गरिनु।
62325 बाच्छाई वि. सुहाउँदो; राम्रो; उत्तम।
62326 बाच्छाई बाजा ना. धेरै मानिस मिलेर एकैसाथ बजाइने; सबै अङ्गले पूर्ण; युरोपेली बाजाहरूको समूह।
62327 बाच्छाई बुट्टा/बुट्टी ना. टक आदिमा लागेका; तस्बिरका बुट्टा वा चिह्न।
62328 बाच्छो ना. हे. बाछो।
62329 बाछ्नु स.क्रि. १. केलाउनु।
62330 बाछ्नु स.क्रि. २. रोज्नु; छान्नु।
62331 बाछिटा ना. हावाले हुत्याउँदा छड्के गरी परेको पानीको छिटा।
62332 बाछो ना. गाईको बच्चो। स्त्री. बाछी।
62333 बाज ना. चिलजस्तो एक जातको हिंसक पक्षी।
62334 बाज पस. कुनै शब्दको अन्तमा जोडिएर त्यसलाई मन पराउने वा त्यसमा सोख भएको अर्थमा प्रयुक्त हुने रूपखण्ड। (धोकेबाज; रक्सीबाज; हुल्लडबाज इ.)।
62335 बाजरा ना. जुनेलाका जातको काला र मसिना दाना हुने अन्नविशेष।
62336 बाजा ना. तारले रेटेर मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई बजाइने यन्त्रविशेष; वाद्य।
62337 बाजागाजा ना. १. गानबजान।
62338 बाजागाजा ना. २. वाद्यसहितको गाना।
62339 बाजा भाग ना. १. दमाईंका नेगियारलाई दिइने मुख्य भाग।
62340 बाजा भाग ना. २. ठुलो भाग (व्यङ्ग्यार्थमा)।
62341 बाजि क्रि.वि. कुनै कामकुराका क्रमको पटक; चोटि पल्ट।
62342 बाजिब वि. १. उचित; लायक।
62343 बाजिब वि. २. सत्य।
62344 बाजी प्रत्य. नामशब्दका अन्तमा गाँसिएर त्यो काम गर्ने वा त्यसको सोखिन भन्ने भाव बुझाउने शब्द। ( इसाराबाजी; ठट्टाबाजी; नाराबाजी; मौकाबाजी इ.)।
62345 बाजी ना. १. कुनै पनि खेलमा दुई थरीका बिच हारजित हुँदा गरिने सर्त वा त्यस्तो हारजितको प्रतिज्ञा गरी खेलिने सुरुदेखि अन्तसम्मको खेल होड।
62346 बाजी ना. २. पल्टने
62347 बाजी ना. ३. जादुको खेल तमासा।
62348 बाजी ना. ४. दाउ।
62349 बाजीगर ना. जादुगर; चटकी। काम उल्टा पल्टा।
62350 बाजी थाप्नु क्रि. पदा. कुनै अनिश्चित परिणामको प्रसङ्गमा दुई थरीका बिच हार वा जितको ओड लिई अगावै सर्त राख्नु; बाजी लगाउनु।