Dictionary

All Word

62201 बाइस्कोप ना. कुनै पनि घटना वा कथाका अभिनीत कुरा क्रमबद्ध रूपमा पारदर्शकपटमा खिँचेर प्रकाशको सहायताद्वारा पर्दामा देखाइने छायाचित्र।
62202 बाई ना. १. स्त्रीजातिले नाडीमा लगाउने सुन-चाँदीको बाला वा चुरा।
62203 बाई ना. २. कमिजको बाउलामा टाँक लगाउने ठाउँमा तेर्सो पारेर सिइएको भाग।
62204 बाउँ ना. हात बाहु।
62205 बाउँ वि. बायाँ देब्रे वाम।
62206 बाउँटिनु अ.क्रि. टेढो स्वभावको हुनु; बाउँटो हुनु; चिढिनु।
62207 बाउँटे; वि. हे. बाउँटो।
62208 बाउँटे; ना. प्रसव भएपछि गर्भाशयबाट निस्कने रगत; पानी आदि।
62209 बाउँटो वि. १. कसैसित नमिल्ने स्वभावको; टेढो वा उल्टो स्वभावको; कोग्ल्याँटो; बाउँठे; बाउँठो।
62210 बाउँटो वि. २. बायाँ हात चलाउने।
62211 बाउँट्याइ ना. बाउँटिने भाव; क्रिया वा प्रक्रिया।
62212 बाउट्याहट ना. बाउँटिने भाव; अवस्था वा क्रिया-प्रक्रिया।
62213 बाउँठे वि. हे. बाउँटे।
62214 बाउँठो वि. हे. बाउँटो।
62215 बाउँडिनु अ.क्रि. १. बाउँडो हुनु; टेढिनु।
62216 बाउँडिनु अ.क्रि. २. शरीरका जोर्नीमा सकिए मर्किएजस्तो भई रक्त सञ्चार रोकिएर दुख्ने गरी नसा बटारिनु।
62217 बाउँड्याइ ना. बाउँडिने क्रिया वा प्रक्रिया।
62218 बाउँपाटो ना. १. शरीरको देब्रेपट्टिको भाग।
62219 बाउँपाटो ना. २. अनुकूल नपर्ने ठाउँ।
62220 बाउँहाते वि. दायाँ हातभन्दा बायाँ हात बढी चलाउने; डेप्पा।
62221 बाउनी काठ ना. चाँपोका जस्तै पात र बलियो जातको काठ हुने रुखविशेष।
62222 बाउनु स.क्रि. मुख पूरा खोल्नु; आँ गर्नु।
62223 बाउन्न ना. १. पचास र दुई जोड्दा हुने सङ्ख्या; ५२ को अङ्क। वि.
62224 बाउन्न ना. २. पचास र दुईका जोड सङ्ख्याको।
62225 बाउन्न गन्डा वि. धेरै थुप्रै।
62226 बाउन्न कुरा ना. बाहसत्ताइस कुरा।
62227 बाउन्न ठक्कर ना. १. नाना प्रकारका ठक्कर; अनुभव।
62228 बाउन्न ठक्कर ना. १. ज्यादै होचो; पुड्को; बामपुड्के।
62229 बाउन्ने वि. १. ज्यादै होचो; पुड्को; बामपुड्के।
62230 बाउन्ने वि. २. ढाडको अनुपातमा हात र खुट्टा धेरै छोटा हुने।
62231 बाउन्नौं वि. बाउन्न सङ्ख्यालाई पूरा गर्ने; बाउन्न सङ्ख्याको।
62232 बाउरु ना. १. खेतालाको पेसा वा काम; खेताला - खेताली।
62233 बाउरु ना. २. सघाउपघाउ।
62234 बाउरे ना. १. खेती गर्दा अरूकहाँ सगाउन जाने व्यक्ति।
62235 बाउरे ना. २. ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यामी। आउरेबाउरे।
62236 बाउसे ना. १. रोपाइँ गर्दा खेतको हिलो सम्याउने काम।
62237 बाउसे ना. २. त्यस्तो काम गर्ने व्यक्ति; लाठे।
62238 बाउसो ना. कोदालो वा कोदाली।
62239 बाकट ना. लामालामा कान र लामालामा खुट्टा हुने खसी; विकासे जख्खु खसी।
62240 बाकन ना. छिपाहरूले कपडा आदिमा बुट्टा छिप्ने छाप चोप्न रङ घोलेर राख्ने; चार कुना परेको काठको भाँडो; कागी।
62241 बाकल ना. रुख; काठ आदिको बोक्राभित्र रहेको बाहिरी भाग आरा वा यन्त्रले ताछेर वा चिरेर छुट्ट्याउँदा छुट्टिने त्यस्तो टुक्रा।
62242 बाकलकाने ना. बाक्ला कान हुने एक जातको बाखो।
62243 बाकलपाते ना. बाक्ला पात हुने र पातको झिल्ली पातलो कागतजस्तो हुने एक झार।
62244 बाकस ना. बक्सा; सन्दुक।
62245 बाकाइदा क्रि.वि. काइदामुताबिक; काइदासाथ; नियमानुसार।
62246 बाकुपौ ना. पुरानो चलनअनुसार कुनै विशेष महत्त्वको सग्लो कागतपत्र पछि किर्ते हुने स्थिति नपरोस् भनी सो कागत च्याती सम्बन्धित व्यक्तिहरूले बाँडेर लिएको टुक्रा; अधकट्टी (यस्ता कागतमा १९४५ साल वैशाख ३० गते शुक्रवारभन्दा पहिलेको ललितपुर र भक्तपुरको 'श्रीवत्स' भन्ने छाप लगाएर कानुनी मान्यता दर्साइएको हुन्थ्यो। )।
62247 बाकुल्लो ना. हे. बकुल्लो।
62248 बाक्लिनु अ.क्रि. बाक्लो हुनु; गाढा हुनु; घना हुनु।
62249 बाक्लो वि. १. पातलो नभएको; मोटो।
62250 बाक्लो वि. २. पन्यालोपन कम नभएको; गाढा।