Dictionary

All Word

62051 बहुदलीयता ना. बहुदलीय हुनाको भाव वा अवस्था; बहुदलमा हुनेपन। विप. निर्दलीयता।
62052 बहुदलीय व्यवस्था ना. राजनीतिक दलहरू भएको व्यवस्था वा शासन-प्रणाली।
62053 बहुधा क्रि.वि. धेरैजसो खास गरी प्रायः।
62054 बहुनामा वि. धेरै नाम भएको; विभिन्न नामको।
62055 बहुपक्ष- ना. धेरैको एउटै पक्ष; विचार वा दृष्टिकोण।
62056 बहुपक्षीय वि. धेरैको एउटै पक्ष भएको; बहुसङ्ख्यकलाई हित गर्ने; धेरैका निम्ति उपयोगी वा सञ्चालित ( कार्यक्रम; नियम; विधि आदि; जस्तै- बहुपक्षीय भुक्तानी व्यवस्था; बहुपक्षीय विनिमय- स्थिरता इ.)।
62057 बहुपदी वि. दुईभन्दा बढी पदको अभिव्यञ्जना दिने।
62058 बहुभाषिक वि. दुईभन्दा बढी भाषा बोल्न र बुझ्न सक्ने (व्यक्ति)।
62059 बहुभुज ना. चारभन्दा बढी रेखाले घेरिएको समतलीय चित्र; चारभन्दा बढ्ता भुजा भएको चित्र।
62060 बहुमत वि. १. धेरैले मानेको; अति मान्य ना.
62061 बहुमत वि. २. धेरैको भिन्न- भिन्न मत।
62062 बहुमत वि. ३. धेरैको एउटै मत वा राय।
62063 बहुमत वि. ४. कुनै सभा; समिति वा समाजमा आधाभन्दा बढी सदस्य वा सङ्ख्याको मत।
62064 बहुमत प्राप्त वि. धेरै जनाले रोजेको; सबैभन्दा बढी मत पाउने।
62065 बहुमान्य वि. १. धेरैले मानेको वा आदर गरेको सम्माननीय।
62066 बहुमान्य वि. २. धेरैलाई मान्य हुने; धेरैलाई मन पर्ने।
62067 बहुमुखी वि. १. धेरै लक्ष्य भएको; विभिन्न विषयको विशेषताले युक्त भएको।
62068 बहुमुखी वि. २. हातमा लगाउने एक किसिमको सुनको बाला।
62069 बहुमुखी क्याम्पस ना. एकभन्दा बढी विषयको पढाइ हुने अध्ययन संस्थान; महाविद्यालय।
62070 बहुमूत्र ना. १. धेरै पिसाब लाग्ने एक रोग। वि.
62071 बहुमूत्र ना. २. धेरै पिसाब हुने रोग लागेको।
62072 बहुमूल्य वि. १. धेरै मोल पर्ने किम्मती; दामी।
62073 बहुमूल्य वि. २. धेरै महत्त्व भएको।
62074 बहुरङ्गी वि. १. अनेक रङ्ग वा ढाँचा भएको; रङ्गीचङ्गी।
62075 बहुरङ्गी वि. २. अनेक किसिमको; नानाथरीको।
62076 बहुरूपी वि. १. विभिन्न रूप धारण गर्ने; अनेक रूपको; अनुरूपी।
62077 बहुरूपी वि. २. जनसाधारणलाई विभिन्न रूपले भुलाउन सक्ने।
62078 बहुरूपी वि. ३. समाजमा रहेर विभिन्न रूप देखाई जीविका चलाउने।
62079 बहुल वि. अधिक; धेरै; ज्यादा।
62080 बहुलट्टी ना. बहुलाको अवस्था वा चाल; पागलपन; सिल्लडपना; छाँटा।
62081 बहुलता ना. बहुल हुने स्थिति वा पन; अधिकता; बहुतायत।
62082 बहुला वि. दिमाग बिग्रेको; पागल; बौलाहा; छँटाहा।
62083 बहुलापन ना. बहुलाको अवस्था; बौलट्टी।
62084 बहुलाइ ना. बहुलाउने भाव; क्रिया वा प्रक्रिया।
62085 बहुलाइनु क.क्रि. बहुला होइन।
62086 बहुलाउनु अ.क्रि. १. दिमाग ठेगानमा नहुनु; बहुला हुनु; छँटाउनु; बौलाउनु।
62087 बहुलाउनु अ.क्रि. २. साह्रै ठुलो आँट गर्नु।
62088 बहुवचन ना. व्याकरणमा एकभन्दा बढी वस्तु वा व्यक्तिलाई बुझाउने शब्द; एउटालाई बुझाउने शब्दबाट धेरैलाई बुझाउने गरी बनेको रूप (जस्तै- 'घर' बाट घरहरू; 'रातो' बाट राता इ.)।
62089 बहुविकल्पी वि. धेरै विकल्प भएको छनौट गर्न सकिने वा पाइने।
62090 बहुविकल्पी प्रश्न ना. छनौट गर्न सकिने वा अथवा ' धेरै भएका प्रश्नको समूह।
62091 बहुविद् वि. धेरै विषय जान्ने; बहुज्ञ।
62092 बहुविध वि. धेरै किसिमको; नाना भाँतिको।
62093 बहुविवाह ना. १. एक पुरुषले दुई स्त्री वा एक स्त्रीले दई पुरुषसँग बिहे गरी दुवै एक समयमा जीवित रहेको अवस्था।
62094 बहुविवाह ना. २. जानाजान वा स्वेच्छासाथ त्यसरी दोस्रो विवाह गर्ने चलन वा अपराध।
62095 बहुव्रीहि ना. समस्त-पदभित्र रहेका शब्दको मूल अर्थलाई छोडी
62096 बहुश क्रि.वि. १. धेरै किसिमले प्रायः। वि.
62097 बहुश क्रि.वि. २. अधिक; धेरै।
62098 बहुश्रुत वि. लौकिक वा शास्त्रीय धेरै कुरा सुनेबुझेको; धेरै पढेलेखेको; विद्वान्।
62099 बहुसङ्ख्य वि. बहुसङ्ख्यक।
62100 बहुसङ्ख्यक वि. धेरै सङ्ख्या भएको आधाभन्दा बढी सङ्ख्या भएको गणनामा धेरै भएको।