Dictionary

All Word

62001 बहाल पुर्जी ना. नयाँ पद; ओहदा; हक आदि सँभाल्न दिइने अधिकारपत्र बहाली गर्न दिइने लिखित नियुक्ति वा प्रमाणको कागत; नियुक्तिपत्र।
62002 बहि क्रि.वि बाहिर।
62003 बहिनी ना. १. आफ्नै आमाको गर्भबाट आफूभन्दा पछि जन्मेकी स्त्री बैनी।
62004 बहिनी ना. २. आफूभन्दा कम उमेरकी जेठाबाबु; कान्छाबाबु; ठुली आमा; सानी आमा; मामा; फुपू र गुरुकी छोरी।
62005 बहिनी ना. ३. सालाकी पत्नी।
62006 बहिनी ना. ४. आफूभन्दा कम उमेरकी स्त्री - जातिलाई सम्बोधन गर्ने स्नेहसूचक शब्द।
62007 बहिनी जुवाइँ ना. बहिनीको पति; बैनीज्वाइँ।
62008 बहिरङ्ग ना. १. शरीर; पदार्थ; क्षेत्र आदिको बाहिरपट्टि रहेको भाग बाहिरी अङ्ग वि.
62009 बहिरङ्ग ना. २. बाहिर रहेको; बाहिरको बाहिरिया।
62010 बहिरङ्ग कक्ष ना. अस्पतालमा बाहिर रहेका बिरामी जाँचेर उपचार गरिने कक्ष वा विभाग।
62011 बहिरङ्ग रोगी ना. अस्पतालमा वा स्वास्थ्यचौकीमा परीक्षण मात्र गरिने रोगीको समूह; अस्पतालको शय्यामा भर्ना नभई बाहिरैबाट उपचार गराउने रोगी।
62012 बहिरिन्द्रिय ना. विषयहरूको अनुभव गर्ने नाक; कान; आँखा; जिभ्रो र छाला- यी पाँच बाहिरी इन्द्रिय।
62013 बहिरो वि. कान नसुन्ने; बधिर; बैहो। स्त्री. बहिरी।
62014 बहिर्गत वि. १. घर वा कार्यालयमा नभएको।
62015 बहिर्गत वि. २. पदारूढ वा पदासीन नभएको।
62016 बहिर्गत वि. ३. स्पष्ट वा सबैले थाहा पाउने गरी प्रकाशित भएको।
62017 बहिर्जगत् ना. आँखाले देखिने संसार; बाह्य जगत्; भौतिक जगत्।
62018 बहिर्देश ना. १. सहर वा गाउँदेखि बाहिर रहेको ठाउँ।
62019 बहिर्देश ना. २. परदेश; विदेश।
62020 बहिर्भूत वि. १. बाहिरी पाटो लागेको; बाहिर भएको।
62021 बहिर्भूत वि. २. बाहिरपट्टि परेको; निक्लिएको।
62022 बहिर्मुख / बहिर्मुखी वि. १. बाहिरतिर रहेको वा मुख फर्काएको।
62023 बहिर्मुख / बहिर्मुखी वि. २. बाहिरी कुराको मात्र विचार गर्ने; वस्तुजगत्तिर दृष्टि दिएको।
62024 बहिर्मुख / बहिर्मुखी वि. ३. आध्यात्मिक कुरातिर मन नलगाउने।
62025 बहिर्मुख / बहिर्मुखी वि. ४. बाह्य संसार वा सामाजिक जीवनका गतिविधिमा प्रशस्त अभिरुचि लिने तथा सहभागी हुने (व्यक्तित्व )।
62026 बहिर्लापिका ना. प्रश्नभित्रै उत्तर नभएको; बाहिरबाट उत्तर खोज्नुपर्ने पहेली; ( कल्ले चलायो रेललाइ चाँडो' मा जसरी पद- योजनाभित्र उत्तर नभएको पहेलिका वा कूट)।
62027 बहिष्कार ना. १. कसैलाई जाति; वर्ग; समाज; संस्था आदिबाट हटाउने वा बाहिर निकाल्ने काम।
62028 बहिष्कार ना. २. पारस्परिक सम्बन्धको टुटाइ छोड्ने काम त्याग।
62029 बहिष्कारवादी वि. बहिष्कार गर्ने; कुनै कार्यक्रम; सभा आदिमा भाग नलिने।
62030 बहिष्कृत वि. १. बहिष्कार गरिएको; बाहिर निकालिएको।
62031 बहिष्कृत वि. २. कुनै कार्यक्रम; सभा आदिमा भाग नलिइएको।
62032 बहिस् ना. यो. बहि; बाहिर।
62033 बही ना. १. आयव्ययको हिसाब लेख्ने किताब; खाता।
62034 बही ना. २. महाजनी हरहिसाब वा सरकारी अड्डाखानाको आमदानी खर्च लेख्ने पुस्तक।
62035 बहीखाता ना. १. बहीको पुस्तक।
62036 बहीखाता ना. २. दैनिक कारोबारको ऋणधन वा आम्दानीखर्च देखाउने गरी लेखिएको लेखाको किताब; खाताबही।
62037 बहीदार ना. अड्डाखानाको लेखक कर्मचारी; नौसिन्दाभन्दा एक तहमाथिको कर्मचारी वा दर्जा; हाल राजपत्र अनङ्कित चतुर्थ श्रेणीको पद।
62038 बही पत्र ना. बहीसम्बन्धी कागतपत्र।
62039 बहु वि. दुईभन्दा बढी; अनेक; धेरै।
62040 बहुउद्देश्यीय वि. धेरै उद्देश्य भएको वा विभिन्न प्रकारका सा गराउने लक्ष्य लिएको ( योजना; विद्यालय आदि)।
62041 बहुकोषीय जीव ना. धेरै कोष भएको जीव।
62042 बहुज्ञ वि. १. धेरै किसिमका उपयोगी कुरा जानेको; धेरै विषयको ज्ञाता।
62043 बहुज्ञ वि. २. कुनै एक विषयका बारेमा धेरै कुरा जान्ने; विशेषज्ञ।
62044 बहुत वि. ज्यादा; धेरै निकै।
62045 बहुतन्त्र ना. कुनै राज्यको सञ्चालन वा नीतिका अनेक विचार र नेतृत्व भएको शासन-प्रणाली।
62046 बहुतायत ना. धेरै मात्रा अधिकता।
62047 बहुत्व ना. धेरै हुनेपन वा अवस्था; आधिक्य।
62048 बहुदल ना. एकभन्दा बढी राजनीतिक दल भएको राजनीतिक व्यवस्था। विप. निर्दल।
62049 बहुदलवादी वि. बहुदलमा विश्वास गर्ने वा बहुदललाई रुचाउने।
62050 बहुदलीय वि. बहुदलसम्बन्धी; बहुदलको; बहुदलमा लागेको। विप. निर्दलीय।