Dictionary

All Word

61651 बर्खदिनको चाड ना. १. बाह्र महिनामा एकचोटि आउने चाड; ठुलो चाड।
61652 बर्खदिनको चाड ना. २. दसैँ तिहार।
61653 बर्खा ना. १. गर्मी यामका छ महिनाको समय; वर्षा।
61654 बर्खा ना. २. एक वर्षाऋतु भएको वर्षाचक्र।
61655 बर्खान ना. मरुभूमिमा वायुले थुपारेको अर्धचन्द्राकारको बालुवाको ढिस्को वार्चन।
61656 बर्खासन ना. १. बाह्र महिनाको सिधा अथवा मानु- चामल।
61657 बर्खासन ना. २. तीर्थवासी खास गरी काशीवास गर्नेहरूलाई नेपालको राजकोशबाट दिइने वार्षिक भत्ता।
61658 बर्खास / बर्खास्त वि. खारिज; बरखास्त।
61659 बर्खासी ना. बर्खास हुने काम वा स्थिति; बरखासी।
61660 बखिनु अ. क्रि. १. बर्खाभरिका निम्ति पर्खनु वा अडिनु।
61661 बखिनु अ. क्रि. २. वर्ष बिताउनु।
61662 बर्खिलाप वि. प्रतिकूल; विरुद्ध।
61663 बर्खी ना. १. बरखी। २ वर्ष बर्ख (उदा.- बुहारी बर्खीको छोरो छोडेर माइत गएकी दुई बर्षसम्म आइन )।
61664 बर्खे वि. बर्खामा हुने वा उब्जने; बर्खासम्बन्धी; वर्षाकालीन।
61665 बर्खे कटेरो ना. छ महिना बर्खा वा पानी परुन्जेलका निम्ति बस्न; ओत लाग्न बनाइएको कटेरो।
61666 बर्खे गोठ ना. बर्खायामका निम्ति बस्तुभाउ आदि राख्न बनाइएको गोठ।
61667 बर्खे जिउ- ना. साधारणतः बर्खायाममा रोग लाग्ने शरीर।
61668 बर्खे नदी ना. बर्खामा वा पानी पर्ने बेला मात्र पानी बग्ने खोलो; खहरे।
61669 बर्खे नहर ना. बर्खायाममा चालु हुने गरी खेतीकमाइका लागि पानी पटाउन बनाइएको नहर।
61670 बर्खे फल ना. काँक्रो (मङ्सिरमा नाउँ नकाटी काँक्रो खाने चलन हुँदा)।
61671 बर्खे बाली ना. बर्खायाममा लगाइने वा हुने धान; मकै; भटमासजस्ता बाली।
61672 बर्खे सरो ना. हलेदाका जस्तै ठुला आकारका पात हुने; घोगामा पहेँला फूल फुल्ने; विभिन्न आकारका कन्द फल्ने एक जातको बोट।
61673 बर्खे सारौं ना. ढुकुरका जस्ता रौं हुने एक जातको सारौं।
61674 बर्ख्याइ ना. बखिने क्रिया वा प्रक्रिया।
61675 बर्ख्याइनु क.क्रि. बखिने पारिनु।
61676 बर्व्याउनु प्रे. क्रि. र्खिन लाउनु; बखिने पार्नु।
61677 बख्यौली वि. बर्खेपिच्छे बर्सेनि सालबसाली।
61678 बर्गल्याउनु अ.क्रि. अल्मल्याउनु।
61679 बर्चेट ना. गालीमा प्रयोग गरिने शब्द; बच्चोट; बच्योट।
61680 बर्छा ना. घोप्ने; रोप्ने काममा प्रयोग हुने एक किसिमको हतियार भाला।
61681 बछ ना. सानो बर्छा; बर्छा।
61682 बर्जू ना. बाहुनबाहुनीलाई आदर गरी सम्बोधन गर्दा शब्दका साथ जोरिएर आउने शब्द (जस्तै- बाहुनबर्जू बहुनीबर्जू )।
61683 बर्त ना. व्रत; उपवास। (उदा.- बर्त बस्नु एकादशी; तीर्थ गर्नु काशी। उखान)।
61684 बर्तन ना. खाने; पकाउने आदि काममा प्रयोग गरिने धातु; माटो आदिको भाँडो; पात्र।
61685 बर्तनु अ.क्रि. १. जीवन निर्वाह गर्नु; बाँच्नु।
61686 बर्तनु अ.क्रि. २. रहनु; बाँडिनु (विशेष गरी प्रसाद )।
61687 बर्तमन ना. व्रतबन्ध; उपनयन।
61688 बर्ता वि. [ बढ्तो मात्राभन्दा धेर बढ्ता बेसी।
61689 बर्ता ना. १. बर्तने क्रिया वा प्रक्रिया। [ बर्ताउ + आइ] २ बर्ताउने क्रिया वा प्रक्रिया।
61690 बर्ताइनु क.क्रि बर्ताउने काम गरिनु।
61691 बर्ताउनु स.क्रि. १. रहन दिनु।
61692 बर्ताउनु स.क्रि. २. बाँड्नु (प्रसाद आदि)।
61693 बर्तालु वि. बर्त बसेको वा बर्त लिने; व्रती।
61694 बर्द ना. हे. बर्दा।
61695 बर्दगन्दी ना. तराईतर्फ हलगोरुका आधारमा निर्धारण गरिने जग्गा- कर।
61696 बर्दा ना. १. गोरु।
61697 बर्दा ना. २. गोरु धपाउँदा भन्ने बोली ( जस्तो - हो बर्दा; हो !)
61698 बर्दिया ना. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने भेरी अञ्चलको तराई भागमा रहेको एक जिल्ला।
61699 बर्दी ना. औपचारिक रूपमा अधिकृत कर्मचारीहरूले लगाउने विशेष प्रकारको निर्धारित पोसाक; उर्दी पोसाक।
61700 बर्दुल ना. काठ आदि प्वाल पार्ने ज्यावल; बर्मा; फिर।