Dictionary

All Word

60601 बगल ना. १. काखी; कोखो; पार्श्व। ना. यो.
60602 बगल ना. २. नजिक; समीप; निकट। क्रि.वि.
60603 बगल ना. ३. वरिपरि छेउछाउ आसपास; अगल-बगल।
60604 बगलामुखी ना. तन्त्रका अनुसार शत्रुको वाक्शक्ति बन्द गर्नाका निम्ति आराधना गरिने एक प्रसिद्ध देवी; दशमहाविद्यामध्ये एक।
60605 बगलामुखी स्तोत्र ना. निजदेवीको स्तुति। तुल्याउने चेप्टो साधन।
60606 बगली ना. कोट; इस्टकोट आदिका अगाडिपट्टि बाहिर-भित्र र पेन्ट आदिका पछाडि र अगाडि कम्मरमुनि पैसा; कलम आदि राख्नका निम्ति बनाइएको थैलोजस्तो वस्तु; गोजी; खल्ती जेब पाकेट।
60607 बगलीमारा ना. बगलीमा राखिएको रुपियाँपैसा चोर्ने व्यक्ति; पाकेटमारा।
60608 बगलीकोश ना. खल्तीमा अट्ने कोश।
60609 बगलीखर्च ना. दैनिक खर्च पाकेट खर्च।
60610 बगाइ ना. बग्ने क्रिया वा प्रक्रिया।
60611 बगाइनु क. क्रि. बग्न लाइनु; बग्ने पारिनु।
60612 बगाउनु प्रे. क्रि. १. बग्न लाउनु बग्ने पार्नु प्रवाहित गर्नु।
60613 बगाउनु प्रे. क्रि. २. जलप्रवाहका साथसाथै कुनै वस्तु पठाउनु। स.क्रि.
60614 बगाउनु प्रे. क्रि. ३. कसैलाई सापट दिएको वस्तु फिर्ता लिन नसक्नु।
60615 बगाउनु प्रे. क्रि. ४. बेकाममा धेरै खर्च गर्नु; धन उडाउनु।
60616 बगान ना. चियाखेती गरिएको जग्गा वा बारी; बगैँचा।
60617 बगाने वि. १. बगानमा काम गर्ने।
60618 बगाने वि. २. बगानमा बस्ने।
60619 बगाल ना. १. पशुहरूको हाँच वा समूह; बथान।
60620 बगाल ना. २. सिपाहीका लस्कर वा ताँती।
60621 बगाल छोडाउनी ना. गाईभैँसी बेच्दा किन्ने व्यक्तिले गोठालालाई दिने दस्तुर।
60622 बगालिनु अ.क्रि. १. बगालमा मिलेर हिँड्नु।
60623 बगालिनु अ.क्रि. २. बिहिलिनु; बाटो बिराउनु।
60624 बगालिनु अ.क्रि. ३. भालेपोथी मिसिनु।
60625 बगाले वि. १. ठुलो बगाल हुने; धेरै पाठापाठी जन्माउने (बाखी; भेडी इ.)।
60626 बगाले वि. २. बगालमा हिँड्ने वा बस्ने।
60627 बगाले वि. ३. बगालसँग सम्बन्धित; बगालको।
60628 बगाले थापा ना. थापाको एक उपभेद (भीमसेन थापाको थर)।
60629 बगावट ना. १. कुनै वस्तु बग्ने काइदा वा किसिम। वि.
60630 बगावट ना. २. बगेको वा बगाइएको (वस्तु)।
60631 बगिनु क. क्रि. बग्ने काम गरिनु; प्रवाहित होइन।
60632 बगिरल्ल क्रि.वि. हे. बगऱ्याल्ल। गुन्द्र / aya- a. [ at + उन्द्र / उन्न्र] धेरै प्रशस्त; अत्यधिक।
60633 बगुवा वि. बगेर जाने; बग्ने।
60634 बगेडा ना. डाँक राखेपिच्छे जाँचिदै जाने एक किसिमको हुलाक - चलानी।
60635 बगेडी / बगेरी ना. भँगेराका आकारको; मासु खान हुने एक जातको चरो।
60636 बगैँचा ना. फलफूलहरू लगाइएको बारी; फूलबारी; पुष्पवाटिका; बगैँचा।
60637 बगैँचे वि. १. बगैँचाको बगैँचासम्बन्धी। ना.
60638 बगैँचे वि. २. बगैँचासम्बन्धी काम गर्ने व्यक्ति; माली; बागवान्; बघँचे।
60639 बग्गी ना. कोठाजस्तो बस्ने ठाउँ भएको; घोडाले तान्ने एक किसिमको सवारी।
60640 बग्गीखाना ना. बग्गी राख्ने ठाउँ।
60641 बगलिस ना. १. जुत्तामा कुर्कुच्चा घुसार्न सजिलो। बग्ने - वि. [बग्+ने]
60642 बगलिस ना. १. बगेर जाने; प्रवाहित हुने। ना.
60643 बगलिस ना. २. घसेर हिँड्ने प्राणी; सर्प आदि।
60644 बग्रेठाबग्रेठी ना. सानाठुला बग्रेठाहरूको समूह।
60645 बग्रेठो ना. खहरे वा खोलाले बगाएर ल्याई बगरमा फालिएका रुख; काठ आदि; बगरेठ
60646 बग्रेन ना. हे बग्यान। अस्तव्यस्तता;
60647 बग्रेल / बग्रेल/ बग्रेल्ती वि. १. चारैतिर छरिएको; थुप्रै धेरै; प्रशस्त छ्‌यासछ्‌यासती। ना.
60648 बग्रेल / बग्रेल/ बग्रेल्ती वि. २. अस्तव्यस्त भएका वस्तु वा व्यक्तिको समूह।
60649 बग्रेल / बग्रेल/ बग्रेल्ती वि. ३. लथालिङ्गेपना। क्रि.वि.
60650 बग्रेल / बग्रेल/ बग्रेल्ती वि. ४. त्यसरी छरिने गरी।