Dictionary

All Word

60401 फ्रेन्च वि. १. फ्रान्ससम्बन्धी; फ्रान्सको; फ्रान्सेली।
60402 फ्रेन्च वि. २. फ्रान्सका निवासी। ना.
60403 फ्रेन्च वि. ३. फ्रान्सको भाषा।
60404 फ्रेन्च समाचार समिति ना. अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध फ्रान्सको समाचार समिति (ए. एफ. पी.)।
60405 फ्रेम ना. १. तस्बिर, ऐना आदिमा रहने चौतर्फी बार; चौघेरो।
60406 फ्रेम ना. २. ढोका बनाउँदा रहने काठको चौकोस।
60407 फ्रेम ना. ३. साइकिलको च्यासिस।
60408 फ्रेम ना. ४. कम्पोज भएको म्याटर हाली फर्मा कस्ने फलामको चारकुने साधन।
60409 फ्रयाङ्क ना. स्विटजरल्यान्ड, बेल्जियम, फ्रान्स आदि देशको मुद्रा।
60410 फ्य्राङ्किङ यन्त्र ना. धेरै सङ्ख्यामा हुलाकवस्तु पठाउने व्यक्ति वा संस्थाका निमित्त छिटछिटो टिकट चिह्नित गर्ने यन्त्र वा मिसिन।
60411 फ्लोरमिल ना. पिठो आदि पिँध्ने मिल वा कलघट्ट।
60412 फ्ल्याट मेसिन ना. एकै पटक धेरै पृष्ठसम्म छाप्न सकिने समतल भागमा रहने ठुलो मुद्रणयन्त्र।
60413 फ्वाँ ना. सासको तिखो वेग।
60414 फ्वाँक १ वि. १. बेफ्वाँक; नाहक; व्यर्थ।
60415 फ्वाँक १ वि. २. पैठ (जुवा)।
60416 फ्वाँक २ ना. फाँको।
60417 फ्वाँकफ्वाँक क्रि.वि. पटक-पटक फाँको हाल्ने किसिमले।
60418 फ्वाँकफ्वाँक्ती/फ्वाँकफ्वाँकी क्रि.वि. फ्वाँकफ्वाँक।
60419 फ्वाँक्क क्रि.वि. फाँको मार्ने वा हाल्ने गरी।
60420 फ्वाँफ्वाँ क्रि.वि. १. धपेडी आदिले निदाएको बेलामा लामो लामो सास निस्कने गरी। ना.
60421 फ्वाँफ्वाँ क्रि.वि. २. त्यस्तो सासफेराइको शब्द वा आवाज।
60422 फ्वाँय ना. १. फुस्सा। वि.
60423 फ्वाँय ना. २. झुटो ; मिथ्या।
60424 फ्वाकफ्वाक क्रि.वि. १. माटाको भाँडो फुट्ता वा कोदालाका पासाले हिर्काइएको डल्लो फुट्दा शब्द आउने गरी।
60425 फ्वाकफ्वाक क्रि.वि. २. खुकुरी आदि हतियारले कमलो र फस्को वस्तु काट्ता झैँ शब्द निस्केर।
60426 फ्वाकवाकी/पवाकफ्वाक्ती क्रि.वि. फ्वाकफ्वाक।
60427 फ्वाक्क क्रि.वि. माटोको भाँडो वा डल्लो फुट्ने वा त्यसरी फुट्ता मसिनो शब्द निस्कने गरी।
60428 फ्वाङफ्वाङ क्रि.वि. काँचका वा माटाका भाँडाहरू पटक पटक फुट्ने गरी।
60429 फ्वाङफ्वाङी/फ्वाङफ्वाङ्ती क्रि.वि. फ्वाङफ्वाङ।
60430 फ्वाङ्ग/ फ्वाङ्ङ क्रि.वि. १. काँच वा माटाका भाँडाहरू एक्कासि फुट्ने गरी।
60431 फ्वाङ्ग/ फ्वाङ्ङ क्रि.वि. २. बन्चराले चिरिएको दाउरो उच्छिदिँदा शब्द आउने किसिमले।
60432 फ्वासफ्वास क्रि.वि. १. कुनै फस्को वा खुकुलो वस्तु बारम्बार फुट्ने वा चुँडिने किसिमले।
60433 फ्वासफ्वास क्रि.वि. २. चुरोट, बिँडी आदिको सर्का तान्दै धुवाँ उडाएर।
60434 फ्वासफ्वासी/फ्वासफ्वास्ती क्रि.वि. हे. फ्वासफ्वास।
60435 फ्वास्स क्रि.वि. चड्कासँग फुस्कने वा खुस्कने गरी; फ्यास्स।
60436 देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये तेइसौँ व्यञ्जनवर्ण; ओष्ठ्य, स्पर्शी, सघोष, अल्पप्राण व्यञ्जन ध्वनि; पवर्गको तेस्रो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; बाटुलो ब।
60437 बँझिनु अ.क्रि. १. बाँझो हुनु; बाँझो बस्नु।
60438 बँझिनु अ.क्रि. २. एकचोटि आवाद भएको जमिन पछि पर्ती पार्नु; बाँझिनु।
60439 बँझिनु अ.क्रि. ३. स्त्रीजातिमा सन्तान नहुनु।
60440 बँझ्यlइ ना. बाँझिने भाव, क्रिया वा प्रक्रिया।
60441 बँझ्यlइनु क.क्रि. बँझिन लाइन; बाँझो पारिनु।
60442 बँझ्याउनु प्रे.क्रि. १. बँझिने पार्नु; बँझिन लाउनु। स.क्रि.
60443 बँझ्याउनु प्रे.क्रि. २. बालीनाली केही नलगाई खेतबारी बाँझो राख्नु।
60444 बँझ्याउनु प्रे.क्रि. ३. औषधीका प्रयोगले कोखलाई गर्भ नरहने तुल्याउनु।
60445 बँडाइ ना. बाँड्ने क्रिया वा प्रक्रिया।
60446 बँडाइनु क.क्रि. बाँड्न लाइनु।
60447 बँडाउनु प्रे.क्रि. बाँड्न लाउनु।
60448 बँदिया ना. छाइएको छानो उधारेर झिकिएको पुरानो खर, पराल।
60449 बँदेल ना. बनेल।
60450 बँधाइ ना. बाँध्ने क्रिया वा प्रक्रिया।