Dictionary

All Word

60151 फेसन ना. २. चालचलन; रीतिरिवाज; ढाँचाकाँचा।
60152 फेसनदार वि. शृङ्गार, सजावट आदिमा नयाँ ढाँचाकाँचा भएको; फेसन मन पराउने।
60153 फेसनदारी ना. नयाँ ढाँचाकाँचा भएको चालचलन वा रीतिरिवाज।
60154 फेसनेबुल वि. आधुनिक शृङ्गारले सुसज्जित; नयाँ किसिमको पहिरनले युक्त।
60155 फेसन सो शृङ्गारपटार र प्रसाधनको सार्वजनिक प्रदर्शन।
60156 फेसो ना. १. कोदालो, बन्चरो आदिका बिँड पासामा घुसार्दा खुकुलो भएको खण्डमा कसिलो वा नहल्लने पार्न घुसारिने चोइटो वा छेस्को; पाड़को।
60157 फेसो ना. २. काठ चिर्दा करौँती नच्यापियोस् भनी चिरेको धर्सोमा हालिने चुकुल।
60158 फेहरिस्त ना. कुनै विषय वा वस्तुको क्रमबद्ध नामाङ्कन; सूची; तालिका।
60159 फैका ना. फरेब।
60160 फैल वि. हे. फयल।
60161 फैलनु अ.क्रि. १. कुनै वस्तु सङ्कुचित स्थितिबाट विस्तृत हुनु; फिँजिन; फैलिनु।
60162 फैलनु अ.क्रि. २. कुरा, समाचार, नाउँ आदिको प्रचार हुनु; विख्यात हुनु।
60163 फैलाइ ना. फैलने क्रिया वा प्रक्रिया।
60164 फैलाइनु क.क्रि. फैलने पारिनु; फैलन लाइनु।
60165 फैलाउ ना. फैलने क्रिया; विस्तार।
60166 फैलाउनु प्रे. क्रि. / स.क्रि. फैलने पार्नु; प्रचार गराउनु; फिँजाउनु; पाँज्नु।
60167 फैलावट फैलने क्रिया वा प्रक्रिया; फैलिएको परिमाण; फराक; विस्तार।
60168 फैलाहट ना. फैलने भाव, क्रिया वा प्रक्रिया।
60169 फैलिनु अ.क्रि फिँजिनु सर्वत्र प्रचार हुनु; फैलिने होइनु।
60170 फैलोट ना. फैलिएको परिधि वा परिमाण; फैलावट।
60171 फैसला ना. १. फसेला पनि। वादी र प्रतिवादीका बिचमा उपस्थित भएका विवादको निर्णय; कुनै मुद्दामामिलामा हकबेहक छुट्याई वा उजुरी साँचो झुटो ठहराई अदालतले गरेको निर्णय।
60172 फैसला ना. २. निर्णय; ठहर।
60173 फैसला सुनुवाइ ना. कुनै मुद्दामामिलामा अदालतले गरेको अन्तिम निर्णय सुनाउने काम।
60174 फोइनु क.क्रि. फुकाइनु; खोलिनु।
60175 फोकट वि . बेकम्माको; व्यर्थको; फोगट।
60176 फोकस ना. १. छरिएका किरणहरू एकत्रित भएर रहने ठाउँ वा विन्दु।
60177 फोकस ना. २. फोटो लिँदा लेन्सद्वारा चित्र लिइने वस्तुको छायाँलाई नियत स्थानमा स्थिर गर्ने प्रक्रिया।
60178 फोकाफोकी ना. सानाठुला फोकाहरूको समूह।
60179 फोके वि. फोको भएको; फोको उठेको।
60180 फोको ना. १. जिउमा उब्जेको मासुभित्र पानी वा पिप भरिएको पिण्ड; खटिरो।
60181 फोको ना. २. फुकुन्डो; फुँडुल्को।
60182 फोको ना. ३. पानीको फिँजभित्र हावा घुसेर उठ्ने डल्लो; बुदबुद।
60183 फोक्से वि. १. फोक्सो झैँ फुलेको।
60184 फोक्से वि. २. सुनिएर पहेँलो देखिएको।
60185 फोक्से वि. ३. रगतविनाको मासु लागेर गाला पुक्क परेको। ना.
60186 फोक्से वि. ४. बाक्लो बोक्रा हुने कालीज्यामिरका आकारको तर निकै ठुलो, पाक्ता राता बिजुला हुने, काँचैमा अमिलो र पाक्ता गुलियो हुने क प्रकारको फल; टाप।
60187 फोक्से माया ना. देखावटी माया।
60188 फोक्से मासु ना. सिकिस्त भएर उठेपछि लागेको रगतविनाको मासु।
60189 फोक्से सास ना. फोक्सोबाट निस्कने र भाषिक ध्वनिको उच्चारणमा सहायता पुऱ्याउने सास।
60190 फोक्से सिँगान ना. नाकबाट हत्तपत्त नझर्ने फिँजैफिँज भरिएको बाक्लो सिँगान।
60191 फोक्सो ना. प्राणीको छातीभित्र रहेको सास फेर्ने मुख्य अवयव; फुप्फुस।
60192 फोगट वि. कुनै काममा पनि नआउने; बेकामे; व्यर्थको; निरर्थक; फोकट।
60193 फोगटा ना. हे. फोगटो।
60194 फोगटाफोगटी ना. सानाठुला फोगटाहरूको समूह।
60195 फोगटिया वि. कुनै काममा नआउने; विनाकामको; व्यर्थको।
60196 फोगटो ना. सानो आँठो वा आली लगाई बनाइएको, खेतको सानो गरो वा पाटो; फगटो।
60197 फोगल्टो ना. १. अर्थ न बर्थको काम-कुरो; बेकारको वस्तु।
60198 फोगल्टो ना. २. भित्र चामल नपसेको फोस्रो धान; पोगटो।
60199 फोगिन वि. माग्ने कामबाट जीवन धान्ने; अकिञ्चन; मगन्ते।
60200 फोटो ना. आधुनिक वैज्ञानिक प्रक्रियाद्वारा क्यामराले खिचेको तस्बिर; छायाचित्र।