Dictionary

All Word

60051 फूल ना. ५. ल्वाङका टुप्पामा फुकेर रहेको फस्को अंश; ल्वाङको गोटा।
60052 फूलकपास ना. पाँच-छ महिनामा पाक्ने वा फुल्ने कपास; फुट्टा कपास।
60053 फूलगोभी ना. फूलकोपी।
60054 फूलजडी/झडी/झरी ना. फूलका आकारका झल्का निस्कने एक प्रकारको आतसबाजी।
60055 फूलदान/दानी ना. शोभाका निमित्त फूलहरूको गुच्छो राख्ने काँच, धातु, माटो आदिको भाँडो।
60056 फूलपाती ना. १. फूल र पात। २ आश्विन शुक्ल सप्तमीको दिन।
60057 फूलपाती ना. ३. उक्त दिन दुर्गापूजाका निमित्त भित्र्याइने पत्र, पुष्प आदि।
60058 फूलप्रसाद ना. कुनै शुभ कार्य, यज्ञ आदिमा वा देउदेउतालाई चढाइएको फूल, अछेता, नैबेद आदि।
60059 फूलबारी ना. फूल रोपिने वा फूल भएको बगैँचा।
60060 फेँक्नु स.क्रि. हे. फ्याँक्नु।
60061 फेँकाइ ना. फेँक्ने क्रिया वा प्रक्रिया।
60062 फेँकाइनु क.क्रि. फेँक्न लाइनु।
60063 फेँकाउनु प्रे. क्रि. फेँक्न लाउनु।
60064 फेँकिनु क.क्रि. फेँकने काम गरिनु।
60065 फेका ना. भाषण, नाचगान आदिको समाप्तिमा दिइने प्रशंसासूचक ताली।
60066 फेचो ना. १. तेल पेल्नका निम्ति तयार पारिएको फुलो माड्ने काम।
60067 फेचो ना. २. तेल पेल्ने कोल।
60068 फेट्नु स.क्रि. १. तरल पदार्थमा बिलाउने खालको कुनै चूर्ण पदार्थ हालेर घोल्नु; फिट्नु; फाउनु।
60069 फेट्नु स.क्रि. २. तासका पत्तीहरू तलमाथि पर्ने गरी फिट्नु।
60070 फेट ना. १. वरिपरि लगाइएको वा उठाइएको घेरो; गिर्दा।
60071 फेट ना. २. मानिसहरूका बस्तीको एक समूह; टोल।
60072 फेटा ना. १. टोपीको सट्टा फेरो पारेर शिरमा बेरिने कपडा।
60073 फेटा ना. २. एक प्रकारको पगरी; पाग; साफा।
60074 फेटाइ ना. फेट्ने क्रिया वा प्रक्रिया।
60075 फेटाइनु क.क्रि. फेट्न लाइनु।
60076 फेटाउनु प्रे.क्रि. फेट्न लाउनु; फिटाउनु।
60077 फेटिनु क.क्रि. फेट्ने काम गरिनु; फिटिनु।
60078 फेत ना. कविता वा श्लोकको पहिलो पाउ वा चरण; एक पङ्क्ति।
60079 फेत्तु ना. पेटेभोटो।
60080 फेद ना. १. रुखको जराभन्दा माथिल्लो तथा हाँगा लाग्नुभन्दा तल्लो भाग।
60081 फेद ना. २. पहाडका पुछार वा उकालो लाग्ने ठाउँको जमिन।
60082 फेद ना. ३. गाजर, मुला आदिको साग पलाउनेपट्टिको भाग।
60083 फेद ना. ४. पुस्तक आदिको सुरुको भाग।
60084 फेद टुप्पो ना. १. रुख आदिको फेद र टुप्पो।
60085 फेद टुप्पो ना. २. पहाड आदिको फेद र टुप्पो।
60086 फेद टुप्पो ना. ३. किताब आदिको सुरु र अन्त।
60087 फेदाङ्मा ना. लिम्बूजातिका घरका देवीदेवताको पूजा गर्ने र शुभकार्य समापन गर्ने तथा हरेक धार्मिक कार्य सम्पन्न गराउने जातीय पुरोहित।
60088 फेदी ना. १. पहाडको तल्लो भाग; पुछार।
60089 फेदी ना. २. उपत्यका; बेसी।
60090 फेदी ना. ३. एक बाली लिइसकेपछि ठुटाबाट नै उम्रने अर्को बाली।
60091 फेन ना. फिँज; गाज।
60092 फेनक ना. फिँज; फेन।
60093 फेनिल वि. फेन वा फिँज भएको; फेनयुक्त।
60094 फेब्रुअरी ना. ग्रेगोरी पात्रोअनुसार सामान्य रूपले अट्ठाइस दिन हुने, वर्षको दोस्रो महिना; माघ र फागुनका बिचमा पर्ने इस्वी महिना; फरबरी। (प्रत्येक चार वर्षमा यो महिना उनन्तिस दिनको हुन्छ)।
60095 फेम्मर ना. दुलाहाका तर्फबाट दुलहीका माइतीमा लगिने प्रथाअनुसारका मालसामान।
60096 फेर्नु स.क्रि. १. कुनै एकसँग अर्को साट्नु वा बदल्नु; सट्टापट्टा गर्नु; परिवर्तन गर्नु।
60097 फेर्नु स.क्रि. २. उल्टो पार्नु; उल्टाउनु।
60098 फेर्नु स.क्रि. ३. बदला लिनु; साटो फेर्नु।
60099 फेर्नु स.क्रि. ४. जपमाला घुमाउनु।
60100 फेर्नु स.क्रि. ५. घोडा आदिलाई मण्डलाकार गतिमा घुमाउनु; कावा खुवाउनु।