Dictionary

All Word

60201 फोटोग्राफ ना. फोटो।
60202 फोटोग्राफर ना. फोटोकार; छविकार।
60203 फोटोग्राफी ना. फोटो खिच्ने कला वा विद्या; फोटोविज्ञान।
60204 फोटो लिथो ना. फोटोग्राफीसम्बन्धी यन्त्रबाट निकालिने नकल प्रति।
60205 फोटो कपी ना. प्रतिच्छवि; प्रतिकृति चित्र।
60206 फोड्नु स.क्रि. हे. फोर्नु।
60207 फोडफाड ना. फोरफार।
60208 फोडा ना. गर्मीयाममा रक्तविकारबाट उच्छ्रने खटिरो।
60209 फोडाइ ना. फोड्ने क्रिया वा प्रक्रिया।
60210 फोडाइनु क.क्रि. फोड्न लगाइनु; फोराइनु।
60211 फोडाउनु प्रे.क्रि. फोड्न लगाउनु; फोराउनु।
60212 फोडाफोड ना. फोराफोर।
60213 फोडिनु क.क्रि. फोड्ने काम गरिनु; फोरिनु।
60214 फोडुवा वि. फोरुवा; फोडिएको; टुक्रा पारिएको (सुपारी आदि)।
60215 फोन ना. १. टाढाका मानिसले परस्पर दुईतिरबाट वार्तालाप गर्ने यन्त्र; टेलिफोन।
60216 फोन ना. २. फोनोग्राफ।
60217 फोनोग्राफ ना. रेकर्डमा भरिएका गानाबजाना बजाउने यन्त्र; ग्रामोफोन।
60218 फोर्नु स.क्रि. १. सिङ्गो वस्तुलाई दुई फ्याक पार्नु; फुटाल्नु; फोड्नु।
60219 फोर्नु स.क्रि. २. चिर्नु; फटाउनु। ३ छुट्ट्याउनु; अलग पार्नु।
60220 फोर्नु स.क्रि. ४. कुनै समूहलाई दुई समूहमा विभाजित गर्नु।
60221 फोर ना. गोरु, राँगा आदिले तान्ने गाडीका वारपार पुग्ने लामा र मुख्य काठ।
60222 फोरफार ना. १. फोर्ने र फार्ने काम।
60223 फोरफार ना. २. बिगार्ने वा भत्काउने काम।
60224 फोरफार ना. ३. नाश गर्ने काम; ध्वंस गर्ने काम।
60225 फोरबाँस ना. १. फोरेर भाटा वा चिम बनाउने खालको बाँस।
60226 फोरबाँस ना. २. पोरो बनाउन हुने बाँस।
60227 फोरम्यान ना. कारखानाका काममा अरूलाई निर्देशन गर्ने नाइके।
60228 फोराइ ना. फोर्ने क्रिया वा प्रक्रिया।
60229 फोराइनु क.क्रि. फोर्न लाइनु; फोडाइनु।
60230 फोराउनु प्रे.क्रि. फोर्न लाउनु; फोडाउनु।
60231 फोराफोर ना. परस्परमा एक अर्काका सामान वा टाउका फोड्ने काम; फोडाफोड।
60232 फोरिनु क.क्रि. फोर्ने काम गरिनु; फोडिनु।
60233 फोरुवा वि. फोरिएको; टुक्रा पारिएको; फोडिएको।
60234 फोरुवा बाँस ना. फोरिएको बाँस; चिरिएको बाँस।
60235 फोरुवा सुपारी ना. फोरिएको वा टुक्याइएको सुपारी।
60236 फोरो ना. हे. पोरो।
60237 फोल्डर ना. १. हलाक टिकटको परिचयात्मक साहित्य लेखिएको र फिलाटेलिक महत्त्व रहने, पट्याइएको कागजी वस्तु। वि.
60238 फोल्डर ना. २. कुनै वस्तुलाई मिलाएर पट्याइएको।
60239 फोल्डिङ ना. पट्याउने काम।
60240 फोसा ना. १. कुनै वस्तु खरिद गरेपछि सित्तैँ मागिने सानोतिनो वस्तु; तासा।
60241 फोसा ना. २. विनाप्रयासको आम्दानी; विनामूल्यमा उपलब्ध भएको वस्तु।
60242 फोसी ना. बिट फर्केको मुख र पेट प्रायः बराबर रहने तामा वा पित्तलको ठुलो ठाडो भाँडो।
60243 फोस्रिनु अ.क्रि. १. फलफूल वा दानादार वस्तुका बोक्राभित्र गुदी नभई फोस्रो हुनु; गुदी पुष्ट नहुनु।
60244 फोस्रिनु अ.क्रि. २. आशा पूर्ण नहुनु; प्रयास खेर जानु; हिस्सिनु।
60245 फोस्रिनु अ.क्रि. ३. घाउ खटिरा आदि पानी मरेर बिसेक हुन आँट्नु वा निको भएर भुवा उड्न थाल्नु।
60246 फोस्रे वि. फोस्रो।
60247 फोस्रो १ ना. खस्रा पात, झुप्पा परेका सेता फूल, सानासाना गुलियो स्वादका काला गेडा हुने, घाँस गाईबस्तुले खाने र बोक्राको पाट काडिने एक जातको बोट।
60248 फोस्रो २ वि. १. सार वा गुदी नभएको; खोक्रिएको; सारहीन।
60249 फोस्रो २ वि. २. निष्फल भएको।
60250 फोस्रो २ वि. ३. मकाएको।