Dictionary

All Word

59851 फुरु ना. १. विशेष गरी भोटे जातिले प्रयोग गर्ने काठको बटुको।
59852 फुरु ना. २. चिया खाने काठको प्याला वा कप।
59853 फुरुक्क क्रि.वि. आफ्नो प्रशंसा सुन्दा वा मनको इच्छा पूर्ण हुँदा दङ्ग पर्ने गरी; आफूले चिताएको वस्तु प्राप्त हुँदा फुर्किएर; फुरुङ्ङ।
59854 फुरुङ्ङ क्रि.वि. १. फुरुक्क।
59855 फुरुङ्ङ क्रि.वि. २. खुसी, घमन्ड आदिले फुल्ने गरी।
59856 फुरौला / फुरौलो ना. १. मास, फापर आदि पिंधेर घिउतेलमा फुराएर बनाइने डल्लो खानेकुरो; फुलौरा।
59857 फुरौला / फुरौलो ना. २. फुरौलोजस्तो भएर उठेको टुटुल्को।
59858 फुर्कनु अ.क्रि. १. कुनै कुराले सन्तोष लिएर मक्ख पर्नु; फुरुक्क हुनु; फुर्किनु। २ घमन्डले फुल्नु; अभिमान गर्नु।
59859 फुर्काइ ना. फुर्कने भाव, क्रिया वा प्रक्रिया।
59860 फुर्काइनु क.क्रि. फुर्कन लाइनु; फुर्कने पारिनु।
59861 फुर्काउनु प्रे. क्रि. फुर्कन लाउनु; फुर्कने पार्नु।
59862 फुर्किनु अ.क्रि. फुरुक्क पारिनु; फुर्कने होइनु।
59863 फुर्की वि. पुछारका झुप्पाका रौं सेतो भएको (गाई)।
59864 फुर्के वि. १. फुर्को भएको; फुर्को परेको।
59865 फुर्के वि. २. पुछारका झुप्पाका रौं सेतो भएको (गोरु )।
59866 फुर्के घाँस ना. टुप्पामा फुर्को भएको, पाखाबारीमा पलाउने घाँस।
59867 फुर्के थैलो ना. कपडाका टुक्राहरू गाँसिएको थैली।
59868 फुर्के धागो ना. टुप्पामा फुर्का भएको, स्वास्नीमान्छेले कपालमा लाउने धागो।
59869 फुर्के बन्सो ना. टुप्पामा देखिने फुर्कामा प्याजी रङ हुने एक जातको बन्से घाँस।
59870 फुर्को ना. १. स्त्रीजातिले कपालमा लगाउने धागाका टुप्पामा रहेको गुजुल्टो।
59871 फुर्को ना. २. गलबन्दी, पछ्यौरा, इँजार आदिका छेउमा हुने झालर वा झुप्पो।
59872 फुर्को ना. ३. धरो; धुर्को।
59873 फुर्क्याइ ना. फुर्किने भाव, क्रिया वा प्रक्रिया।
59874 फुर्क्याइनु क.क्रि. फुर्किन लाइनु; फुर्किने पारिनु।
59875 फुर्क्याउनु प्रे. क्रि. फुर्किन लाउनु; फुर्किने पार्नु।
59876 फुर्क्याहट ना. फुर्किने भाव, अवस्था वा क्रियाप्रक्रिया।
59877 फुक्र्योट ना. फुर्कने वा खुसी हुने काम; फुक्र्याइ।
59878 फुर्तिलो वि. फुर्ती भएको; कामकाजमा छिटो र जाँगरिलो।
59879 फुर्ती ना. फुइँफाइँ।
59880 फुर्तीफार्ती ना. फुर्ती वा जाँगर, उत्साह, सक्रियता आदि देखाउने काम; फुर्तीफार्ती।
59881 फुर्तीबाजी ना. ज्यादै फुर्ती लडाउने काम वा स्वभाव।
59882 फुर्तीवाल वि. फुर्ती भएको।
59883 फुर्माइ ना. फुर्माउने भाव, क्रिया वा प्रक्रिया।
59884 फुर्माइनु क.क्रि. फुर्माउन लाइनु; फर्माइनु।
59885 फुर्माइस ना. हे. फर्माइस।
59886 फुर्माइसी ना. हे. फर्माइसी।
59887 फुर्माउनु स.क्रि. १. कुनै कुरा राम्ररी सिँगारेर वा सिप लाएर बनाउनु; चिटिक्क पार्नु।
59888 फुर्माउनु स.क्रि. २. फर्माउनु।
59889 फुर्मास ना. १. मनखुसी वा कुनै उपलक्ष्यमा गरिने बढ्ता खर्च फुर्माइस।
59890 फुर्मास ना. २. कुनै चिज विशेष रूपले बनाउन वा ल्याउनका निम्ति दिइने आज्ञा वा आदेश।
59891 फुर्मासी वि. १. फुर्मास गरिएको फुर्माइएको।
59892 फुर्मासी वि. २. आवश्यकभन्दा बढी खर्च भएको। ना.
59893 फुर्मासी वि. ३. मुख्य काममा नभएर साधारण आवश्यकताका निम्ति छुट्ट्याइएको रकम वा वस्तु (जस्तो- फुर्मासी खर्च, फुर्मासी लुगा आदि)।
59894 फुर्र क्रि.वि. १. एकै झमटमा हावामा कागत, पात अदि उड्ने गरी
59895 फुर्र क्रि.वि. २. चरा, पुतली आदि उड्ने किसिमले।
59896 फुर्र क्रि.वि. ३. मुखमा पानी वा सातु हालेर फुक्ता शब्द आउने किसिमले।
59897 फुर्र क्रि.वि. ४. घिउ-तेलमा कुनै वस्तु फुर्ने वा फुराइको शब्द आउने गरी
59898 फुर्रा ना. केटाकेटीले उफ्रँदै, दगुर्दै खेल्ने एक किसिमको खेल।
59899 फुर्लुङ ना. चोयाले बुनेको, मुख केही सानो र पेट फुकेको हुने, चरा, माछा, कुराउनी आदि हाल्ने भाँडो; कँडालीका छाँटको त्यस्ता कोसेलीपात हाल्ने पेरुङ्गो।
59900 फुर्सत / फुर्सद ना. कामबाट खाली रहेको समय; काम नभएको बेला; खाली समय; अवकाश।