Dictionary

All Word

59551 फिलफिले वि. २. चिप्लो परेको।
59552 फिलवान ना. माहुते।
59553 फिलाटिलिस्ट वि. १. हुलाक टिकटहरूको सङ्कलन गर्ने; टिकट-सङ्कलक। ना.
59554 फिलाटिलिस्ट वि. २. फिलाटेलीसँग सम्बन्धित व्यक्ति।
59555 फिलाटेलिक ना. हुलाकटिकटको सङ्कलनसम्बन्धी काम; हुलाकटिकटको टिकटहरूको सङ्ग्रह गर्ने क्रिया।
59556 फिलाटेली ना. हुलाकटिकटको सङ्कलन; टिकटसङ्कलन गर्ने काम।
59557 फिलिङ्गी वि. आँखा तथा कपाल कैलो र जिउ गोरो भएकी; कैली, गोरी (स्त्री); मीम।
59558 फिलिङ्गे ना. फिलिङ्गो भएको; फिलुङ्गे।
59559 फिलिङ्गे बाँस ना. एक जातको बाँस।
59560 फिलिङ्गो ना. काठ वा दाउरा बलेको झर्झराउँदो आगो; बल्दो अँगार वा कोइला।
59561 फिलुङ्गे ना. १. हरिया पातमा अरू रङका थोप्लाथोप्ली हुने एक प्रकारको कार।
59562 फिलुङ्गे ना. २. कमला र खोक्रा डाँठ हुने, पहेँलो फूल फुल्ने र सयपत्री फूलका जस्ता बीज हुने तथा त्यसको तेल पेलिने, कुटेर वा धुलो पारेर अचारसमेत खान हुने बाली।
59563 फिलुङ्गे झार ना. फिलुङ्गे।
59564 फिलुङ्गे फूल ना. फिलुङ्गेका जस्ता पातला पत्र भएका फूल फुल्ने एक जातको फूल।
59565 फिलो ना. १. चाकका दुईतिरका चक्का वा मांसपिण्ड।
59566 फिलो ना. २. खुट्टाका पछाडिपट्टि जोर्नीमा रहेका भुक्क उठेका दुईतिरका भाग; पुट्ठा।
59567 फिल्ड ना. १. बालीनाली लगाइने जग्गा; खेत।
59568 फिल्ड ना. २. समथर मैदान; चौर।
59569 फिल्ड बुक ना. १. जग्गा आदिको नापी गर्न प्रयोगमा ल्याइएको पुस्तिका।
59570 फिल्ड बुक ना. २. जग्गाधनी र मोहीले कमाएको जग्गाको विवरण लेखिएको किताब; क्षेत्रीय पुस्तिका।
59571 फिल्ड मार्सल ना. फौजी अतिरथी दर्जा।
59572 फिल्म ना. १. फोटो वा छायाचित्र खिच्न रासायनिक प्रक्रियाले बनाइएको सेलोलाइड आदिको लामो पत्र वा पट्टी।
59573 फिल्म ना. २. उक्त प्रकारको पट्टीमा खिचिएको चित्र वा त्यसैको सहायताले देखाइने चलचित्र।
59574 फिल्म क्यान ना. चलचित्रका रिल राख्ने धातुको डब्बा।
59575 फिस १ ना. १. शिक्षक, डाक्टर, वकिल आदिलाई दिइने पारिश्रमिक। २ विद्यालय, क्याम्पस आदि संस्थालाई अध्ययन गरेबापत बुझाउनुपर्ने शुल्क।
59576 फिस १ ना. ३. कुनै कामका लागि कार्यालयमा लाग्ने रकम; दस्तुर।
59577 फिस २ वि. १. अति तुच्छ; फुस्सा।
59578 फिस २ वि. २. ज्यादै थोरै; पितिक्क।
59579 फिसफिस क्रि.वि. १. कुनै वस्तुमा बन्द रहेको हावा अलिअलि गरेर खुस्कने गरी।
59580 फिसफिस क्रि.वि. २. ज्यादै फस्को र कमलो भई हलुकोसँग चुँडिने वा खुस्किने किसिमले।
59581 फिसफिसती क्रि.वि. फिसफिस; फिसफिसी।
59582 फिसफिसाउँदो वि. फिसफिस जाने; फिसफिस गर्दो।
59583 फिसफिसी क्रि.वि. फिसफिस।
59584 फिसफिसे वि. फिस्सफिस्स जाने, च्यातिने वा चुँडिने।
59585 फिसिक्क क्रि.वि. १. मन नलागी- नलागी र दाँत नदेखाईकनै ओठले मात्र हाँस्ने गरी।
59586 फिसिक्क क्रि.वि. २. पातलो र कमलो वस्तु हलुको किसिमले च्यातिएर।
59587 फिसोल्नु स.क्रि. १. कसैलाई आलेटाले गरेर काममा अल्झाउनु वा झुलाउनु।
59588 फिसोल्नु स.क्रि. २. कुनै काम बन्न वा सप्रन नदिनु।
59589 फिसोल्नु स.क्रि. ३. यताउति गरेर टार्नु; फासफुस पार्नु।
59590 फिसोलाइ ना. फिसोल्ने क्रिया वा प्रक्रिया।
59591 फिसोलाइनु क.क्रि. फिसोल्न लाइनु।
59592 फिसोलाउनु प्रे. क्रि. फिसोल्न लाउनु।
59593 फिसोलिनु क.क्रि. फिसोल्ने काम गरिनु।
59594 फिसौटो ना. १. ज्यादै तुच्छ वस्तु।
59595 फिसौटो ना. २. ज्यादै थोरै चिजबिज।
59596 फिस्टी वि. १. फिस्टोजस्ती सानी; साह्रै सानी। ना.
59597 फिस्टी वि. २. भँगेरीभन्दा सानो आकारको एक चरो; फिस्टाको पोथी रूप।
59598 फिस्टे वि. फिस्टोजस्तो सानो; धेरै सानो।
59599 फिस्टो ना. भँगेरोभन्दा पनि सानो आकारको एक जातको चरो।
59600 फिस्स क्रि.वि. १. सामान्य बल पर्नेबित्तिकै फाट्ने वा च्यातिने भएर; छुनेबित्तिकै चुँडिने वा फुस्किने किसिमले।