Dictionary

All Word

59401 फालाफाल ना. १. कुनै वस्तु परस्परमा यताउति फाल्ने वा मिल्क्याउने काम; फ्याँकाफ्याँक।
59402 फालाफाल ना. २. चाहिएभन्दा धेरै भएर गरिने मिल्कामिल्की; आफलताफल।
59403 फालाफाल ना. ३. बेथितिसँग फाल्ने वा हुत्त्याउने स्थिति।
59404 फालिनु क.क्रि. फाल्ने काम गरिनु; आफलिनु।
59405 फाली १ ना. गाई-भैँसी दुहुँदा लात्ती नचलाउने वा नउफ्रिने पान पछाडिको खुट्टो बाँध्ने डोरी; छाँद; फाले।
59406 फाली २ ना. १. हलाका टुप्पापट्टि जडिने फलामको तिखो अवयव; फाल।
59407 फाली २ ना. २. रन्दामा लगाएर ताछ्ने धारिलो वस्तु।
59408 फाली घर ना. हलाका टुँडामा फाली अड्याउन खोपेर बनाइएको ठाउँ।
59409 फाले ना. घोडा वा भैँसीका अगाडि वा पछाडिका खुट्टा बाँध्ने डोरी; छाँद; फाली।
59410 फाले पाथी ना. बालीमा काम लगाउने गरिए तापनि फाली कमाएर ल्याएबापत मङ्सिरमा दिइने एक पाथी अन्न।
59411 फाल्गुन ना. सौरमानअनुसार वर्षको एघारौँ महिना; माघ र चैतका बिचको महिना; फागुन।
59412 फाल्गुनी ना. १. फाल्गुन शुक्ल पूर्णिमा; फागुपूर्णिमा।
59413 फाल्गुनी ना. २. पूर्वाफाल्गुनी वा उत्तराफाल्गुनी नक्षत्र।
59414 फाल्टु/फाल्तु वि. १. नचाहिँदो; अनावश्यक।
59415 फाल्टु/फाल्तु वि. २. आवश्यक काम टरेर उम्रेको।
59416 फाल्टु/फाल्तु वि. ३. रद्दी; बेकम्मा।
59417 फाल्टु/फाल्तु वि. ४. चानचुने; खुद्रा; फुटकर।
59418 फाल्सा १ ना. ठुलठुला खस्रा पात, पहेँला फूल र भित्र एक वा दुई बीज हुने, काफलको जस्तो स्वाद र पिपलको जस्तो फल फल्ने एक वृक्ष वा सोही वृक्षको फल।
59419 फाल्सा २ /फाल्सो ना. १. जमेको रगतको डल्लो।
59420 फाल्सा २ /फाल्सो ना. २. लुगाफाटाको सानोतिनो टुक्रो।
59421 फावर गीत ना. दैनिक जीवनको रामरउस र मायापिर्ती लगाउने सम्बन्धमा गाइने, तामाङ जातिमा प्रचलित एक लोकगीत।
59422 फावा ना. फाउ; फागु।
59423 फास न फुस/फासफुस ना. १. काम नलाग्ने वा महत्त्वहीन भई कुनै वस्तु त्यसै बिलाउने वा हराउने काम; फास्स न फुस्स।
59424 फास न फुस/फासफुस ना. २. बन्द हावा अलिअलि गरेर फुस्कने प्रक्रिया।
59425 फासफुसे वि. १. विनाप्रयोजनको; विशेष महत्त्व नभएको।
59426 फासफुसे वि. २. हावा फुस्कने खालको।
59427 फासफुसे वि. ३. महत्त्व नभएको।
59428 फासलाङफुसलुङ ना. १. अलमलमा पारेर झुक्याउने काम।
59429 फासलाङफुसलुङ ना. २. फकाउने काम।
59430 फासिज्म ना. १. प्रभुसत्ता कुनै निरङ्कुश शासकमा केन्द्रित हुने एक शासनव्यवस्था; अधिनायकवाद; तानाशाही।
59431 फासिज्म ना. २. मुसोलिनीका समयको इटालीमा प्रचलित त्यस प्रकारको कट्टर राष्ट्रवादी शासनव्यवस्था।
59432 फासिस्ट वि. १. फासिज्मका सिद्धान्तलाई मान्ने।
59433 फासिस्ट वि. २. सम्पूर्ण अधिकार आफ्ना हातमा लिएर निरङ्कुशताको विरोध गर्नेहरूको निर्दयतापूर्वक दमन गर्ने; अधिनायकवादी। ना.
59434 फासिस्ट वि. ३. फासिज्मका सिद्धान्तलाई आधार मानेर बनेको इटालीको एक राजनीतिक दलका सदस्य।
59435 फास्टो ना. १. छोइपासो।
59436 फास्टो ना. २. नचाहिँदो झमेला; झन्झट।
59437 फाहा ना. १. शोभाका निम्ति अत्तरका सिन्कामा फूलका आकृतिमा बेरिने, विभिन्न रङको कपासको डल्लो।
59438 फाहा ना. २. पाउडर आदि घस्ने भुवा।
59439 फाहा ना. ३. मुखमा घस्ने पाउडर।
59440 फाहा ना. ४. गहनामा हीरा, माणिक आदिलाई चम्किलो पार्न जडिने वस्तु वा त्यसरी चम्किलो पार्ने काम।
59441 फिँज ना. पानीका ससाना थोपा वा फोकाहरूको समुदाय; पानीमा साबुन, सोडा आदि पर्दा निस्कने गाज।
59442 फिँज्नु स.क्रि. १. खुम्चिएको वा सोहोरिएर थुप्रिएको वस्तुलाई तन्काएर पाँज्नु।
59443 फिँज्नु स.क्रि. २. नाउँ, कीर्ति, खबर वा पत्रपत्रिका आदिको व्यापक प्रचार गर्नु।
59444 फिँज्नु स.क्रि. ३. फैलाउनु; फिजाउनु।
59445 फिँजाइ ना. फिँज्ने वा फिँजाउने क्रियाप्रक्रिया।
59446 फिँजाइनु क.क्रि. फिँजिने पारिनु ; फैलाइनु।
59447 फिँजाउनु प्रे. क्रि. १. फिँज्ने पार्नु; फैलाउनु। स.क्रि.
59448 फिँजाउनु प्रे. क्रि. २. फिँज्नु; प्रचार गर्नु।
59449 फिँजिनु अ.क्रि. फिँजिने होइनु; फैलिनु।
59450 फिई डिप्पी डेस ना. विश्वप्रसिद्ध पहिलो हुलाकी; फारसी र एथेनियनबिच भएको इ. पू. ४९० तिरका लडाइँमा आफ्ना पक्षको विजयसन्देश बोकी दौडेर जाँदाजाँदै नगरद्वारमा पुग्नासाथ मर्ने इमान्दार एथेनियन सन्देशवाहक।