Dictionary

All Word

59451 फिक ना. पान, खैनी, सुर्ती आदि खाएर थुकिने थुक; पिक।
59452 फिकदानी ना. थुक्ने भाँडो।
59453 फिकदार ना. राजाको फिकदानी साफ गर्ने आदि काम गर्ने नोकर।
59454 फिकबिर्ता ना. राजाको सेवा गर्ने फिकदार वा नोकरहरूलाई बकस भएको बिर्ता जग्गा।
59455 फिका/फिक्का वि. १. स्वाद नपुगेको वा नभएको; खल्लो।
59456 फिका/फिक्का वि. २. उज्जर वा चहकिलो नभएको; हल्का (रङ)।
59457 फिका/फिक्का वि. ३. मधुरो; मलिन; अँध्यारो (मुख आदि)।
59458 फिका/फिक्का वि. ४. कम महत्त्वको; त्यति उपयोगी नभएको।
59459 फिका/फिक्का वि. ५. खिन्न; दिग्दार।
59460 फिका चिया ना. दुध वा चिनी नहालेको, नपुगेको अथवा चियाको रङ कम्ती भएको चिया।
59461 फिक्री ना. १. कुनै विषयप्रति भएको चिन्ता; सुर्ता।
59462 फिक्री ना. २. त्यस्तो विषयप्रतिको चासो; वास्ता; पर्वाह।
59463 फिट्नु स.क्रि. १. पग्लने वा घोलिने वस्तु पन्यालो पदार्थमा मिलाउनका निम्ति घुमाई-घुमाई हल्लाउनु; हँडल्नु; फेट्नु। २ तास, गन्जिफा आदिका चाडका चक्कीलाई तलमाथि पार्नु; तलास्नु।
59464 फिट ना. १. फुटको बहुवचन; फिट।
59465 फिट ना. २. फुट।
59466 फिटकिरी ना. कुनै सेता गेडा फ्याँक्ने र ती खोजेर ल्याउँदा खोस्न आउनेबाट बच्दै बढी माउलाई दिने एक खेल।
59467 फिटन ना. हे. फिटिन।
59468 फिटर ना. यन्त्र वा मिसिनका विभिन्न पुर्जा जडान गर्ने व्यक्ति।
59469 फिटाइ ना. फिट्ने क्रिया वा प्रक्रिया।
59470 फिटाइनु क.क्रि. फिट्न लाइनु; फिट्ने पारिनु; फेटाइनु।
59471 फिटाउनु प्रे. क्रि. फिट्न लाउनु; फिट्ने पार्नु; फेटाउनु।
59472 फिटिन ना. एक वा दुई घोडाले तान्ने टपवाला खुला र हल्का किसिमको चारपाङ्ग्रे बग्गी; फिटन।
59473 फिटिनु क.क्रि. फिट्ने काम गरिनु।
59474 फिट्टकिरी ना. हे. फट्किरी।
59475 फिट्टा वि. जहान- परिवार नभएको; फुट्टा फुट्टो; ठिङ्गो; एक्लो।
59476 फिट्टे वि. फिट्टा।
59477 फिड ना. उन्नत जातका कुखुरालाई खुवाउन प्रयोग गरिने चारो।
59478 फिडर प्यानल ना. ट्रलीलाइनलाई विद्युत्शक्ति पूर्ति गर्ने एकाइ।
59479 फितलो वि. १. दोऱ्हो नभएको; लुलो; दुर्बल।
59480 फितलो वि. २. निर्धो; शिथिल; कमजोर।
59481 फितिक्क क्रि.वि. १. गिलो वस्तु थोरै खस्ने गरी; फतक्क।
59482 फितिक्क क्रि.वि. २. कुनै वस्तु गलेर खोले हुने किसिमले।
59483 फित्कौली ना. १. सानातिना ढुङ्गा, मट्याङ्ग्रा आदि हान्ने गुलेलीसरहको बाँसको कप्टेरो।
59484 फित्कौली ना. २. फित्कौली हाने झैँ गरी खेलिने बालकहरूको एक खेल।
59485 फित्तफीँ ना. काइँयोका जस्ता लाम्चिला पात हुने एक किसिमको बोट; फलाँट। (केटाकेटीहरू यसको पात बेरेर बजाउने गर्छन्)।
59486 फित्ता चौडाइ कम भएको कपडा वा नाइलन आदिको लामो पट्टी; जुत्ता कस्ने डोरी।
59487 फित्तावाल वि. फित्ता कस्ने खालको; फित्ता लगाएको वा फित्ता बाँधिने (जुत्ता)।
59488 फित्ते वि. फित्ताजस्तो ; फित्ताको।
59489 फित्ते जुका ना. फित्ता जस्तै लामो तर टाउको सानो हुने, पुच्छरतिर ठुलो हुँदै गएको, जिउ थुप्रै खण्डमा विभाजित भएको र सो टुक्रिँदा अरू आफू जस्तै किरा तयार गर्न सक्ने परजीवी जुको।
59490 फिनाइल ना. हे. फिनेल।
59491 फिनी ना. १. नचिरेको पन्जाफीजस्तो एक प्रकारको बाटुलो रोटी।
59492 फिनी ना. २. तृणासन।
59493 फिनेल ना. विषालु कीटाणुहरू नाश गर्ने; उत्कट गन्ध भएको एक प्रकारको औषधी; कीटनाशक दबाई विशेष ; फिनाइल।
59494 फिपी ना. बेत, बाँस आदिका चोयाले बुनेको, एक प्रकारको बिर्कोवाल भाँडो; चोयाको डिब्बा।
59495 फियो ना. शरीरमा पेटभित्र पाकस्थलीसँगै बायाँतर्फ हुने एक अवयव।
59496 फिर्नु अ.क्रि. १. गएको व्यक्ति वा पठाइएको वस्तु फिर्ता आउनु; फर्कनु।
59497 फिर्नु अ.क्रि. २. भइरहेको स्थितिमा परिवर्तन आउनु; सो स्थिति उल्टनु; बदलिनु।
59498 फिर्नु अ.क्रि. ३. घुमफिर गर्नु; डुल्नु।
59499 फिर्नु अ.क्रि. ४. मलमूत्रादि त्याग गर्नु।
59500 फिरङ्ग ना. १. युरोप महादेश।